जुर्मुराउँदै विवेकशील नेपालीः गण्डकी प्रदेश भेला सम्पन्न

Bibeksheel nepali gandaki
Read Time1Second

काठमाण्डौँः विवेकशील नेपाली दलले गण्डकी प्रदेशमा भेला सम्पन्न गरेको छ। विवेकशील साझा पार्टीबाट अलग भएर पुनर्गठनको क्रममा रहेको दलले अहिले संगठन विस्तार र समाजिक अभियानहरुमा सकृय छ ।

गण्डकी प्रदेश स्तरीय भेलाले आसन्न नीति तथा राष्ट्रिय सम्मेलन आयोजक समितिमा प्रदेशको प्रतिनीधित्व गर्ने सदस्य छान्ने छ । केही महनाभित्रै नीति तथा राष्ट्रिय सम्मेलन गर्ने गरी तयारी भइरहेको छ । दल दर्ताको क्रममा नीर्वाचन आयोगले लापरवाही गरेको भन्दै विवेकशील नेपालीले सर्वोच्च अदालतमा निर्वाचन आयोग विरुद्ध रिट दायर गरेको थियो । प्रारम्भिक सुनवाईमै सर्वोच्चले निर्वाचन आयोगसँग कारण देखाउ आदेश जारि गरिकेको छ भने आगामी बैशाख १७ गते सुनवाई रहेको बुझिएको छ ।

समाजिक अभियानहरुमा सकृय

विवेकशील नेपाली दल समाजिक अभियानकै जगमा स्थापित राजनीतिक दल हो । अहिले पनि विवेकशीलले काठमाण्डौँ लगायतका प्रदेशहरुमा ‘सूचनाको हक’ सम्बन्धी सचेतना अभियान र विभिन्न कार्यालयमा सुचना माग्ने महाअभियान जारी राखेको छ ।

प्रवास समितिले प्रवासमा रहेका नेपालीहरुलाई जोड्ने र तिनका समस्या राजदुतावास तथा संबन्धित नीकायहरुसम्म पुर्याउने काम गरिरहेको छ । साथै ‘नोट चल्ने भोट नचल्ने’ अभियान अन्तर्गत विदेशमा रहेका ४० लाख नागरिकको मतदानको हक सुरक्षित गर्न दवावमुलक कार्यक्रम गरिरहेको छ ।

यसैगरी प्रदेश नं २ को बारा र पर्सामा आएको आँधीबाट प्रभावित क्षेत्रमा दलका सदस्य तथा शुभचिन्तकहरु उद्दार, राहत र पुनर्निर्माण कार्यमा घाइरहेका छन् । दलका केन्द्रीय सदस्य रामजी रामको नेतृत्वमा स्वास्थ्य सिविर, राहत वितरण तथा पुनर्निर्माणको काममा सहयोग गरिरहेका छन् । दल दर्ताको क्रम सकिएसँगै अझ वृहत रुपमा आम जनतामाझ जाने र आफ्नो नीति अनुरुप समाजिक र आर्थिक उन्नयनमा सकृय रहँदै वैकल्पिक राजनीतिक धारको नेतृत्व गर्दै जाने दलको तयारी छ ।

पाँच प्रदेशमा संगठन विस्तार


विवेकशील नेपाली दलले प्रदेश नम्बर–१ को पार्टी कार्यालय उर्लाबारीमा स्थापना गरेको छ। र, प्रदेश नम्बर–१ को अध्यक्षमा सन्तोष घिमिरे, उपाध्यक्षमा निकु बस्नेत, सचिवमा सुवास सुवेदी र कोषाध्यक्ष इन्द्रकमल अधिकारी रहेको प्रदेश कमिटी निर्माण गरिसकेको छ।

प्रदेश नम्बर–२ मा सप्तरीमा पार्टी कार्यालय रहने गरी माधव कुमारको अध्यक्षतामा कमिटी निर्माण गरेको छ। धीरज पुडासैनी उपाध्यक्ष, उपमा राउत सचिव र राम सोगारथ शर्माले कोषाध्यक्षको जिम्मेवारी पाइसकेका छन्।

प्रदेश ३ को अध्यक्षमा कर्मा लामा, अनुमा कोइराला उपाध्यक्ष, राम रेग्मी कोषाध्यक्ष र विमल तामाङ सचिव चयन भएका छन्। प्रदेश कार्यालय काठमाडौंमै रहने छ।

गण्डकी प्रदेशको पार्टी कार्यालय पोखरामा रहने छ। सुमित्रा गुरुङ अध्यक्ष, तिर्सना भण्डारी उपाध्यक्ष, शिशिर बञ्जारा, कोषाध्यक्ष, रोहित क्षेत्री सचिव रहेका प्रदेश कमिटी गठन गरिएको प्रवक्ता पाण्डेले बताए।

प्रदेश ५ को अध्यक्षमा शिवप्रसाद थापा, उपाध्यक्षमा विनोद लामिछाने, कोषाध्यक्षमा माया बुढाथोकी र सचिव विष्णुराज रेग्मी रहेको कार्यसमिति चयन गरिएको छ। पार्टीको प्रदेश कार्यालय दाङमा रहने छ।

0 0
0 %
Happy
0 %
Sad
0 %
Excited
0 %
Angry
0 %
Surprise

One thought on “जुर्मुराउँदै विवेकशील नेपालीः गण्डकी प्रदेश भेला सम्पन्न

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close