चितवन – चितवनमा एकै परिवारका ३ जना झुन्डिएको अवस्थामा फेला परेका छन्। भरतपुर महानगरपालिका वडा नम्बर १८ चनौलीमा एकै परिवारका तीनजनाले सामूहिक आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मी जानकारी दिए।

उनका अनुसार आत्महत्या गर्नेमा आमा, छोरी र छोरा रहेका छन्। ३२ वर्षीय आमा माया आले, १४ वर्षीय छोरी बिनिता र १२ वर्षीय छोरा विवेकले एकैठाउँमा पासो लगाई आत्महत्या गरेको प्ररीले जनाएको छ।

सामूहिक आत्महत्याको कारण नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीहरुको शव अहिले परीक्षणका लागि भरतपुर अस्पताल ल्याउने तयारी गरिएको प्रहरीले जनाएको छ ।

बढ्दैछ आत्महत्या नेपालमा

नेपालमा आत्महत्याको अवस्था डरलाग्दो हुन थालेको छ । झुन्डिएर, विष सेवन गरेर, हाम फालेर तथा आफ्नो शरीरमा आगो लगाएर गत वर्षको साउनयता ५ हजार ७ सय ९ जनाले ज्यान गुमाएका छन् ।

त्यसमा आफ्नो शरीर दाह गरेर २२ जनाले आत्महत्या गरेका छन् । नेपाल प्रहरीको अपराध अनुसन्धान विभागको तथ्यांकअनुसारएक वर्षमा देशभर गरी २२ जनाले आफ्नो शरीरमा आगो लगाएका छन् र देह विसर्जन गरेका छन् ।

प्रत्येक वर्षको तथ्यांक हेर्दा आफ्नो शरीरमा आगो सल्काएर आत्महत्या गर्नेमा पुरुषभन्दा महिला धेरै छन् । गएको साउनयता १९ जना महिलाले आफ्नो शरीरमा आगो सल्काएर आत्महत्या गरे भने ३ जना पुरुषले आत्महत्या गरे । त्यसमा पनि पहाड भन्दा तराईका जिल्लाहरूमा यो समस्या विकराल देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here