‘मेरो प्रिय शिष्य कमललाई आशीर्वाद दिनुहोस’

Tilak Pela
Read Time1Second

मैले देशभरीका प्राय: सबै जिल्ला एवम् प्रदेशका साधक साधिकाहरुलाई सँगीत साधना गराउने सौभाग्य प्राप्त गरेको छु । Tilak Pela

बिगत १५ वर्ष को दौरान तमाम शिष्य शिष्याहरुले यस श्रीकृष्ण गुरुकुल सँगीत पाठशालामा आएर साधना गरि आफ्नो साँगीतिक महायात्रामा बहुत राम्रो सँग आनन्दित भएर कर्म गरिरहेका छन् यी दृष्यहरु देख्न पाउँदा मलाई अति नै आनन्द को अनुभूति भैरहन्छ कि आफ्नो बगैंचामा हुर्किएका सुन्दर फूलहरुको सुगन्ध यसरी छरिएर प्रवाहित भैरहँदाको क्षण निकै नै शब्दातीत हुने गर्दछ ।

मलाई सँधै एउटा कुराले बहुत चिन्तित बनाई रहन्थ्यो र अहिले पनि बनाई नै रहन्छ त्यो के भने मेरो जन्मभूमि सुदूर पश्चिम भएको हुनाले मैले काठमाडौंमा आएर सँगीत सिक्दा निकै नै दुख भोगेको छु । सँगीत सिक्न भनि धेरै वटा गुरुजनहरुका ढोका ढोकामा आँसु झार्दै भौंतारिएका ती दिनहरु आज पनि मेरो आँखा अगाडी झल्झली आईरहन्छन् ।

बल्ल बल्ल ४ वर्ष पछि मैले मेरा परम पूज्यनीय गुरु धनबहादुर गोपाली ज्युलाई भेटेर उहाँको शिष्य बन्ने सौभाग्य प्राप्त गरें निकै लामो अन्तराल सम्म गोपाली गुरुजीको सानिध्यमा साधना गर्न पाउँदा मलाई बल्ल बल्ल आफु सुरक्षित भएको अनुभूति भयो त्यस पश्चात आदरणीय पार्वती जीको प्रयास एवम् सहयोग र मेरो भाग्यले मलाई बनारस घरानाका सँगीतज्ञ परम पूज्यनीय गुरु देवाशीश दे ज्यु को शिष्य बन्ने सौभाग्य प्राप्त भयो ।

म चाहन्थें कि हाम्रो सुदूर पश्चिममा धेरै राम्रो गला भएका गायक गायिकाहरु छन् सबैले शास्त्रीय सँगीत सिकेर मात्र साँगीतिक क्षेत्रमा कदम राखून र हाम्रो क्षेत्रका कलाकारहरु पनि राष्ट्रीय एवम् अन्तरराष्ट्रीय सँगीतमा पहिचान मात्र हैन एक दरिलो उदाहरण बन्न सकून तर मैले हाम्रो क्षेत्रका कलाकारहरुमा त्यस्तो धैर्यता एवम् सोच पलाएको देख्न पाईन ।

अहिले केही बर्ष यता भने सुदूर पश्चिमका केही साधकहरुले राम्रो मिहिनेत गरिराखेको देख्दा केही मात्रामा भए पनि हर्ष लागिरहेको छ । डोटिका हरिदत्त फुलारा भाई, महेन्द्रनगरका जय प्रकाश जोशी भाई, महेन्द्रनगर कै टेकेन्द्र नेपाली भाई , मेरा शिष्यहरु कमल बिष्ट, जीवन घर्तिमगर , प्रकाश रोक्का , आदि कलाकारहरुले अहिले शास्त्रिय सँगीतको साधना गरेर आफुलाई सँगीत समाजमा एउटा राम्रो साधकको रुपमा उभ्याउन सफल भएका छन ।

सबै साधक भाईहरुलाई मेरो असीम प्रेम एवम् शिष्य कमल बिष्टलाई द भ्वाईसको यो यात्रामा सफलता मिलोस् भनि मेरा अग्रज , गुरुजन् एवम् माता सरस्वती सँग सँधै प्रार्थना गरिरहने छु ।
प्रिय शिष्य कमललाई आशीर्वाद दिनुहोस ।

शास्त्रीय संगीतज्ञ एवं संगीत शिक्षक पेला Tika Pela Tika Pela को फेशबुक पेजबाट ।

6 0
100 %
Happy
0 %
Sad
0 %
Excited
0 %
Angry
0 %
Surprise

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close