काठमाडौं – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको संंगाठनिक संरचना खुम्चिदै गएको छ । दुई वर्षअघि थवाङ महाधिवेशनमा निर्वाचित केन्द्रीय समितिका झन्डै दुई दर्जन नेता केन्द्रीय समितिमा छैनन् । दर्जन नेता सत्तारुढ नेकपामा छिरिसकेका छन् भने केही निष्कृय छन् ।

महासचिव विप्लव र नेता खड्कबहादुर विश्वकर्मा (प्रकाण्ड) बीच अन्तरविरोध बड्दो छ । विप्लवका गतिविधिमा सरकारले प्रतिबन्ध लगाएपछि चार नेता प्रहरी हिरासतमा छन् ।

६१ बाट ४१ केन्द्रीय समिति

२०७३ फागुनमा रोल्पामा भएको आठौँ महाधिवेशनले पार्टीको नाम फेरेर नेकपा मात्रै राखेन, ६१ सदस्यीय केन्द्रीय समिति पनि बनायो । तर दुई वर्ष नबित्दै केन्द्रीय समितिमा ४१ जना मा आइपुगेको छ । यो समाचार रामकृष्ण अधिकारीले अन्नपूर्णमा लेखेका छन् ।

विप्लव गतिविधि

प्रहरीका अनुसार ध्वंसात्मक गतिविधि साथै विप्लवले कपिलवस्तु, बुटवल, दाङलगायत जिल्लामा चन्दा उठाउने क्रम तीव्र पारेको थियो। स्थानीय तहको हरेक विकास निर्माण कामबाट जबरजस्ती चन्दा मागिरहेको थियो।सुन्दरी डाँडा आसपास दाङ, अर्घाखाँची जिल्ला पर्छन्। यी जिल्लामा विप्लव माओवादीको गतिविधि निकै आक्रामक छ।रोल्पाको साबिक इरिवाङ गाविसमा २०२४ साल फागुन ११ गते चन्दको जन्म भएको थियो।लाहुरे परिवारका चन्द २०४६ सालमा बिहे गरी कपिलवस्तु बसाइँ सरेका थिए, त्यहाँ उनीहरूको पुर्ख्यौ ली जमिन थियो।यही ठाउँमा बसाइँ सरेपछि विप्लव पढाइका सिलसिलामा काठमाडौं आएका थिए।

नेपाल ल क्याम्पस पढ्दापढ्दै २०४८ सालमा राजनीतिमा प्रवेश गरेका थिए। २०५२ सालमा माओवादीले थालेको सशस्त्र युद्धमा सुरूदेखि नै होमिएका थिए।राजनीतिमा तत्कालीन नेकपा माओवादीमा प्रवेश गरी दस वर्षे सशस्त्र युद्ध चलाएका चन्दले अहिले आफ्नै पा र्टी खोलेका छन्। उनको पार्टी लगभग ‘भूमिगत’ छ, देशभर बम आतंक, निजी सम्पत्ति ध्वस्त र चन्दा आतंक तीव्र पारिरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here