लेखकः दीपक चन्द

भनिन्छ शिक्षा जीवन हो,ज्ञान र सिप भन्दा पबित्र केही हुदैन।शिक्षा नै यस्तो धन हो,अज्ञानता मेटाउछ र जती बाट्यो उती नै बढ्दै जान्छ।तर शिक्षा प्रतिस्पर्धात्मक खेल भने पट्क्कै हैन। यो अहीलेको युगमा आएर पाउँनु नै पर्ने आधारभूत आवस्यकता हो। जसलाई हाम्रो देशको संबिधानले पनी पुर्ण मान्यता दिएको छ।

जीवन कडा तपस्या र मेहनत बिना बाँच्न गाह्रो छ।जीवन सरल र सहज बनाउन शिक्षा र सीपको ठुलो भुमिका हुँन्छ। सीपबाट उत्पादन र उत्पादनबाट जीवन यापन सहज र सरल हुने कुरा सर्वविदितै छ,साथै शिक्षाबाट नैतीक, ब्यवहारिक ज्ञान तथा सामाजीक र राजनैतिक चेतनाको बिकास हुनेकुरा उत्तीकै महत्वपूर्ण छ।

हाम्रो देशको शिक्षा प्रणाली शिक्षण संस्थामा सिकेको घर आएर र घरमा सिकेको शिक्षण संस्थामा गएर बिर्सिने बाहेक अर्को छैन।डिग्री पास तर जीवन फेल।

उच्च र आधुनिक शिक्षा हासिल गर्न आय स्रोत छैन,आय स्रोतको निम्ती सिप चाहीन्छ सिप आधारभुत अध्ययनबाट र प्रयोगात्मक शिक्षा प्रणालीबाट प्राप्त हुन्छ भने, के यस्तो आधारभुत शिक्षा प्रणालीमा हामी छौ त?

आधारभुत तह तोकिएको मात्र छ, तर कुनै ब्याबहारीक ज्ञान छैन,ड्रिम प्रोजेक्ट सम्बन्धी दैनिक महत्वपूर्ण नयाँ नयाँ खोज र सिकाई सम्बन्धमा शिक्षा प्रणाली खुकुलो छ।

शिक्षाले समाज परिवर्तन हुन्छ भन्ने बढी सुनेका र कम मात्रामा देखेका छौ तर हाम्रो देश र समाजमा शिक्षाले तनाव र बिकृत ल्याउन बाध्य बनाएको भोगेका पनी छौ।

नेपालकै शिक्षाको आधुनिक युग यता लाखौ युवाहरुलाई डिग्री दिएर बिदेशमा मजदुरको जागिर खान बाध्य बनाउने शिक्षा प्रणाली कुन हो त?हरेक क्षेत्रमा व्यवहारिक अनी सिपमुलक शिक्षा प्रणाली नहुनुका कारण उत्पादन कम हुन्छ, उत्पादन कम हुँदा जीवन यापनमा प्रत्यक्ष रुपमा दुख,कष्ट,बाधा र तनाव हाम्रो नेपाली समाजमा देखिन्छ र बढ्दै गईरहेको छ।जसका कारण नै चरम रूपमा युवा शक्ति दिन दिनै बिदेशिन बाध्य भईरहेको छ।

हाम्रो शिक्षा प्रणालीमा बिकृतिका मुख्य कारण बिदेशी शिक्षा प्रणाली भित्र्याउनु,आफ्नै देशको आवस्यक्तालाई घ्यानमा राखी स्थानीय स्तरको शिक्षा प्रणाली बनाई लागु नगर्नु।शिक्षामा चरम राजनीतिकरण र कमजोर शिक्षा ब्यवस्थापन हुनु। सरकारले शिक्षामा तोकेको जती सबै बजेट सहज र पारदर्शी रुपमा खर्च नगर्नु।

वास्तविक हेर्ने हो भने हाम्रो देश र समाजलाई पढेर डिग्रीको घमन्ड गर्ने हैन पढेर घमण्ड हटाउने शिक्षा चाहिएको छ।कति ग्रेड र कति प्रतिशत अङ्क ल्याएर पास भयौ हैन, प्रयाप्त कला अनि शिप सिक्यौं र जीवनमा आवश्यकता अनुसार उपयोग गर्दैछौ भन्ने शिक्षा चाहिएको छ।

पद र प्रतिष्ठाको लालच र घमन्ड गर्ने शिक्षा हैन उच्च सेवाको प्रत्याभुती गराउने जनचेतना मुलक शिक्षा चाहिएको हो ।संस्कार, सभ्यता र सुधारात्मक अनुशासित अनी जीवन उपयोगी सकारात्मक शिक्षा चाहिएको हो न कि प्रतिस्पर्धात्मक नै।।

अन्तमा आगामी दिनमा युवाहरू जागरुक हुनु पर्दछ,सकारात्मक पाईला अगाडी बढाउनु पर्दछ जस्ले मात्र शिक्षा क्षेत्रमा व्यावहारिक र सिपमुलक ज्ञान बारे उच्च पहल गर्न अनी ईमान्दारी पुर्वक अग्रसर हुनेमा पुर्ण बिस्वास छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here