बनेपाः काभ्रेमा दश बौद्धिक प्रतियोगिता ‘क्लाशिक एकेडेमिक फेस्ट’ सुरु भएको छ ।

स्थानीय बाल सञ्जाल र नमुना युवा संसदका प्रधानमन्त्री सञ्जीव न्यौपानेको पहलमा माध्यमिक विद्यालय स्तरीय एकिकृत बौद्धिक प्रतियोगिता हुन लागेको हो। पनौति नगरपालिका, नमोबुद्ध नगरपालिकाको संयोजन तथा क्लाशिक ग्रुपको आयोजनामा कार्यक्रम सुरु भएको हो ।

स्थानीय क्लब तथा गैरसरकारी सँस्थाहरुको सहयोग समेतमा सुरु भएको कार्यक्रमा जिल्लाका ५० भन्दा बढी विद्यालयका १०० बन्दा बढी विद्यार्थी सहभागी छन् । 

२७ गते नमोबुद्ध नगरपालिका स्तरीय प्रतियोगिताहरु भकुण्डेबेसीको जनक माविमा सञ्चालन भएका थिए । हाजिरिजवाफ, हस्तलेखन, वक्तृत्व, संसदीय वहस, पोन्डरिङ, चित्रकला, कविता वाचन लगायतका प्रतियोगिता एकिकृत रुपमा सञ्चालन भएका थिए ।

हरेक विद्यालयका विदयार्थीले दशै विधामा प्रतिस्प्रधा गर्ने गर्दछन भने सर्वाधिक विधामा जित्ने विद्यालय उत्कृष्ट विद्यालय ठहरिनेछ । २८ गते पनौतिमा नगरस्तरीय प्रतियोगीता हुँदैछ भने २९ गते बाल दिवशका दिन सम्मान समारोह तथा अन्तिम प्रतियोगिता सम्पन्न हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here