काठमाण्डौँः निर्मला पन्त आन्दोलनका बेला कञ्चनपुरमा प्रहरीको गोली लागि घाइते भएका अर्जुन भण्डारा लगायत घाइतेलाइ युवाहरुको समुहले पचास/पचास हजार आर्थिक सहयोग गरेका छन् ।
हाल शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत घाइतेहरुलाई सांगितिक कार्यक्रम आयोजना गरि त्यसबाट उठेको रकम हयोग गरेको हो । चर्चित ब्याण्डहरु १९७४ एडी, कबवेब, मुक्ति एण्ड रिभाइभल आदी अरु एकदर्जन ब्याण्डले आफ्नो प्रस्तुति दिएका थिए ।

१३ वर्षीय निर्मला पन्त को बलात्कार पछि हत्या भए पश्चात भएको आन्दोलनमा राज्यको तर्फबाट भएको दमनमा परी दाहिने खुट्टामा गोली लागेर कोमामा गएका उमेश भण्डारा र गोलीको छर्राले लागेर दाहिने हात र कुम मा गहिरो चोट लागेका सुरेन्द्र देउवालाई सहयोग प्रदान गरिएको टोलीका सदस्य ज्यासन वैद्यले जानकारी दिए ।
‘पिडितको जीवन सहज होस भनेर सहयोग गरेका हौँ’ वैद्यले , वैद्यले भने ‘हामी कुनै संस्था हैनौ एकदम व्यक्तिगत सहयोगहरुबाट संकलित रकम हो । जसलाई संकलन गर्न केही महिना अगाडी एउटा सांगितिक कार्यक्रमको आयोजना भएको थियो ।’


गोलीबाट घाइते भएको एक वर्ष पछि भण्डारालाई होस आएको छ ।आंशिक बोल्न सक्ने र धेरै बुझ्ने भएका छन । गोली लागेको खुट्टा काटिएको छ भने अब बाँकी जिवन उसले ह्विचियरमा बिताउने पर्नेछ। सुरेन्द्र देउवाको हातको उपचार जारी छ । डाक्टरको अनुसार अझै डेढ वर्ष उनको हातको उपचार लगातार हुनेछ ।
“हामीले प्रदान गरेको रकमले उहाँहरु र उहाँहरुको परिवारलाई आगामी दिनका लागी केही सानो व्यवसाय गरेर गुजारा गर्न मद्दत पुगोस भन्ने हो ।” – सहयोगी टोलीको भनाई छ । ‘अँध्यारोलाई सराप्नु भन्दा एउटा दियो बालेको बेस’ भन्ने प्रेरणाले आफूहरु सकारात्मक सहयोगमा लागेको उनीहरुको दावी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here