कस्लाई भन्ने युवा ? को हुन युवा ? युवा भनेका सामान्य रुपमा १६ वर्षदेखि ४० वर्ष मुनिका पुरुष तनेरी भने बुझिन्छ । संयुत राष्ट संघका अनुसार १५ वर्षदेखि २४ वर्ष सम्मका ब्याक्तिलाई युवामा समावेस गरेको छ । हामि ले सानै देखि पढदै र सुनदै गरेका थियै । युवा भनेका देशका कर्णधार हुन ।युवा नै परिवर्तनका वाहक हुन समाजलाई नेतृत्व दिने शक्ति हुन ।उर्जा, आँट र साहास भएका जनशिक्ति हुन ।

तर युवा र वास्तविकता बिचको खाडल प्रशान्त महासागरको श्रेत्रफल सरह छ ।यसको कारण हो नेपालि राजनिति प्रतिको युवा वर्गको मानसीकताका परेको नकारात्मकता ।फेरी पनि हामीले नेपाली परिपाटी र अवस्तालाई नबुझी वेवास्ता गर्ने हो भने देशको अस्तित्व नै धरापमा पर्नसक्छ हामीले बुझनुपर्छ कि युवामा हरेक समस्याको सामाधान गर्ने सकति हुन्छ । विगत इतिहासलाई फकेर हेरने हो भने चाहे बेलायतबाट सुरु भयको अ‍ैधोगिक का्रन्ती होस वा रुसको अक्टो वर का्रन्ती सबै का्रन्ती युवाको सहभागितामा मात्र सफल भएको छ ।त्यतिमात्र होइन नेपालमा भएका सम्पुण परिवर्तनका आन्दोलन युवाहरुको उपस्थितिले मात्र सम्भव भयको हो । तर विडमवना के छ भने देशका कर्णधार ।

युवा जोश , र उर्जा भएका युवा आज ६ घण्टा परराष्ट मन्त्रालयमा पासपोटको लाइन बसेर आफने उर्जा र सकहासलाई उपयोग गरिरहेका छन । दैनिक १००० उजाशिल युवा विदेश पलायन भइरहेका छन । ति युवाहरुको उर्जालाई उपयोग गर्नको लागी सरकारले रतिभर पनि अग्रसर देखिदैन । उलटै युवाहरु लाई विदेश पलायन गराउने निति नियम लेउदै छ ।

नेपाली राजनीतिमा युवाहरुको नकारातमक सोच रहेको छ । एउटा रुखको छायाँले त्यस वरपरका साना साना रुखहरु माथि बढन नपाएर सुकेर जान्छन । त्यसतै हामा्रे देश नेपालको राजनितिमा पनि बुढा नेताहरुको छाँयाले युवा नेताहरु मथि बढन नपाउदै हराएर जाने गरेका छन ।जसरी फुटबलको नियम मा खेलाडी आउट अफ फर्म खेलाडीलाई विश्राम दिएर नयाँलाई मैका दिइन्छ । त्यस्तै नेपाली राजनितिमा खेलाडी आउट अफ फर्म खेलाडीलाई विश्राम दिएर नयाँलाई मैका दिनुपर्ने बेला भएको छ । किनकी युवा भनेका परिवर्तनका सम्भाग हुन ।

नेपालमा जति परिवर्तनका भए सबै युवाको देनले भएको छ ।राण शासन अन्त्य गर्दा होस् या २०४६ को प्रजातान्त्रिक आनदोलन होस् वा २०६२ २०६३ सालको जनादोलन नै किन नहोस प्रत्यक आनदोलनमा युवाको ठुलो भुमिका रहेको छ ।नेपालको जम्मा जनसंख्याको ३८ प्रतिशत युवाले ओगटेको छ । जनसंख्याको तुलना गर्दा युवाको प्रतिनिधित्व अहिलेको संसदमा धेरै हुनुपर्ने हो । तर नेपाली संसदमा युवाको प्रतिनिधित्व एकदम कम रहेको छ । जति युवाहरु छन ति युवाहरु पनि राष्टको उच ओहदा मा छैन्न । नेपालका प्रधानमन्त्री, मन्त्रीहरुको औसत उमेर नै ६० वर्षभन्दा माथि रहेको छ । विकसित देशहरुको आँकडा हेर्ने हो भने अमेरिकाको राष्ट्रपति हुँदा ओबामा ४० वर्षका थिए , डेविड क्यामरुन बेलायतका प्रधानमन्त्री हुँदा ४३ वर्षका थिए । नेपोलियन बोनापार्ट ३० वर्षमा फ्रान्सका सम्राट भएका थिए । क्युबाका नेता फिडेल क्यास्त्रो ३३ वर्षको उमेरमा राष्ट्रपति भएका थिए ।

हाम्रो घर अगाडिको कुवा फोहोर छ भने त्यो कुवालाई सफा गर्ने तर्फ लाग्ने कि फोहोर छ भनेर हेरेर बस्ने ? नेपाली युवाहरुमा पनि राजनीति फोहोरी खेल हो राजनीति त राम्रो मान्छेले गर्नै हुन्न भन्ने छाप परेको छ । अब नेपालका युवाहरुले त्यो छाप मेट्नै पर्छ र राजनीतिको फोहोरी कुवामा हाम फालेर सफा गर्नै पर्ने भएको छ । नेपाली युवाहरुलाई फोहोर कुवा हेरेर बस्ने छुट अब छैन । युवाले अब पनि हेरेर मात्र बस्ने हो भने देशले यस्तै दुर्ग्ति भोगि नै रहनेछ । देशको राजनीति सफा नगरेर देश कदापि पनि सफा हुन सक्दैन ।

विश्वको उत्कृष्ट मानिएको अमेरिकाको संविधान लागू गर्नको लागि अथक भूमिका खेल्ने अगुवाहरु मुल रुपमा ३० वर्षे, ३६ वर्षे र ४२ वर्षे युवाहरु अलेक्जेन्डर हेमिल्टन, जेम्स मेडिसन थिए । नेपालको संविधानलाई पनि लागू गर्नको लागि युवाहरुले नेतृत्व लिनुपर्ने भएको छ । अहिले देखिएको पहाडदेखि मधेससम्मको समस्या समाधान गर्नको लागि युवाले नेतृत्वदायी भूमिका खेल्नु पर्ने बेला भएको छ । युवा पुस्ताले नेताहरुको पुच्छर होइन । दिमाग बन्नुपर्छ । युवाहरुले बुद्धि नबनेसम्म देशले विकास र समृद्धिको बाटो भेट्नेवाला छैन ।

मुकुन्ददीप मडै हस्तलिखित डट् न्युजका नीयमित लेखक हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here