प्रकृतिका सौन्दर्य तथा जैविक विविधता ले भरिपुर्ण चार जिल्ला बाजुरा, बझाङ, अछाम, डोटीको संगम स्थलमा अवस्थित खप्तड राष्ट्रिय निकुन्ज भु-स्वर्गको उपमा ले चिनिन्छ । नेपालका बिभिन्न पर्यटकीय क्षेत्रहरुमध्येको एक खप्तड पनि हो । खप्तड राष्टिय निकुन्ज सन १९८२ सालमा स्थापना भएको हो । यो २२५ कि.मि क्षेत्रफलमा फैलिएको छ । समुद्र सतहबाट २४ सयदेखि ३७ सय मिटर मा रहेको यो स्थल डोटी जिल्ला देखि २५ कि.मि टाढा छ । सिलगढी देखि १२ कि.मि कच्चि बाटो र त्यहाबाट २० कि.मि गोरेटो बाटो पैदल हिडनु पर्दछ। सबै भन्दा छोटो बाटोको रुपमा बझाङको सदरमुकाम चैनपुरबाट तमैल बजार सम्म गाडिमा र तमैलबाट जिपमा बालुखेति पुगिन्छ र त्याहँबाट छाङना लोहखडा हुदै ६ घण्टाको पैदल पछि खप्तड क्षेत्र पुगिन्छ।

Image result for khaptad

आत्म शान्तिका लागि तथा प्राकृतिक रमाइला दुश्य हेर्न आन्तरीक तथा विदेशि पर्यटकहरु आउने गर्दछन। खप्तड सुदुरपक्षिमको प्रमुख पर्यटकीय गन्तव्य हो। पैराणिक कालमा सिद्धिप्राप्त ऋषिमुनिहरुले तपस्या गरेको हुनाले यस क्षेत्रलाई पुराणमा समेत खेचरादी पर्वतका रुपमा पनि वर्णन गरिएको छ। यस क्षेत्रमा काौरव र पाण्डवको युद्ध हुँदा पाण्डवहरुले १४ वर्ष बनबास बस्दा केहि समय यहाँ बिताएको किम्बदन्ती रहँदै आएको छ। धर्तिको सबैभन्दा आनन्द महसुस हुने ठाउँ नै खप्तड जस्तो लाग्छ ती मनोरम छटाहरुमा टहँलिदा।

Image result for khaptad


प्रकृतिले दिएको अनुपम उपहार हो खप्तड । आँखाले नभ्याउने ठुलाठुला २२ वटा पाटन, हिउँदमा सेताम्मे र बसन्त ऋतुमा रङ्गीतिरङ्गी फुलले छपक्कै छोपेका मैदानहरु ,अझ भनौँ सवर्गबाट नै एक टुक्रा खसेर आए जस्तो । हिउँदका समयमा त बाक्लो हिउँमा पहिलो पटक खुट्टा टेक्दा त धतिको स्वर्गमा पुर्ग क्षै अनुभुति हुन्छ । २२ वटा पाटन मैदान र ५२ बटा थम्का क्षोतीहरु भनेर पनि चिनिने खप्तडमा खप्तड बाबाको कुटी, त्रिवेणी नदी, खप्पर दह, शिव मन्दिर, सहस्त्रलिङ्गि, गणेशस्थान, नागढुङ्ग, माइका थान, केदारढुङ्गा, डाफेकोट, सीता पाईला, घोडादाउन पाटन, नाचन्थलि, जस्ता धार्मिक स्थलहरुले खप्तड श्रेत्रलाई विशिष्ट बनाएको छ । यी श्रेत्र तथा स्थानहरुको आ–आफनै महत्वछ । किम्वदति अनुसार दोस्रो नम्बरका पाण्डव भीमले हलो जोत्दा फालीले फ्याकेको माटोबाट यी थुम्का बनेका हुन । भने बुझाई रहेको छ । खप्तड एउटा घार्मिक तथा सौन्दर्यको केन्द्रविन्दु हुँदा हुदै पनि जाँडरक्सी तथा माछामासुको परिकार बिक्री गर्नुहुँदैन भने घार्मिक मान्यता छ ।

Image result for khaptad


गङ्गदशहरा मेलाका दिन त्रिवेणीमा नुहाँउदा पाप पखालिने र पितृलाई तपर्ण दिदा पितृले मुक्ति पाउने र स्वर्ग जाने मान्यता छ । मनको इक्षा पुरा हुने गाढा विश्वास रहेकाले यो मेला बढि आकर्षण बनेको बुझिन्छ । प्रत्येक वर्षको एक पटक खप्तडमा गङ्गदशहरा मेला र इन्द्रजात्र मेला लागे गर्छ। असार महिनामा गङ्गदशहरा र साउन भदौमा खापरदहमा ठुलो इन्द्रजात्र मेला लाग्दछ । सधैँ खप्तडमा गङ्गदशहरा मेला भर्नका लागि हजारौँ तिर्थयात्रीको भीड हुन्छ । त्रिवेणी नदिमा स्नान गर्नुको साथै सुदुरपश्चिमकै प्रसिद हुडके नाच हेर्ने गर्छ्न । सुदुर पहाडको देउडाले रातभर मेला नै गुनजयमान हुन्छ ।

Image result for khaptad

यस निकुञजमा सल्ला, खसुर र निगलाका जङ्गलहरुका साथै वन्यजन्तुका लागि उपयुक्त घाँसे मैदान छन् । यहाँ पाइने वन्यजन्तु तथा सुन्दर चराचुरुङ्गीलाई वासस्थान रहेको छ । खप्तडमा जताततै हरिया फाँट र फाँटभरि कार्पेट ओछयाएझै फरक फरक फुलहरु तिमाथि उडिरहेका रङ्गीविरगी पुतलि । चारै तिर घना जंगल । जंगलभित्र नौवटा लालीगुराँस । जडिबुटि र ठुला ठुला पाटन । हरिया घाँसमा उफ्रिरहेका देखिने हरिया छेपारा । मैसम पनि कस्तो रमाइलो । छिनमै वर्षात, छिनमै हिउँ । उत्तर दार्चुलाको अपि र बझाङको सैपाल हिमालको मनोरम दृश्य, अमुल्य जडिबुटी र रंगीविरंगी फुल्ने बोटबिरुवा , सफा नरम पर्सियन कार्पेट बिछायाइएझैँ लाग्ने मैदान, जहाँ खुट्टाले टेक्दा पनि बिग्रन्छ कि जस्तो अनुभुति हुन्छ । यस्ता फुलबुट्टे मैदानमा सिँगारिएका बगैँचा जताततै प्रकृतिक सुन्दरता झल्कन्छ । खप्तड धार्मिक पर्यटकलाई मात्र नभई प्रकृति प्रेमिलाई समेत उपयुत्त गन्तव्य हो ।

-लेखक मुकुन्ददीप मडै डोटी स्थायी घर भई हाल काठमाण्डौँमा अध्ययनरथ छन् ।

Photos: Google

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here