जनयुद्ध हुँदै २०६२  सालमा राजा फाल्ने भन्दै जनआन्दोलनबाट राज फाल्न सकृय भएका राजकुमार कुँवर पुनः राजसंस्था बिकासको बाटोमा लाग्ने प्रतिबद्धता गर्दै राप्रपा नेपालमा प्रवेश गरेका छन् । कुवरसंगै भगवती कुँवर, अन्जना कुँवर, कन्चन कुँवर, बद्री कुँवर, रुपा कुँवर, बिनोद कुँवर आईतबार पार्टी प्रवेश गरेका छन् ।

‘चुपचाप आस्था राखेको र काम गरिएको बेला बस्दा पनि आस्थाका कारण पटकपटक राज्यले गिरफ्तार गर्ने गरेका कारण परिवार समाजमा स्थापित हुन असहयोग भएकोले राप्रपामा प्रवेश गरेको हुँ’ राजकुमार कुँवरले बताए ’ ।

यो देशमा न विप्लव न अन्य सबैलाई राज्यमा समान राजनैतिक क्रियाकलाप गर्न पाउनुपर्ने हुनुपर्छ, निषेध हुन नहुने राप्रपा मकवानपुरका अध्यक्ष मधु अधिकारीले पार्टी प्रवेश कार्यक्रममा बताएका थिए । उनले नयाँ आगन्तुकलाई टीका लगाई राजनीतिमा सकृय हुन आग्रह गर्दै सम्मान गरेका थिए  ।

स्थानीय निकायको चुनावमा मकवानपुर प्रहरीले २४ दिन हिरासतमा राखेर छाडेको राजकुमार कुँवर पुनः गत फागुनमा घरमा बसिरहेको बेला प्रहरीले पक्राउ गरी सार्वजनिक मुद्दा दायर गरेको थियो ।

शुक्रबार जिल्ला अदालतले २७ दिनपछि १० हजार धरौटीमा छाड्न आदेश दिएको थियो तर प्रहरीले पुनः पक्राउ गरेपछि मकवानपुरका विभिन्न राजनैनिक शक्तिहरुको दबाबपछि शनिबार प्रहरीले कुँवरलाई छाडेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here