अनुशा अर्याल

छोराछोरीलाई महङ्गा सामान भन्दा पनि उचित समयमा संस्कार दिन नसक्ने अभिभावक एकचोटी अवश्य रुनुपर्ने छ । अहिले बढ्दै गएको सहरीकरणले डिभोर्स , एकलोपन , समयको व्यस्तता , पैसा कमाउने मानसिकता , वैदेशिक रोजगारी साथसाथै अपराध मानसिकताापैदा गरेको छ । अभिभावकको मोबाइल , इमेल ,फेसबुक अत्याधिक बाहिरी लगावका कारण धेरै बालबच्चाहरु एकलोपनको सिकार हुने गरेका छन् ।

सुखको ठुलो स्रोत पारिवारिक सुखलाई मानिन्छ भने नैराश्यताको ठुलो वाद पनि पारिवारिक समस्या सँगै जोडिएको हुन्छ । तत्कालीन सामाजिक अवस्था हेर्दा हाम्रो सामाजमा पारिवारिक एकता कमजोर हँुदै गइरहेको ठ्म्याउन सकिन्छ । परिवार सँग बस्न पाँउनु मानव जातिको एक आधारभुत आवश्यकता हो तर भावनात्मक एकता कमजोर हुुँदा , परिवारलाई समय दिन नसक्दा , महङ्गी , बालविवाह , दाइजो प्रथा , म्यारिटल अ‍ैफयर , शिक्षाको कमि , वैदेशिक रोजगारी जाँडरक्सिको बढ्दो कुलत होस् वा अन्तरजातीय विवाह स्विकार्न नसक्दा पारिवारिक समस्या निम्त्ने क्रम बढ्दो छ । आजको यो बद्लिदो आधुनिक समाजमा केन्द्वीत परिवार, एकाएकी परिवार बढ्दो छ जसमा आमाबाबु , छोराछोरी हुन्छन् ।

पहिले जसतो संयुक्त परिवार अहिले समाजमा खासै रुचाईदैन । जसका कारण अघिकांश बालबच्चा बुढापाकाको सेरोफेरोमा हुर्कन पाउँदैन्न् । बुढापाकाको भुमिकाले बच्चाको समाजिकरणमा विशेष भुमिका बाँधनुको साथसाथै सकारात्मक रुपमा अघि लगिरहेको हुन्छ । अहिले सिङ्ग्ल प्यारेन्ट फ्यामिलि पनि उत्तिकै देखिन्न थालेका छन् । त्यसै गरि अत्यन्तै निजि विषय मानिएको सम्बन्धविच्छेद अहिलेसम्म पनि सामाजिक विषय बन्न सकेको छैन् । आर्थिक वर्ष २०७४/०७५ देवानी संहितामा सम्बन्धविच्छेदका लागि पुरुषले पनि सिधै अदालत जान सक्ने प्रावधान आए सँगै सम्बन्धविच्छेद गर्नेको दर उकासिदो छ । उकासिदै गएको पारिवारिक विग्रहका कारण मौलिक समाजिक संस्कार विग्रने क्रम्मा छ । समाज जतिसुकै सभ्य किन नहोस आमाबाबुले वेवास्ता गरेको र पारिवारको माया नपाएका केटाकेटीको भविष्य प्राय अन्योलमै हुन्छ । हामि सबै विशेष संस्कार लिएर जन्मेका हुन्छौ र तिनै संस्कार अनुसार बुद्घिको प्रयोग गछौ । अभिभवकको व्यवहारले बच्चाको विकासमा धेरै असर पर्ने गर्छ ।

बच्चाहरुले बाबुआमाले भनेको भन्दा जे गरे त्यही सिक्ने हुनाले अभिभावकले बालबच्चाको लागि उपयुक्त रोलमोडल , सकारात्मक व्यवहार र शब्दको विकास गर्न जरुरी छ । अभिभवकको छोराछोरी प्रतिको बुझाई , बिग्रदो पारिवारिक सम्बन्ध र कलह देख्दा वा दिनहु महसुस गर्दा बच्चाहरुले आफुलाईनै बोझको रुपमा लिने गरेको एक प्रतिवेदनले सार्वजनिक गरेको छ । अभिभवकको समाजमा नराम्रो छाप वा नकारात्मक गतिविधिले गर्दा समाज द्वारा बालबालिकाको आत्मा समानमा चोट पुप्याईन्छ र बालबालिकाहरु मानसिक रुपमा बिचलित हुनुका साथसाथै पठनपाठनमा समेत असर पुग्न जान्छ । आमाबाबुबाट उचित समयमा स्याहार , संस्कार नपाएपछि यस्ता पृष्ठभुमिबाट हुर्किएका बच्चाहरु बाहिर रूमलिन मनपराउने , बाहिर भावनात्मक समर्थन खोज्ने गर्छन जसका कारण अधिकांश बालबालिकाहरु द्वुरव्यहावार सिकार हुन् पुग्छन् । यस्तो पृष्ठभुमिबाट हुर्किएका कतिपय भने राम्रो मान्छे बन्ने , केही र्गछु भन्ने सोच बनाएर आफुलाई वशमा राख्ने कोहि भने गाँउ समाज , कानुनको इत्यादिको डरले आफुलाई सम्हाल्ने गरेको पाहिएको छ । प्यारेन्टल केयर यो निकै गम्भीर विषय हो !

अभिभावकको छोराछोरी प्रतीको आफनो दाहित्व के हो ? कर्तब्य के हो भनी जागरुक हुन् जरुरी छ । नेपालको सन्दर्भमा भन्नु पर्दा जिम्मेवारीबाट पन्छिने खोज्ने गैरजिम्मेवार आमाबाबुलाई कारवाहि गर्ने कानुनी पाटो खासै बलियो छैन् । छोराछोरीलाई कसले हुर्काउने , नहुर्काएमा के गर्ने , उचित तस्याहार , संस्कार नदिएमा के गर्ने , आमाबाबु गैरजिम्मेवार भएमा के गर्ने जस्ता कुरालाई खासै वास्ता गरिएको पाइदैन । बच्चाले पहिले संस्कारको मानसिकताार बुझाई घर , समाज हुदेै साथिभाई , स्कुलबाट ग्रहण गर्छ तर उपयुक्त संस्कार माया , स्याहार पाउनुपर्ने उमेरमा वेवास्ता , दुरुयोग , गालीगलोच नैराश्यताबाट गुजरीएको हामी देख्दै र सुन्देै आएका छौ , जसका कारण उनीहरुमा अपराधिक तथा असामाजिक , विर्दोही , झगडालु प्रविृतिको विकास हुन् गई समाजको मर्यादा विपरित कार्य गर्न पुग्दछन् । अहिलेका धेरै जसो अभिभावकहरु आफ्नो निजि जीवनमा निकै व्यस्त हुन्छन् , जसले गर्दा बालबालिकाहरु भवनात्मक रुपमा टाढिन्छन् र अभिभावकहरुलाई पनि आफ्नो छोराछोरी कुन समस्यामा छन् भन्ने थाहा पाउँन पनि गाह्रो हुने गर्छ । ९०% मष्तित्कको विकास ३ वर्ष सम्म र ८० % सिकाई ८ वर्ष सम्म पुरा भइसक्ने हुनाले छोराछोरीमा आर्थिक लगानि मात्र नभई समयको पनि लगानि गर्न जरुरी छ । बालबच्चालाई उपयुक्त संस्कार , समाजिकरण र सरर्वाङ्गगिण विकासमा थप टेवा पुप्याउन के के गर्न सकिन्छ ।


– नैतिक ज्ञान भएका कथाहरू सुनाउने
– बालबच्चाले आदर गर्दा फकाउने , अनादर नगर्ने
– समाजिक मान मर्यादा सिकाउने
– अनावश्यक आलोचना र नकरात्मक प्रतिकृया नदिने वा नगर्ने
– बालबालिका सँग समयसमयमा अन्तरक्रिया र कुराकानि गर्ने
– बालबालिकालाई आत्मा विनियम सिप सिकाउने
– बालबच्चालाई समाजिक सहभागिता जनाउन हौसला प्रधान गर्ने
– आफनो पालो पर्खर्न सिकाउने जसले गर्दा उनिहरुमा र्धेर्य शतिmको विकास गर्छ
– बच्चा र पारिवारिको लागि समय व्यवस्थापन गर्ने
– बालबच्चालाई समस्याको हल खोज्न मद्दत गर्ने
– बच्चाको उमेर र क्षमताकोे अनुसारको जिम्मेवारी दिँदै जाने
– बच्चालाई थप जिम्मेवार बनाउनलाई उसले गरेको सानो प्रयासको प्रशंसा गरिनु पर्छ
– बच्चालाई आफनो सर — सामानको सुरक्षा आफै गर्न लगाउने
– बच्चाको अगाडि कसैको पनि गल्त टिपणी नगर्ने
– बच्चाको अगाडि उसको तुलना कसैसँग पनि नगर्ने
– बच्चाको गल्तीलाई गल्ती भन्दानी प्रयासको नजरले हेरिनु पर्छ
– जिम्मेवार हुनका लागी बच्चालाई कुनै पनि सामान किन्निदिन्छु भनेर प्रलोभन देखाउनाले , – उनीहरुमा नकरात्मक विचारले ठाउँ लिने गर्छ
– आफुले खेलेको सामान खेली सकेपछि आफै व्यवस्थापन गर्न सिकाउने
– बच्चाहरुले बाबुआमाले भनेको भन्दा जे गरे त्यही सिक्ने हुनाले बच्चालाई झगडा, , धुम्रपान आफ्नो – निजी समस्या बाट टाढा राख्न जरुरी छ
– सकारात्मक शब्द प्रयोग गर्ने गरौं जस्तै तिमी राम्रो काम गरि रहेका छौं, स्याबास, म तिमिलाई के सहयोग गर्न सक्छु , मलाई तिमि प्रति गर्ब छ जसको सकारात्मक व्यवहार र शब्दले बालबालिकाको मस्तिष्क र अन्य सकारात्मक विकासमा राम्रो प्रभाव परोस ।

अहिले छोराछोरीको हारहारीमै अभिभावक पनी बिग्रदै जाने क्रम बढदो छ यस्तो घटना हाम्रो समाजमा निकैनै दोहोरिरहेका छन् , जसका कारण बालबालिकामा मनोवैज्ञानिक असर पर्न गएका छन् । त्यसैले पनि बालबच्चाको उज्जवल भविष्यको लागि अभिभावकले पारिवारिक सम्बन्ध सुर्धान जरूरी छ ।

—लेखिकाले जनचेतनाका लागि कलम चलाउदै आएकी छिन् , उनी एक सामाजिक/बाल अभियन्ता हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here