अब कुनै घरमा सरस्वती नजन्म तिमी फेरि
नत्र तिमी पनि निर्मला बन्ने छौ
जन्मे पनि काली बनी जन्म
दैत्यको शिर शिरीर अलग गर्न
अब विणा हैन
तरबार बोकेर जन्म

हैन पुस्तक कुनै
मस्तक चुड्न जन्म
अत्याचार अति भयो अब
भवानीको सिंह बनी जन्म
जन्मे पनि काली बनी जन्म
दैत्यको शिर शरीर अलग गर्न

छाउपडिमा लुकाइने अवला हैन
वीरङ्गना राजेन्द्र लक्ष्मी बनेर जन्म
हेपिदा हेपिने विचरी हैन
त्रिशूलधारी अर्धनारेश्वर बनेर जन्म
मोनोलिसा मात्रै भएर भएन
अब झासी कि रानी बनेर जन्म
जन्मे पनि काली बनेर जन्म

दैत्यको शिर शरीर अलग गर्न
पुरुषार्थको क्रुर साम्राज्य भत्काउन जन्म
कसैको पाउको जुति हैन
शिरको गजुर बनेर जन्म
दाइजोको हवनमा जलाइने चरु हैन
स्वयं कौरवकाल अग्निसुता बनेर जन्म”
हे नारी अब तिमी कसैको ओछ्यानको ताप हैन
धर्मनाम धरी पापी बिनाशी श्राप बनेर जन्म”
गर्भधरणे महान माता मात्रै भएर भएन

गर्व गर्ने छोरी बनेर जन्म”
रक्त हातमा दलि पुरातन भित्ता पोत्न जन्म
स्वस्थानीको अबोध गोमा त हुँदै हैन
शिवसङ्गै लड्न सक्ने दुर्गा बनी जन्म
अब यमको पशुपास बोकि जन्म

दुर्गा,भवानी, सिंह बनी जन्म
निर्मला जन्मे पनि काली बनी जन्म
दैत्यको शिर शरीर अलग गर्न…दुर्गा,भवानी, सिंह बनी जन्म

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here