छोरीलाई दाईजो नदिनुहोस्, बरु पढाईदिनुहोस् – चण्डिका तिमील्सिना

Read Time0Seconds

हामी बाल्यकाल देखिको साथी । उसले एसएलसी पास गरेपश्चात पढ्न छाडेकी थिई । कारण थियो उसको परिवारले उसलाई एसएलसी भन्दा माथी पढाउन नसक्ने कुरा व्यक्त गरेका थिए । उ पढ्न छाडेर बसेकी थिई । म भने पढ्न पाएर खुशी थिए ।

अहिले पनि खुशी छु, जुन पढ्ने माहोल मैले मेरो परिवार बाट पाए मेरो आमाबाट पाएँ यसका लागी नियतीप्रति कृतज्ञ छु । केहि महिना अघि उसको बिहे भयो । मपनी गएँ । उसको विहेमा धेरै खर्च गरेर सम्पन्न परिवारमा दिएको कुरा सुनिन्थ्यो । हुन त गाउँघरतिर छोराको बिहेमा भन्दा छोरिको बिहेमा हुने खर्च दाईजो वापत र तामझामको बारेमा बढी चर्चा हुन्छ ।

दाईजोमा कति खर्च गरे, कति सम्पन्न परिवारमा छोरी दिए भन्ने कुरा हुन्छ । यसै मार्फत छोरिको भविष्यको लेखाजोखा गरिन्छ । टन्न दाईजो दिएर सम्पन्न परिवारमा छोरी दिएमा छोरिको भविष्य शुनिश्चित हुन्छ । यसरी छोरिले सुख पाउँछे भन्ने जस्तो अचम्मको सोचाई जो छ यो समाजका मानिसको । म भने चकित भए । सोच्न बाध्य भए ।

छोरीले पढ्छु भन्दा एसएलसी पश्चात पढाउन सक्दिन भन्ने परिवारले त्यत्रो खर्च दाईजोमा किन गर्छन् ? कस्तो सोचाई राख्छन् होला म जान्न चाहन्थे । टन्नै दाईजो दिएर छोरी भिराएमा छोरिले सुख पाउँछे भन्ने सोचले हो ? यता टेलिभिजन र पत्रपत्रिका मार्फत दाईजोको निहुँमा हुने गरेका हिंसा अनेक सुनिन्छन । दाईजो कम भएकै निहुँमा युवतिलाई जीउँदै जलाएर मारिएको समाचार सुनिन्छ । यस्ता समाचार सुन्दा मन यसै अमिलो भएर कुँडिएर आउँछ ।

पिडा बोध हुन्छ । रिसले रगत उम्लिएर आउँछ र मेरो मनले निर्क्योल निकाल्छ यदि छोरिको बिहेमा दाईजोमा खर्च गर्ने पैसाले छोरी पढाउने हो भने उनिहरुलाई आत्मनिर्भर बन्न प्रेरित गर्ने हो भने परिस्थिती बेग्लै हुने थियो । समाधान यति सरल छ । लगानी छोरीको ज्वाईँ खोज्न हैन छोरीको क्षमता र ज्ञान अभिवृद्धीमा लगाइदिए भयो । आजको यो युगमा दाईजोको निहुँमा कुटिएर, पिटिएर, जलएर युवतिहरुले आफ्नो प्राणको बलिदान दिनु पर्ने स्थिति हुदैनथ्यो होला ।

दाइजो दिएर छोरी भिराउने सोचमा छोरिको विहेमा दाईजोको लागी पैसा जम्मा पार्ने परिवारले छोरिको पढाईको लागी पैसा जम्मा पार्ने गरेको भए आज कयौँ छोरिहरु दाइजोको कारण मर्ने थिएनन् होला । विभेद अन्त्य गर्ने भन्दै छोराभन्दा छोरीलाई फरक र विशिष्ट व्यवहार गर्नु जरुरी छैन । छोरा र छोरी जे भएपनि सन्तानलाई समानुभुतिपूर्ण व्यवहार र तिनको ज्ञान र क्षमतामा बराबर लगानी गिरिदए भयो । पुरा समाधान भेटिइहाल्छ हैन र ?

1 0
100 %
Happy
0 %
Sad
0 %
Excited
0 %
Angry
0 %
Surprise

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close
Shares