सम्पादकीयः सँस्कृतमा एक भनाई छ, ‘सत्यं वद, पृयं वद’ अर्थात सत्य बोल र पृय बोल । मानिसले भोगेको कठीनाईहरु मध्ये एक यो पनि हो सत्य र पृय सँगसँगै कसरी बोल्न सकिएला ?

आमसञ्चारमा रुची राख्ने मान्छे लाई अरु कठिनाई छ सत्य रपृय सँगसँगै बोल्न । विभिन्न पत्रिकामा लेख-विचार लेख्नु र पढ्नु, कानून र राजनीति, दर्शन र अद्यात्म रुचिकर त लाग्छन तरयी विवादमै रहने रस्साकसी हुने विषय हुन् । यसैकारण अक्सर सबैजसो नेपाली, केही भारतीय र थोरै विदेशी सञ्चार माध्यम पछ्याउँदा र देखिन्छ अक्सर कुन स्वभावका सञ्चारकर्मी छाएका छन् त भन्दा खेरी हाम्रा केही नेपाली जस्तै चर्को बोल्ने स्टुडियोमा उफ्रिने र न आफू अध्ययन गर्ने न त अध्येताबाट प्रस्तुति प्रस्फुटन गराउन नसक्ने । यी पात्र किन यस्ता भए त जो सत्य पनि बोल्दैनन पृय पनि बोल्दैनन भन्दा यसको जिम्मेवारी राज्यसञ्चालक, राजनीतिक दल, नागरिक समाज र उपभोक्ताले लिनुपर्छ ।

जीम्मेवारी प्राप्तले राम्ररी राज्य सञ्चालन नगरेकाले, मिडियालाई समाजको ऐना हैन व्यक्तिको मुकुण्डो बनाएकाले, लोकतन्त्रलाई जनजीविकामा लैजान नसकेकाले यस्ता उफ्रिने चिच्याउने र लोकपृयतावादी सञ्चारकर्मी जन्मिन्छन तर यीनीबाट पनि समाजलाई केही फाइदा भएकै छन् यीनको विरोध गर्नु जरुरी छैन बरु कतिपय अवस्थामा धन्यवाद दिएकै ठिक ।

किनभने एक पात्रका रुपमा ऋषि धमलाले त्यस्ता सूचना प्राप्त गरेका हुन्छन जुन अन्य कुनै सञ्चारकर्मीले सायदै सक्लान र रवी लामिछानेले त कति धेरै नागरिकलाई पिडाबाट मुक्ति दिए होलान् । कतिको आवाज टेलिभिजनमा पुर्‍याईदिए होलान । यसकारण उनी धन्यवादका पात्र छन् । तर लोकपृयतावादको हदपार गरेर मानवीय मर्यादा र सञ्चारकर्मीको धर्म बिर्सिने गरि प्रस्तुत हुने अमुक नायीकालाई यौन सम्पर्क कति पटक गर्नुहुन्छ भनि सोध्ने व्यक्ति हुन या बाबुराम भट्टराईलाई बिबिसिमा अब कुनै पद लिन्न भनि कसम खानुस भन्ने व्यक्ति हुन अथवा अस्ती उपेन्द्र यादवलाई बाहिर जानुहोस् भन्ने पत्रकारछ हुन अथवा अदालत, प्रहरी, राज्य ‘सबका बाप’को रुपमा प्रस्तुत हुने कोही सेलिब्रेटी पत्रकार हुन् यीनको यस्तो अतिरिक्त हर्कतको विधिको शासन र लोकतान्त्रिक व्यवस्थामा त्यतीकै आलोचना हुनुपर्छ जति कर्तव्यविमुख र भ्रष्ट राजनीतिकर्मिको हुनुपर्छ । गल्ति गर्नु मानवीय स्वभाव हो तर बारम्बार गल्ति गर्नु दण्डनीय अपराध हो भन्ने कुरा विधि नमान्ने नेता या पत्रकार जोसुकैले बुझ्नुपर्छ । झन कानून विपरितका कसुरमा पनि औजार र पहुँच भएकैले मुक्ति पाउनुपर्छ भन्नु बिलकुल गलत हुन जान्छ ।

टेलीभिजनमै एक जना सञ्चारकर्मि छन् टिकाराम यात्री । गहन अध्ययन गर्दछन । विनम्र प्रश्न गर्दछन र अतिथिबाट चाहेजति खुराक निकालेर मात्रै पठाँउछन । एउटा कार्यक्रम आउँछ ‘इन्द्रेणी’ । त्यसका सञ्चालक कृष्ण कँडेल डाँडाखोला धाएर जनताका आवाज लोकभाकामार्फत ल्याउँछन । शुभेच्छुकको सहयोग लिन्छन असहायायलाई सहयोग गर्छन तर सबै टेलिभिजन मार्फत, पर्दामै देखाएर । मनोरञ्जन मात्र हैन सूचना र सहायता पनि मिलेको छ नागरिकहरुलाई । भुषण दहाल, दिलभुषण पाठक पनि अन्तरवार्ता गर्दछन । छापा र रेडियोमा कति महान प्रस्तोताहरु छन् जो सिर्फ आफ्नो कर्म गरिरहेका छन । सेवा गरिरहेका छन् । चुपचाप छन ।

थुप्रै खोज पत्रकारहरु छन ठूला ठूला प्रकरण बाहिर ल्याउँछन ठूलै जोखिम लिएर । तर एकाध पर्दामा चिच्याउने, संवाद हैन चर्काचर्कि गर्न रुचाउने र भावना र संवेदनाको सिँढि चढेर व्यक्तिगत लोकपृयतामा मात्रै रमाउने तिनै हुन जो केही समयका लागि देशमा या सञ्चार क्षेत्रमा आएका हुन । तिनको अनन्त अभिष्ट अर्कै हुन्छः देखिन्छ अर्कै ! राजनीति सबैभन्दा पहिले सफा गर्नुपर्नेछ किनकी त्यो राज्यसञ्चालनको शिर हो तर लोकतान्त्रिक व्यव्था र विधिको शानका लागि सञ्चार क्षेत्र, नागरिक समाज, गैरसरकारी क्षेत्रमा व्यापक पुनर्संरचनाको खाँचो छ ।

अहिले बहुचर्चित काण्डको कुरा सरल छ, संकाश्पद गतिविधि र मृत व्यक्तिको मृत्युअघिको बयानको आधारमा प्रहरीले कसैलाई पक्राउ गर्यो । पक्राउ गरी फौजदारी अपराधको अनुसन्धान प्रहरीले गर्न पाउँछ । कानून बमोजिम अदालतले म्याद थपेको छ । अनुसन्धान लम्बिन सक्छ, कानून बमोजिम म्याद अदालतले थप्न सक्छ । यसरी नै अदालति प्रकृया अघि बढ्दै जाँदा प्रमाणको परीक्षण होला, बयान होला, प्रमाणको मुल्यांकन होला । आरोपित व्यक्ति निर्दोष भए उनी ससम्मान आफ्नो कर्ममा फर्केलान नत्र अदालतले सुनाएको सजाय भोग्लान ।

यसमा नागरिक समाज कहाँनेर चनाखो हुनुपर्छ भने आरोपितलाई हिरासतमा गैरकानूनी यातना दिनुहुन्न । छिटो छरितो रुपमा पिडितले न्याय पाउनुपर्छ । निर्दोषले सजाय पाउनुहुन्नः दोषी सजायबाट छुट्नुहुन्न । जुन किसिमका प्रदर्शनहरु भएका छन ती पनि भावनात्मक ‘फ्यान फलोइङ’ भएको सेलिब्रेटि पत्रकारप्रतिको माया दर्शाएका हुन । त्यस्ता प्रदर्शनहरु सभ्य, शान्त र विधिको सम्मान गर्ने खालको हुनुपर्छ भने आम नागरिकले पनि आफ्नो चासो विधिको शासन र कर्तव्य सहितको अधिकारमा व्यक्त गरिरहनुपर्छ ।

भदौ ५ गते ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here