मातृभूमिकालागि नेपाली अभीयानको धादिङको जिल्ला भेला सम्पन्न

Matribhumi kaa laagi Nepali
Read Time0Seconds

काठमाण्डौँः मातृभूमिकालागि नेपाली धादिङको प्रथम जिल्ला भेला शुक्रवार धादिङबेसीमा सम्पन्न भएको छ । भेलाले राजकुमार श्रेष्ठको संयोजकत्वमा २३ सदस्यीय जिल्ला समितिको गठन गरेको छ । गठित समतिको सह–संयोजकमा बावुराम अधिकारी र श्रवण त्रिपाठी रहनुभएको छ ।

समितिका सदस्यहरुमा क्रमशः कृष्णप्रसाद दाहाल, हरिमाया रायमाझी, लक्ष्मी श्रेष्ठ, बावुकाजी सिलवाल, गंगादत्त तिमिल्सीना, कृष्णवहादुर अधिकारी, यज्ञवहादुर कार्की, धर्मवहादुर भण्डरी र दिलवहादुर अमात्य रहनुभएको छ ।

त्यसैगरी समितिका अन्य सदस्यहरुमा बिरवहादुर थापा क्षेत्री, गणेशकुमार श्रेष्ठ, राजु अधिकारी, शिवकुमार श्रेष्ठ, शंकर शिलवाल, प्रकाश सिंखडा, कृष्णराज अधिकारी, राजेश प्रजापती, राजु बतौला, कृष्णराज पाठक र ज्ञानेन्द्र कार्की लगायत रहनुभएको छ ।

भेलाले बरिष्ठ अधिबक्ता बिष्णुकुमार श्रेष्ठ र निलकण्ठ क्याम्पसका पुर्व प्रमुख भुपेन्द्रकुमार श्रेष्ठलाई समितिको सल्लाहरुकारको रुपमा चयन गरको छ ।

भेलाको उद्घाटन मातृभूमिकालागि नेपाली केन्द्रीय परिषदका संयोजक देबप्रकाश त्रिपाठीले गर्नु भएको थियो । सो अवसरमा केन्द्रिय परिषद सदस्यहरू डा. तिलक रावल, केशवप्रसाद भट्टराई, अरुणकुमार सुवेदी, डा. राजेश अहिराज, बिमला थापा, सनत आचार्य लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रमका वक्ताहरुले धर्म निरपेक्षता किन खारेज गरी बौद्ध, किराँत, जैन लगायत नेपाली जनताले मानी आएका सबै धर्म सस्कृती र परम्पराको रक्षा गर्ने सनातन वैदिक हिन्दूराष्ट्र स्थापना हुनुपर्ने, जातीय आरक्षणको सट्टा सबलिकरणको कार्यक्रम ल्याइनुपर्ने बताउनुभएको थियो ।

साथै वक्ताहरुले देशको बोझ बनेको बर्तमान सङ्घिय संरचना खारेज गरि पूर्ण विकेन्द्रीकरण सहितको एकीकृत शासन प्रणाली हुनुपर्ने साथै शासन र प्रशासनको उच्च तहमा रहेका हरेकको सम्पत्ति छानवीन हुनुपर्ने लगायतका बिषयहरुमा समेत जोड दिनुभएको थियो ।

मातृभूमिकालागि नेपाली धादिङका संयोजक राजकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन शरद अधिकारीले गर्नुभएको थियो । कार्यक्रमको उद्घाटन पूर्व भजनकृतन सहितको ¥यालीले धादिङवेसी बजार परिक्रमा गरेको थियो ।

1 0
0 %
Happy
0 %
Sad
0 %
Excited
0 %
Angry
0 %
Surprise

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close
Shares