नमुना युवा संसद सुरुः युवा प्रधानमन्त्रीमा काभ्रेका सञ्जीव न्यौपाने

Rastriya Yuwa parisad
Read Time0Seconds

भक्तपुर । युवाहरुलाई संसदीय अभ्यास गराई नतृत्व विकाश गर्न राष्ट्रिय युवा परिषद्ले संघिय नुमना युवा सांसदको अभ्यास कार्यक्रम शुरु गरेको छ । आज भक्तपुर संघीय नमुना संसदको कार्यक्रमको सुरुको सत्रमा प्रधानमन्त्रीको निर्वाचन भएको थियो । प्रधानमन्त्रीमा काभ्रेका युवा अभियन्ता सञ्जीव न्यौपाने चयन भएका छन । न्यौपाने बाल अधिकारका क्षेत्रमा कार्यरत छन् ।

संविधान सभाका अध्यक्ष तथा पुर्ब सभामुख सुवास नेम्वाङ ज्युको प्रमुख आतिथ्यमा हिजो उद्घाटन भएको हो । उक्त कार्यक्रम भक्तपुरको मध्यपुर थिमी नगरपालिकाको कृषि विकास तालिम केन्द्र, बोडेमा शुभारम्भ गरिएको छ । नेता नेम्वाङ्गले संघिय संसदमा गरिने तथा त्यहाँको वस्तुस्थितीको बारेमा जानकारी गराउनुभयो । उहाँले पछिल्लो समयको राष्ट्रिय राजनीतिको बारेमा समेत जानकारी गराउनुभयो ।

उहाँले देशको भाग्य र भविष्य नै युवा पङ्तिमा रहेको बताउँदै देशको विकास र समृद्धिको ढोका खुल्ला गर्दै आर्थिक तथा सामाजिक रुपान्तरण गर्न युवाहरुको महत्वपूर्ण भूमिका हुने बताउनुभयो ।

1 0
0 %
Happy
0 %
Sad
0 %
Excited
0 %
Angry
0 %
Surprise

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close
Shares