ललितपुरको मानिखेलस्थित “सिम्बा झरना” मा आन्तरिक तथा बाह्य पर्यटकको घुईचो (फोटो फिचर)

simba jharana manikhel
Read Time1Second

ललितपुर- दक्षिण ललितपुरको महाँकाल गाउँपालिका वडा नं १ बुखेलको खावा भन्ज्याङ र वडा नं.२ को रिंगिनखोलाको शिरमा अवस्थित ‘सिम्बा झरना’ हेर्न हिजोआज शुक्रबार,शनिबार र सार्वजनिक बिदाको दिन आन्तरिक तथा बाह्य पर्यटकहरुको घुईचो नै लाग्न थालेको छ । एकै ठाउमा सात वटा झरना भएता पनि यो झरनाको खासै प्रचार प्रसार भने भएको थिएन।


केहि बर्ष यता सामाजिक संजालमा यहाको फोटो र भिडियोले निकै नै स्थान पाएको छ । काठमाडौँबाट एक दिनमा नै पुगेर फर्कन सक्ने दुरीमा भएको कारण यो झरना हेर्न आज भोली भिड नै लाग्न थालेको छ।


ललितपुरको सदरमुकाम पटनबाट पचास किलोमिट जति मोटर बाटो गए पछि मानिखेल पुगीन्छ। मोटरबाटो छाडेर करिव ४५ मिनेट हिडे पछाडी पुगिन्छ सिम्बा झरना।


चारैतिर हरियाली ,मनै लोभ्याउने वातावरण भएकाले पर्यटकहरुको गन्तव स्थलको रुपमा सिम्बा झरना बन्दै गएको हो ।

कसरी जाने

  • रिङरोड सातदोबाटो बाट चापागाउ लेले हुदै भारदेव चौघरे गोटिखेल हुदै मानिखेल ( २ घण्टा मोटरसाइकलमा गाडीमा ३ घण्टा )
  • गाडिमा जान चापागाउ प्याङगाउ बस पार्कबाट बस लाग्छ ।
  • चापागाउ टिकाभैरब बिर्खेधारा दलचोकी संखु बुखेल हुदै मानिखेल । (मोटरसाइकलमा चापागाउबाट १ घण्टा ३०मिनेट गाडिमामा २ घण्टा ३० मिनेट)
  • गाडिमा जान चापागाउ प्याङगाउ बस पार्कबाट बस लाग्छ।

मानिखेल पुगेपछी रिगिन दोभान बाट हिडेर ४५ मिनेट मा झरना पुग्न सकिन्छ।
महाँकाल गाउपालिकामा ‘सिम्बा झरना’ मात्र पर्यटकीय स्थाल हैन। यहाँ जादा पुग्न सकिने अन्य गन्तब्यहरुमा बैतरणी धाम गोटिखेल, महांकाल मन्दिर गोटिखेल, अलौकिक चन्ढुङ्गा तथा कालेस्वर महादेव, पौराणिक सि:ख:न गुम्बा मानिखेल, बतासे गुम्बा, बिमिरे डाँडा आदि ठाउँहरु छन।

सिम्बा झरनाको केहि मनोरम दृश्यहरु

(तस्बिरश्रोत : सामाजिक संजाल )

“आन्तरिक पर्यटन लाइ बढवा दिऔ पर्यटन बर्ष 2020 सफल पारौ ।”

1 0
0 %
Happy
0 %
Sad
0 %
Excited
0 %
Angry
100 %
Surprise

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close
Shares