शक्तिमा बसेर,प्रतिपक्ष भएर,जनता भएर, नेता भएर,कर्मचारी भएर,व्यापारी भएर अनैतिक तरिका प्रयोग गरी देश भित्र कसै आर्को ब्यक्ति संस्था र पुरै देशको ढुकुटीबाट खुलेआम भनौ अथवा लुकाएर चोरेर संपती  हिनामिना गर्नु नै भष्टाचार हो। यस्तो गर्दा न त देशको बिकास हुन्छ न त देशका प्रतेक नागरिको नै।यो भष्टाचार समाज र देशको जहर हो जो गलत ब्यक्ति र ब्यावहरमा फैलीएको हुन्छ।यो जरै देखी उखेल्न पर्छ तब मात्र समृद्धि संभब छ।भष्टाचार बालक देखी वयस्क सम्मका सबै मानब बिकासको बाधक हो।भष्टाचार समुदायमा असमानताका साथै  समाज र देशको बिकासको बाधक पनी हो। यसले राजनीतिक, आर्थिक र सामाजिक संसकार ध्वस्त गर्ने  गर्दछ तर हाम्रो देश नेपालमा ध्वस्त गरीसकेका उदाहरण पनी धेरै छन।

हाम्रो देशमा दिन प्रतिदिन लगातार जरा बलीयो बनाउदै गईरहेको भष्टाचारले मानब जीवन भबिस्यमा झन असुरक्षित महसुस भईरहेको छ।चोरी, बेईमानी, सार्वजनिक संपत्तिको अतिक्रमण शोषण, घोटाला,अनी अनैतिक आचरण आदि सबै भ्रष्टाचारका एकाइ हुन।यदि साँच्चिकै देशलाई माया गर्ने देश भक्त कोही हुनुहुन्छ भने भ्रष्टाचारलाई जरै देखी उखेल्ने अभियान चलाउनु पर्छ।आखिर पैसाकै निम्ती जीवन,आफ्नो मूल्य मान्यता, संस्कृति र समप्रभुता सबै सखाप पार्नेहरुको यो दुस्साहस रोक्ने जीम्मेवारी एक एक जीम्मेवार देशभक्त नागरिकको हो,समाज र देश अगाडी बढाउनु अधी यो रित्तै फर्केर जाने दुई दिनको जीवनमा “म”एक वास्तविक मानव हुनु पर्दछ एक वास्तविक नागरिक हुनु पर्दछ  भन्ने भावनाको बिकास पर्तेक मानब र सबै समुदायमा उजागर गर्नु पर्दछ।

प्रतेक पाईला पाईलामा भष्टाचार छ।यही फोहोर अनी सिस्टोमेटीक नभएको तर देश बनाउनछु भन्दै आफै मात्र बनाउने राजनितिज्ञ द्वारा निर्मित निती सःङ्गै  भ्रष्ट राजनीतिका कारण नै एक बालक देखी सिकाउने पढाउने शिक्षक सम्म,एक आम सर्वसाधारण देखी प्रधानमन्त्री सम्म भष्टाचार गर्न बाध्य बनाएको हो।

यी सबै  दुस्साहस माथी लगाम लगाउन सक्ने क्षमता केवल मात्र आजका युवाहरुद्धारा संभव छ।कसैको सानो स्वार्थको लागी पुस्तौ पुस्ता सखाप गर्ने र कसैको पुस्तौ पुस्ता ऐयासी जीवन जीउने परिपाटी अन्त गर्ने जागर युवामा नै छ।

राजनितिज्ञहरु आफ्नो हितकारी निती नियम मात्र बनाउने गर्दछन। अहिले सम्म राष्ट हितको नितीहरु निर्माण भएको खासै देखिदैन केही नितीहरु निर्माण भए पनी कार्यनयन भने हचुवा सैलीमा देखिन्छ।हाम्रो जस्तो देशमा शिक्षा र स्वास्थ्य जस्तो संवेदनशील कुराहरु लुट्ने कमाउने भाडो बनाएका छन्।जो सुकै  आए पनी आफुलाई प्रख्यात बनाउन चाहेको अहिले सम्म कै  ईतिहासले छर्लङग बताएको छ,संत्तरी वर्ष सुतेकाहरु आज हामि बिउझीयौ भन्नु लाज सरमको कुरा हो संघर्स र दुख त संत्तरी सुतेको ले पनी गर्नु  नै पर्छ तर वास्तविक के के गरे त देशका लागी आफै केलाउन सक्ने स्थिति र क्षमता छैन।सबै क्षेत्र तहसनहस गरी सकेका छन खोक्लो बनाई सकेका छन।जती देश अगाडी बढाए भन्छन तेस्को कयौ गुना पछाडी धकेलेका छौ भन्ने हेक्का होस हाम्रो राजनितिज्ञहरुलाई।

यदि देशका कुनै नागरिकले आफ्नो भविष्य देश भित्र नै देख्न सक्दैन भने देश ठुलो संकटबाट गुज्रिरहेको छ र देश जोगाउने प्रतेक नागरिकको जीम्मेवारी हो। कतै न कतै ईमान्दारिता र भरौसामा बज्रपात हुदा यो संकट उत्पन्न भएको हो,यस्को जरो उत्खनन जीम्मेवारी पनी युवाहरुकै हो। लग भग युवाहरु बरु कसैको लुटुवा झोले बन्नु भन्दा सभ्य, स्वतन्त्र बुद्धिजीवी र धैर्यवान युवा बन्दा केही परिवर्तन हुने थियो की??राजनितीमा युद्ध,हिंसा,हत्या, सोषण,दमन र भष्टाचार यी सबै पुराना कसरत हुन जस्ले आज यो देशले र यो देशका नागरिकले यस्तो  स्थिति भुगतनु परेको हो। यदि हामि सबै युवाहरू बिना व्यक्तिगत स्वार्थ बिना नै देशका लागी संगठीत भयौ भने हाम्रो देशलाई कुनै देशको सहयोग चाहिदैन।हुईहुई र फुईफुई हैन की यसको उत्कृष्ट र अल्टरनेटिभ बाटाहरु अपनाउनु पर्छ।

यसो गर्दा युवा पिढीलाई भबिस्यमा पनी सहज र सरल होला।कहिले सम्म बिश्वको पुरानै राजनिती ईतिहास कोट्याउनु हुन्छ? युवा साथीहरु कहिले सम्म उफ्रिनु हुन्छ देश भित्र?? र कहिले  सम्म रगत र पसिना बगाउनु हुन्छ बिदेशमा? आउनुहोस प्रतेक ठाउँवाट एक एक पाईला मात्रै सकारात्मकता तिर सार्यौ भने यो  संसारमा मानव भएको अनुभुति हुनेछ। 

-लेखक दीपक चन्द बैतडी स्थायी घर भइ हाल मुम्बैमा कार्यरत छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here