पश्चिम नेपालको जुम्लामा स्याउ महोत्सव हुने भएको छ। जुम्लाको प्रमुख आन्तरिक स्रोतका रूपमा रहेको स्याउको बजारीकरणका यही भदौ १४ गते दोस्रो जुम्ला स्याउ महोत्सव आयोजना हुन लागेको हो।

महोत्सवले जुम्लामा उत्पादित स्याउलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म चिनाउन सहयोग पुग्ने आयोजक कान्जिरोवा टाइम्सका प्रबन्धक निर्देशक महेन्द्र कार्कीले जानकारी दिनुभयो। महोत्सवले उत्पादनको बजार विस्तारका साथै पर्यटन प्रवर्द्धन हुने आयोजकको विश्वास छ। एक दिने महोत्सवमा विभिन्न प्रजातिका स्याउका साथै स्याउका परिकार राखिने पत्रकार सम्मेलनमा जानकारी दिइएको गोरखापत्र अनलाइनले लेखेको छ।

महोत्सवमा जुम्लामा उत्पादन हुने रेड र गोल्डेन डेलिसियस जातका स्याउका पनि परिकार विशेष आकर्षणका रूपमा रहने आयोजकको दाबी छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here