काठमाण्डौँः काठमाण्डौँमा किशोरीहरुको अगुवाईमा ‘निर्मलाहरु बचाउ‘ समाजिक चेतनामुलक अभीयान सुरु भएको छ । चर्चित अभिनेत्री ऋचा शर्मा लगायतको सक्रयतामा अभीयान सुरु भएको हो । काठमाण्डौँ बाहिर दुर्गम क्षेत्रमा १५ दिने आवाशीय चेतनामुलक कार्यक्रम सञ्चालन गर्ने अभीयानमा संलग्न किशोरीहरुले बताएका छन् । Nirmalaharu Bachaau

अभिनेत्री रिचा शर्मा, अभियानकर्मी भावना राउत लगायत किशोरीहरुको प्रयाशमा बाल यौन दुराचार र यौनहिंसा विरुद्ध को अभियान सुरु गरेका छन् । यो अभीयान अन्तर्गत विद्यालय र उपत्यका बाहिरका वस्तिमा सचेतना कार्यक्रम सञ्चालन गर्ने अभीयानले बताएको छ ।

अभीयानको उद्देश्य बारे अभीयानकर्मी भावना राउतले हस्तलिखित सँग भनीन्, ‘बलात्कार लागायतका यौन हिंसा र दुराचार हुनै नदिन हाम्रो अभीयान काम गर्नेछ ।’ अभीयानका संलग्न किशोरीहरु विगतमा पनि यौनहिंसा विरुद्ध लगायतका समाजिक आन्दोलनमा संलग्न रहेका थिए ।

लगत्तै धुलिखेल र रक्सिराँग गाउँमा अभीयान सञ्चालन गर्न गइरहेको अभीयानकर्मीहरुको भनाई छ। हाल १४ जना किशोरीहरु अभीयानमा संलग्न छन्। अब निर्मला पन्त जस्ता बालिकाहरुले यौनहिंसाको शिकार हुन नपरोस भनेर स्वस्फुर्त अभीयान चलाइएको अभीयानकर्मीहरुको भनाई छ।

पछिल्लो समयमा देशभरी नै बाल यौन दुराचार र यौनहिंसा लगायत बलात्कार जस्ता जघन्य अपराधहरु बढ्दै गएको तर सरकारी संयन्त्र र गैरसरकारी प्रयासहरुले रोक्न सकेका छैनन । काठमाण्डौँमा थुप्रै सेमिनार र कार्यक्रम भएपनि ग्रामिण भेकमा कानूनी प्रावधान र थप चेतनामुलक प्रयास गर्ने उद्देश्य रहेको अभीयानको धारणा छ ।

Image may contain: 15 people, including Bhawana Raut, people smiling, people standing

Nirmalaharu Bachaau

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here