सरकार वा यसका आधिकारिक संगठनले जनसाधरणको हित र कल्याणका लागि उपलब्ध गराउने सेवालाई सार्वजानिक सेवा भनिन्छ ।
सरकारले नागरिकहरूलाई विभिन्न सेवाहरू उपलब्ध गराउने सार्वजनिक प्रतिबद्धता जाहेर गरेको हुन्छ । सरकारले त्यही प्रतिबद्धता पूरा गर्न राज्यका तर्फबाट प्रदान गरिने सेवाहरूलाई सार्वजानिक सेवा भनिन्छ ।
औद्यगिक क्रान्तिले ल्याएको परिवर्तनको लहरसँगै १९औँ शताब्दीतिर सार्वजनिक सेवाको अवधारणाको विकास भएको हो ।
सरकारले शिक्षा स्वास्थ्य खानेपानी विद्युत् सञ्चार हुलाक यातायात सुरक्षाजस्ता जनतालाई उपलब्ध गराउने सेवा सार्वजनिक सेवा हो । सरल एवं छिटो जनतासमक्ष पुर्‍याउनु सार्वजनिक सेवा प्रवाह हो ।
के गरेमा सार्वजानिक सेवाको प्रभावकारिता विस्तार हुन्छ ? सार्वजनिक सेवाका सिद्धान्त (९ सिद्धान्त)
सरकार र यसका निकायबाट प्रदान गरिने सेवामा यी गुणहरू रहनु पर्दछ जुन कुरा प्रत्येक सेवाग्राहीले अपेक्षा गरेको हुन्छ¸ जसलाई हामी सार्वजनिक सेवाका नौ सिद्धान्त भन्छौं ।

  1. सेवाको गुणस्तर निर्धारण (Set standard of services)
  2. खुला र पूर्ण सूचनाको प्रवाह (Be open and provide full information)
  3. छलफल र संलग्नता विस्तार (Consult and involve)
  4. निष्पक्ष व्यवहार (Treat all fairly)
  5. पहुँच र चयन विस्तार (Encourage Access and Promote Choices)
  6. गल्ती कमजोरीको शीघ्र सुधार (Put thing right when they go wrong)
  7. साधन स्रोतको अत्युत्तम प्रयोग (Use Resource Wisely)
  8. सुधार र अग्रसरता विस्तार (Innovate & Improve)
  9. अरू प्रदायकसँग सिक्ने र साझेदारी गर्ने (Work with Other Providers)
    सरकारले के कस्ता प्रकारका सार्वजानिक सेवा प्रवाह गर्दछ ?
  10. आधारभूत आवश्यकता परिपूर्ति सम्बन्धी सेवाहरू
  11. क्षमता अभिवृद्धिसम्बन्धी सेवाहरू
  12. कल्याणकारी सेवाहरू
  13. मनोरञ्जनसम्बन्धी सेवाहरू
  14. पूर्वाधार विकास सम्बन्धी सेवाहरू
    सार्वजनिक सेवा प्रवाह प्रभावकारी हुन नसक्नुका कारणहरू पहिल्याउनुहोस्
  15. सेवा सुविधाको स्पष्ट व्याख्या एवं गुणस्तरको मापदण्ड निर्धारण नगरिनु¸
  16. राजनैतिक स्तरमा स्वार्थ भाव बढ्नु¸
  17. भ्रष्टाचार एवं दण्ड हीनता¸
  18. प्रशासकीय स्तरमा मनोबल खस्कनु¸
  19. सशक्त नागरिक समाजको अभाव¸
  20. केन्द्रमुखी प्रशासकीय व्यवस्था¸
  21. सेवा प्रदायकको कामको मूल्याङ्कन गरी पुरस्कृत एवं दण्डित नगरिनु¸
  22. प्रक्रियामूखी कार्य शैलीको विद्यमानता
  23. सेवा सुविधाको प्रकार¸ स्वरूप र कार्यविधि जनताको अपेक्षा अनुरूपको नहुनु (सेवा माग उन्मुख नभइ आपूर्ति उन्मुख हुनु)
  24. सेवा प्रवाह पारदर्शी¸ प्रतिस्पर्धी¸ सहभागी मूलक एवं जबाफदेही नहुनु
  25. सेवा लक्षित समूह सम्म नपुग्नु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here