काठमाडौँ- मोडल तथा निर्देशक शिशिर श्रेष्ठको निर्देशन तथा अभिनयमा नेपाली सेलो गीत ‘सैलुंगे लेकमा…’ सार्बजनिक भएको छ । गायिका किसु गुरुको आबाजमा केहि दिन मात्र सैलुंगे लेकमा सार्बजनिक भएको हो ।

प्रमोद चाम्लिङको शब्द रहेको उक्त गीतलाई राज लिम्बुले संगीत गरेका हुन् । गीतको संगीत संयोजन राजु कार्कीको रहेको छ । मोडल तथा निर्देशक शिशिर श्रेष्ठलाई मोडल निशा तामाङले अभिनयमा साथ् दिएकी छिन् ।

भिडियोको कोरियोग्राफर निश्चल केसीले गरेका हुन् भने दिपक गिरिले छायांकन गरेका छन् । जनता डिजिटल एण्ड फिल्म्सको ब्यानरमा तयार गरिएको भिडियोको सम्पादन अमृत चापागाईले गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here