कतारः नेपाल देखी टाढा रहनू भएको झण्डै पचास लाख नेपालीहरूको रेमिट्यान्स मात्र होईन मताधिकार पनि सुनिश्चितता लागी प्रवासी नेपालीले विदेशबाट नै मतदान गर्न पाउनुपर्ने माग राख्दै विवेकशील नेपाली कतार शाखाले चरणबद्ध अभियान सुरू गरेको छ।

विवेकशील नेपाली दलका केन्द्रिय सदस्य सुरेश भट्टले जानकारी गराए अनुसार तत्कालीन विवेकशील नेपाली दलले आज भन्दा केही वर्ष अघी नै यस मुद्दालाई देशको रूपान्त्रणको प्रमुख कडीको रुपमा लिदै आएको थियो । नेपालको सर्वोच्च अदालतले यस मुद्दा उपर प्रवासी नेपालीहले मतदान दिन पाउनू पर्छ भन्ने पक्षमा फैसला गरेको थियो । तर मताधिकार बाट लाखौं युवा वर्गलाई विभिन्न बाहना गरी वर्तमान नेकपा सरकारले कूनैपानी पहल कदमी नचालेको भन्दै विवेकशील नेपाली कतारले नागरिक आन्दोलन सुरु गरेको छ ।

विवेकशिल नेपाली कतारले केहि दिन अगाडी मात्र नेपाली राजदुताबास लाइ प्रवासी नेपालीहरुको मतदानको अधिकारको सुनिस्चता गराउनु पर्ने भन्दै ज्ञापन पत्र बुझायको थियो। तस्तै आज ” नोट चल्ने, भोट नचल्ने? कहिले सम्म ए सरकार “? ” भूगोलले पर छौ, तर देशका नागरिक हौ “। भ्रस्टचारीको शहर छ, भोट हाल्ने रहर छ”। जस्ता नारा लेखिएका टी-शिर्ट लगाएर दोहा सहरमा बसोबास गर्ने नेपालीहरू समक्ष गएको जानकरी दिए। विवेकशिल नेपाली कतारले आगामी दिनमा पनि प्रवासी नेपालीहरूको साथ लिई हस्ताक्षर संकलन गर्दै विभिन्न स्वरूपमा यस अभियानलाई निरन्तरता दिई राख्ने विवेकशील नेपाली (दल) कतार एकाइका अध्यक्ष गौरबराज अधिकारीले जानकारी दिनु भयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here