subash bhandari
सुवास भण्डारी

यो जिब्रो पनि अजिबको छ । हरपल केही मिठो, नौलो स्वाद खोजिरहन्छ । दाल, भात, तरकारीको छेउमै भएको पोलेको गोलभेडाको चट्नीसँग रमाउने मेरो जिब्रो आजभोलि नयाँ नयाँ खानाको परिकारमा मन डुलाउछ । प्याट्ट जिब्रो पड्काउनु को पनि मज्जा बेग्लै छ । सायद यो जिब्रोले सन्तृष्टि व्यक्त गरेको हुनुपर्छ । आजभोलि जिब्रो पड्किन पनि घरेलु भन्दा बजारी स्वाद पर्नेु पर्छ , रेष्टुरेन्टका नयाँ नयाँ स्वादलाई जब जिब्रोले स्पर्श गर्दछ तब जिब्रोदेखि दिमागसँग जोडिएका स्नायुले निकै फुर्तिका साथ काम गर्दे आफनो प्रतिक्रिया जनाउछन् ।

समय अनुसार जिब्रो निकै चलमलाउछ, बजारमा जे चल्छ, जे नयाँ पाक्छ उसैलाई चाहिन्छ् । प्रसङ्ग दुई दिन अघिको मात्र हो, पिरो चाउचाउ खाने कुरा सल्लाह प्रशस्त पिरो चाउचाउको स्वादमा कानबाट धुवाँ निस्कने योजना बनाइयो । सधै वाइवाइमा रमाउने त्यस दिन रातो रातो खुर्सानीले सजिएको बिदेशी ब्रान्डको (Volcano Chicken Noodles)चाउचाउले ध्यान केन्द्रित ग¥यो । पैसा र गुणस्तरको सम्बन्ध हो कि जस्तो लाग्यो जब त्यस चाउचाउको मुल्य अन्यको भन्दा ६,७ गुणा बढि थियो ।

सामाजिक सञ्जालमा बेला बेलामा पिरो पिरो स्वादमा खिचिएका भिडियोहरु हेरिरहेका हामी पनि पुरा तयारीमा जुटीयो भिडियो खिच्नलाई । चाउचाउ खानु कुनै ठुलो कुरा नभएतापनि साथीसँगको भेट र केही नौलो स्वादको आशामा थियौ । चाउचाउ पानीमा उम्लदै गर्दा आखाँ चाउचाउको खोलमा गयो, के कति क्यालोरी पाईन्छ, कहाँ बनेको यवात कुराहरु हेरदै जादाँ अचानक एक स्थानमा आँखा रोकियो जहाँ लेखिएको थियो ( Artificial Beef and Chicken Flavaour) । त्यस कुरालाई करिब तिनपटक पढे पछि साथीहरुलाई पनि देखाए । कुत्रिमै भएपनि के गाईको स्वाद लिने होइन । मेरो देशको राष्टिय जनवार, जसलाई काट्न मार्न कानुनत पाइदैन, उक्त गाईको स्वाद मेरो जतिनै चटपटे भए पनि जिब्रोले मानेन् तर लाग्यो यो स्वाद त स साना किराना पसल देखि ठुला ठुला सुपर मार्केटमा पुगिसकेको छ ।

आजसम्मको दिनमा आईपुग्दा कयौले लिईसकेहोला गाईको स्वाद । चाउचाउ निर्यात गर्दा यि कुराहरुमा सम्बन्धित पक्षले ध्यान दिनु पर्ने हो कि नाई ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here