काठमाडाैँ – नेपाल बार एशोसियसनको २५औैं कार्यसमितिका लागि शनिबार (चैत १६ गते) मतदान हुँदैछ । सत्तारुढ नेकपा र प्रतिपक्षी नेपाली कांग्रेस निकट कानुन व्यवसायीहरु प्यानल बनाएर चुनावी मैदानमा उत्रेका छन् ।

उम्मेदरवारी दर्तापछि दुवै पक्षले देश दौडाहा सकेर आन्तरिक छलफल तथा रणनीति बनाउन लागि परेका छन् । नेकपानिकट प्रगतिशील, पेशागत तथा समावेशी कानून व्यवसायीहरु वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठको नेतृत्वको नेतृत्वमा चुनावी मैदानमा उत्रेको छ भने अहिले बारकै महासचिव रहेका अधिवक्ता सुनिलकुमार पोखरेलको नेतृत्वमा विपक्षी कांग्रेसनिकट कानून व्यवसायीहरु लोकतान्त्रिक समूह बनाएर प्रतिस्पर्धामा छन् ।

देश दौडाहाबाट फर्किएपछि श्रेष्ठ र पोखरेल दुवै प्यानलले आफ्नो जित सुनिश्चि भएको दाबी गरेका छन् । ३५ केन्द्रबाट हुने मतदानमा केन्द्रीय कार्यसमितिका साथै प्रदेश कार्यसमितिका पनि मतदान हुनेछ ।

चुनावमा देशभरका दश हजार ३ सय जना कानुन व्यवयासी मतदातका रुपमा रहेका छन् । जसमध्ये ६ हजार पाँच सय काठमाडौं उपत्यकाभित्र र तीन हजार पाँच सय कानुन व्यवसायीले जिल्ला जिल्लाबाट मतदान गर्नेछन् । जसका कारण उपत्यकका तीन जिल्लाको मत नै बार चुनावमा निर्णायक हुने देखिन्छ ।

संख्याका हिसाबले एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेकपा निकट कानुन व्यवसायी प्यानल झण्डै पाँच सय मतले अघि देखिए पनि चुनाव निक्कै प्रतिस्पर्धात्मक हुने वकिलहरु बताउँछन् ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here