‘बिन्ती छ, घर घरमा प्रेम संजेल पठाई दे…’

hastalkhit.news
Read Time0Seconds

गजलकारः प्रकाश क्षेत्री

छाड़ा भए पिचासहरु अंकुस लगाउने नेल पठाई दे
जगाउनु परो शिवजी, भाँग-धतुरो अनि बेल पठाई दे

बाको जीवन बित्यो मरुभूमिमा सपना साट्दा साट्दै
अझै कत्ती पालनेहो सरकार, कृपया एउटा मेल पठाई दे

यता सुक्का पैसा छैन सिटामल किन्न बा-आमालाइ
खुसी हुन्छन मलामी, आर्यघाट लैजाने रेल पठाई दे

अब छाड़ि सके बल्न चुलो, गरीबको झुपडीहरूमा
ए जनताका जननायक, छाक टार्न नुन-तेल पठाई दे

काण्डै काण्डले स्खलित हुन थाल्यो तिम्रो रास्ट्रबाद
म बिरोधी हूँ हान अश्रुगोला, र स्पेसल शेल पठाई दे

तैले नसकेको काम गर्दैछन सुन्तलीहरु यो देशमा
ब्वासांहरुलाइ जालझेल गर्ने, कुनै खेल पठाई दे

सरकार भई लाचार, हेर्दैछ बढ्दो भ्रस्टाचार
बिन्ती छ मात्र अब, घर घरमा प्रेम संजेल पठाई दे …

2 0
0 %
Happy
0 %
Sad
0 %
Excited
0 %
Angry
0 %
Surprise

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close