‘रवी हाम्रो परिवारको सदस्य जस्तै, निष्पक्ष छानविन हुनुपर्छ’ – रञ्जु दर्शना

Ravi Lamichhane-Ranju Darshana
Read Time3Seconds

काठमाण्डौँः विवेकशील नेपाली दलकी नेतृ रञ्जु दर्शनाले सञ्चारकर्मी रवी लामिछानेमाथी विश्वास गरेजस्तै न्यायिक प्रकृयामा पनि विश्वास गर्नुपर्ने बताउनुभएको छ ।

रञ्जु दर्शनाको विज्ञप्तिः

रवि लामिछाने दोषि छन् या निर्दोष छन् भन्ने कुरा “निस्पक्ष छानबिन”ले बताउनु पर्छ। सम्मानित अदालतले भन्नुपर्छ। 
धेरै मानिसको जीवनसँग निकट हुने काम गरेका, परिवारको सदस्य जस्तै बनेका भएर होला सायद रवि जी को समर्थनमा ठाउँ, ठाउँमा आम जनताको जुलुस, भेला भइरहेको छ । उनी निर्दोष नै हुनुपर्छ भन्ने सबैको मनमा परेको छ, आफ्नो परिवारको सदस्य सधैँ प्रिय लाग्दछन् । हामीले पत्रकार पुडासैनीलाई यो दु:खलाग्दो घटना भन्दा अघि धेरैले चिनेका थिएनौँ । उनी आफ्नो तर्फ बाट पत्रकारिता मार्फत केहि न केहि योगदान हरेक दिन गरिरहेका थिए होलान् !

कर्ममा निरन्तर अघि बढिरहँदा अझ बढि योगदान पनि दिनसक्थे होलान् तर आफ्नो “ज्यान नै लिने” निर्णयमा उनीपुग्नु निकै दु:ख लाग्ने कुरा छ । त्यसमाथि, उनको मृत्यु लगत्तै सार्वजनिक भएको भिडियोमा उनले नाम किटान गरि केहि मानिसहरुका कारणले उनी उक्त निर्णयमा पुगेको भन्ने कुराले सबैलाई आश्चर्यमा पारेको छ । हामी अधिकांश मानिसहरु उक्त भिडियो सार्वजनिक भएपछि पक्ष-विपक्षमा बाँडिएका छौँ । सामान्यतया मर्ने व्यक्तिले अन्तिम समय झुठो बोल्दैनन् भन्ने विश्वासले उक्त भिडियोलाई कानुनले पनि ‘प्रमाण’ को रुपमा लिने गर्दछ । यद्दपि उक्त भिडियोमा नाम उल्लेख भएका सबै मानिसहरु सँग सोधपुछ र भिडियो भनिएका कुराहरु नमिलुनजेल कोहि ‘दोषि’ ठहरिनुहुँदैन । यदि यस्तै केस “सिधा कुरा जनतासँग” कार्यक्रममा आएको भए रवि लामिछाने स्वयमले कानूनको साथ दिनुपर्छ, न्यायालयलाई मद्दत गर्नुपर्छ।

थप, यो खोजमुलक समाचार पढ्न पनि अनुरोध गरेँ : 
Ravi Lamichhane

अहिले रवि लामिछाने ( Ravi Lamichhane ), युवराज कँडेल र अस्मिता कार्किलाई निम्न ऐन अन्तर्गत हिरासतमा राखिएको छ ।
“ मुलुकी अपराध संहिता ऐन २०७४ को भाग २, परिच्छेद १२ ज्यान सम्बन्धी कसूरको दफा १८५. आत्महत्या गर्न दुरुत्साहन दिन नहुनेः (१) कसैले कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिन वा त्यस्तो काम गर्ने सम्मको परिस्थिति खडा गर्न वा गराउन हुँदैन “ यस दफाको थप व्याख्या भएको छ या छैन? नेपालमा पनि “Dying declaration” सम्बन्धी विस्तृत केहि छ या छैन, कानुनका विद्यार्थी, अध्ययनकर्ता, वकिल, ज्ञात साथीहरुलाई बताइदिन हुन आग्रह। सन्दर्भ सामग्रीमा तलको लिङ्क पढे मैले 
http://legalservicesindia.com/…/Dying-Declaration-Section-3…

रञ्जु दर्शनाको फशेबुकबाट !

1 0
0 %
Happy
0 %
Sad
0 %
Excited
0 %
Angry
0 %
Surprise

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close
Shares