विवेकशीलको गण्डकी प्रदेश कार्यालय उद्घाटन

Bibeksheel Gandaki
Read Time2Seconds

पोखराः विवेकशील नेपाली दलको गण्डकी प्रदेश कार्यालय अमरसिंह चोक पोखरामा स्थापना भएको छ । Bibeksheel Nepali Gandaki

पार्टी पुनर्गठनको क्रममा सहजताका लागि प्रदेश राजधानी पोखरामै कार्यालय स्थापना गरिएको विवेकशीलकी गण्डकी प्रदेश अध्यक्ष सुमित्रा गुरुङले जानकारी दिनुभयो ।

अहिले सातै प्रदेश र प्रवासमा समेत प्रदेश समिति गठन गरिसकेको विवेकशील नेपाली दलले कार्तिक १ र २ गते जनकपुरमा आफ्नो राष्ट्रिय सम्मेलन गर्दैछ ।

‘राष्ट्रिय सम्मेलनसँगै मंसिरमा हुने भनिएको उपनिर्वाचनमा पनि भाग लिन तयारी गरिरहेका छौँ ‘ – केन्द्रिय सदस्य निर्देश सिलवालले भन्नुभयो ।

राष्ट्रिय सम्मेलनपछि जनकपुरबाट नयाँ उर्जा लिएर राष्ट्रिय राजनीतिमा प्रभावकारी हस्तक्षेप गर्नेगरि दलको विचार र संगठन स्थापित गर्न आफूहरु लागिरहेको विवेकशीललकी केन्द्रीय उपाध्यक्ष अजिता राईको भनाई छ ।

तत्कालिन साझा पार्टीसँगको एकिकरण रद्द गरेर पुनर्गठनमा लागेको विवेकशील नेपालीका प्रदेश नं ३ को प्रदेश सभामा मा दुई जना सांसद छन् ।

उज्वल थापाको नेतृत्वमा ६ वर्ष अघि गठन भएको विवेकशील नेपाली काठमाण्डौँ महानगरमा युवा उम्मेद्वार रञ्जु दर्शनालाई मेयरको उम्मेद्वार बनाएपछि चर्चामा आएको थियो । महानगरको चुनावमा विवेकशीलले एमाले र काँग्रेसपछि तेस्रो स्थानमा रहँदै २३ हजार बढी मत प्राप्त गरेको थियो ।

१७ महिने असफल सहकार्यपछि अहिले विवेकशील र साझा पार्टी छुट्टाछुट्टै अघि बढिरहेका छन् । विवेकशीलमा आवद्ध अधिकतम युवा छन भने काठमाण्डौँ र मुख्य शहरबाहिर खासै प्रभाव छोडेको देखिदैन ।

Image may contain: sky and outdoor

Bibeksheel Nepali Dal

3 0
50 %
Happy
0 %
Sad
50 %
Excited
0 %
Angry
0 %
Surprise

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close
Shares