दीर्घरोग लागेका नेताहरु राजीनामा देउः जरोकिलो पार्टी

Maulik Jarokilo Party
Read Time0Seconds

काठमाण्डौँः मौलिक जरोकिलो पार्टीले समसामयिक विषयमा आफ्नो धारणा सार्वजनिक गरेको छ ।

पार्टीका प्रवक्ता लिला बाँनीयाले जारी गरेको प्रेस विज्ञप्तिः

हालसालैका महत्वपूर्ण घटनाहरुमा मौलिक जरोकिलो पार्टीको गम्भीर ध्यानाकर्षण भई निम्नानुसार आधिकारिक धारणा सार्वजनिक गरिएको छ ।

१. राष्ट्रिय नागरिकता नीति नबनाई संसदबाट नागरिकता सम्बन्धी नयाँ कानुन बनाउनु गलत हो । राष्ट्रिय नागरिकता नीति बनाएर मात्र नागरिकता सम्बन्धी नयाँ कानुन बनाउन माग गर्दछौं ।

२. दक्षिणी छिमेकी देशका लाखौँ व्यक्तिहरू नागरिकता छानबिनमा असफल भएको परिस्थितिमा खुल्ला सीमानाको फाईदा उठाई नेपाल प्रवेश गर्न सक्ने सम्भावना रहेको भन्ने समाचारहरु आइरहेको सन्दर्भमा सीमा व्यवस्थापन र नियमन कडा बनाउन सरकारसँग माग गर्दछौं ।

साथै, दशकौंदेखि नागरिकका रुपमा अधिकार उपभोग गरीआएका नेपाली मूलका व्यक्तिहरू अनागरिक नबनाइयून् भनी उपयुक्त कूटनीतिक पहल गर्नको लागि नेपाल सरकारलाई आग्रह गर्दछौं ।

३. उत्तरी छिमेकी देशका नागरिकहरू नेपाल प्रवेश गरी बैंक एटिएम ह्याकिंग, लुटपाट, तस्करी र मानव बेचविखनमा संलग्न भएको समाचार मिडियामा बारम्बार आइरहेको सन्दर्भमा अध्यागमन मामिलालाई कडाइ गर्न र नेपालमा आएका विदेशी नागरिकलाई गृह प्रशासनको नियमित सुपरिवेक्षणमा राख्न माग गर्दछौं ।

४. देशका प्रमुख कार्यकारी लगायतका मुख्य जिम्मेवारीमा रहने व्यक्तिहरु बारम्बार बिरामी भइरहेको अवस्थामा देशको शासन प्रशासनमा गम्भीर नकारात्मक असर पर्ने देखिएको हुनाले दीर्घ एवं जटिल रोगबाट ग्रसित व्यक्तिहरुले आफ्नो पदबाट राजिनामा दिई आराम गर्नु उपयुक्त हुने मौलिक जरोकिलो पार्टीको ठहर छ ।

५. राष्ट्रिय जनावर गाई लगायतका प्राणीहरुको समुचित संरक्षणका लागि स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारका साथसाथै सामाजिक सांस्कृतिक एवं धार्मिक संस्थाहरूलाई समेत स्वक्रियात्मक अग्रसरता लिनको लागि अनुरोध गर्दछौं ।

नेपालगंज – सुर्खेत लगायतका स्थानहरुमा गोवंशका हत्या गर्ने अपराधीहरुलाई कडा सजायका लागि सरकारसँग जोडदार माग गर्दछौं ।

लीला बहादुर बानियाँ
प्रवक्ता

0 0
0 %
Happy
0 %
Sad
0 %
Excited
0 %
Angry
0 %
Surprise

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close
Shares