कविताः ‘शोकतन्त्र’

DN Savitu
Read Time0Seconds

कविः केशव पन्त

समानताको हक प्रदत्त गरिएको छ,
विशिष्ट आउँदा सडक ठप्प हुन्छ; कोहि गुड्न पाउने कोहि हिँड्नै नपाउने ?

वाक् स्वतन्त्रताको हक प्रदत्त गरिएको छ,
सार्वजनिक विषयमा चासो राख्दा धम्की आउँछ;
कोही बोल्नै नपाउने, कोही अनियमितता गर्ने ?

सुरक्षाको हक प्रदत्त गरिएको छ,
कोहिको पाशविक हत्या हुन्छ
कोहि बलात्कृत हुन्छन्
कसैले गोली खानुपर्ने, न्याय माग्दामाग्दै कसैले मृत्युवरण गर्नुपर्ने ?

कोहि गुजारा चलाउँ भन्छ,
लठ्ठी टेकेका हजुरबा मात्रै गाउँमा छन्;
उद्यमी ढोकामा चुकुल लगाउने,
युवा विदेशमा पसिना बगाउने ?

उहीँ माटोमा
उहीँ आकासमा
सुन्दर मनोकामनाका सारगर्वित मिथ्या मन्त्रहरु अलापेर
अण्डाबाट बच्चा निस्किने आशामा न्यानो बनाईराखेको गूँडभित्र बसेको भोको सर्पजस्तै भएको छ,
यो शोकतन्त्र ।

11 0
100 %
Happy
0 %
Sad
0 %
Excited
0 %
Angry
0 %
Surprise

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close
Shares