काठमाण्डौँः गृहमन्त्री रामबहादुर थापाले धुम्रपान गरिरहेको तस्बिर उपराष्ट्रपतिको आधिकारिक बेवसाइटमा संग्रह गरिएको छ।

उपराष्ट्रपति कार्यालयको आधिकारीक बेवसाइट भीपीएन डट जिओभी डट एनपीमा रहेको ‘सम्माननीय उपराष्ट्रपतिज्यूका पूराना तस्वीरहरु’ कोलममा थापाको चुरोटसँगको तस्बिर राखिएको छ।

उपराष्ट्रपति नन्दबहादुर पुन तत्कालीन नेकपा (माओवादी) का पोलिटब्यूरो सदस्य थिए। गृहमन्त्री थापा स्थायी समिति सदस्य थिए। दुवै जनाले आफ्नो जिम्मेवारीको परिचयपत्र पनि प्रष्ट देखिने गरी लगाएका छन्।

ग्यालरीमा संग्रहितमध्ये नवौं तस्बिरमा ‘चुनवाङ बैठकमा बादलसँग’ लेखिएको छ। तस्बिरको विषयमा जिज्ञाशा राख्दा गृहमन्त्री थापाको सचिवालयले अनविज्ञता व्यक्त गरेको छ।

माओवादीको १० वर्षे सशक्त जनयुद्धमा लामो कपाल पाल्ने पुरुष, जाडरक्सी खाने, बेच्‍ने र बनाउने, तथा धुम्रपान गर्नेलाई समेत ‘जनकारबाही’ स्वरुप माओवादीले भाटे कारबाही गर्थे।

तर गृहमन्त्री थापा त्यति बेला चुरोटका अम्मली रहेको उनीसँग संगत गर्ने नेकपाका एक नेताले बताए। ‘तर अहिले छोड्नु भएको जस्तो लाग्छ, धेरै कार्यक्रममा हामी सँगै हुन्छौं, बादल कामरेडले धुम्रपान गरेको देखेको छैन,’ उनले भने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here