आज म सम्झिदै छु तिम्ले पाएका पीड़ा आमा
आज म बुझ्दै छु तिम्ले गरेका दुःख आमा ।झलुंगा बाट मैले हेर्दा,
तिमी त्रिशुली को बालुवा चाल्दा कहिल्यै थकाई मारेको देखिनं आमा
म तिमी लाई नै हैरी रहन्थे,


तिम्रा नजर बेला बेलामा मतिर हेरेका हुन्थे आमा ।नयाँ लुगा लाएर म साथीहरु संग रमाउदा,
तिमी झूद्रो सारीमा मलाई पिडीबाट हेर्थेउ आमा,
सायद मेरो खुशीले होला,
मेरो नयाँ लुगा भन्दा तिम्रो अनुहार नै धेरै उज्यालो देखिन्थ्यो आमा।कहाँ बिर्सिएको छु र, कहाँ बिर्सिएको छु र
भुटेको मकै मलाई दिएर तिमीले पटुकीले पेट कसेको आमा


कहाँ बिर्सिएको छू र दुनियाँका झूठा भाड़ा धोएर मेरो स्कूलको फी तिरेको आमा |बिहानै,
बिहानै चार पाथी धान ढिकीमा कुटेर दुई भारी घास काटेर तिमी घर आउँदा
बल्ल पारी डाडांमा घाम झुलकिन्थे आमा
सायद तिम्रा त्यही दुःखले होला,


मलाई मरूभूमि को घामले पोल्दैन आमा ।पर्ने छैनन् अब तिम्रो हातमा कहिल्यै ठेला आमा
पर्ने छैन अब तिमी लाई कुनै रात भोकै सुत्न आमा
लाएका बिरुवा अब रुख भए
तिमी शीतल छहरीमा बस आमा |तिम्ले पाएका पीड़ा साट्न अब घर फर्किएं आमा
बूढेसकालको बैशाखी बन्न अब घर फर्किएं आमा ।

रचना:- प्रकाश क्षेत्री
नवलपरासी नेपाल
हाल दिल्लीबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here