रवि लामिछाने घाइते आफ्ना समर्थकलाई भेट्न अस्पताल पुगेका छन् ।

पत्रकार शालिकराम पुडासैनीको रहस्यमय निधनसम्बन्धमा छानबिनका लागि गएको साउन ३० गते प्रहरीले रविसहित युवराज कँडेल र अस्मिता कार्कीलाई काठमाडौंबाट नियन्त्रणमा लिएर न्यायिक हिरासतमा राखेको थियो । उनीहरुको रिहाइको माग राखेर रवि समर्थकहरुले मुलुकभर प्रदर्शनगरेका थिए ।

सोहीक्रममा भएको प्रहरीसँगको झडपकाक्रममा घाइते भएकाहरुलाई भेट्न रवि लामिछाने मंगलबार अस्पताल पुगेका हुन् । सोमबार चितवन जिल्ला अदालतको आदेशमा धरौटीमा रिहा भएका उनी मंगलबार भरतपुरका विभिन्न अस्पतालमा उपचाररत घाइतेहरुलाई भेट्न गएका हुन् ।

अस्पताल पुगेका उनले घाइतेहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here