झोछें महोत्सव सम्पन्नः राष्ट्रिय पहिचानको संरक्षण गर्न सांसदहरु एकमत

Jhonche Mahotsab
Read Time2Seconds

काठमाण्डौँः इन्द्र जात्राको अवशरमा काठमाण्डौँको झोछेंमा दुई दिने महोत्सव समापन भएको छ । Jhonche Mahotsab

वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न समापन समारोहमा स्थानीय पुचः तथा खलः हरुले साँस्कृतिक समुहहरुले मौलिक संगीत एवं मंगलधुनहरु प्रस्तुत गरेका थिए।

झोछें सामुदायिक समाज तथा लकस: म्हालासाला पुचः को आयोजनामा भएको “झोछें महोत्सव” मा मन्तव्य राख्दै प्रतिनीधि सभा सदस्य जीवनराम श्रेष्ठ र प्रदेश सभा सदस्य विराजभक्त श्रेष्ठले राष्ट्रिय पहिचानको रुपमा स्थापित नेवाः सँस्कृतिको रक्षा गर्न आफूहरु एकमत भएर लाग्ने बताउनुभयो ।

कार्यक्रममा समाजवादी पार्टीका नेता पवित्र वज्राचार्य, सम्पदा अभीयानकर्मी गणपतिलाल श्रेष्ठ लगायतको मन्तव्य रहेको थियो । दुई दिने झोछें महोत्सवमा साँस्कृतिक झाँकीहरुको प्रस्तुति दिइएको थियो ।

राष्ट्रिय अस्तित्व बचाउन सँस्कृति मुल आधारः विराजभक्त श्रेष्ठ

प्रदेश नं ३ को प्रदेश सभाका सदस्य एवं विवेकशील नेपाली दलका नेता विराजभक्त श्रेष्ठले कार्यक्रममा बोल्दै राष्ट्रिय अस्तित्वमाथी विभिन्न शक्तिहरुबाट बेलाबेला संकट आउन सक्ने भन्दै सँस्कृतिले मात्रै राष्ट्रिय अस्तित्व बचाउन भूमीका खेल्न सक्ने बताउनुभएको छ । Jhonche Mahotsab

मन्तव्यका क्रममा श्रेष्ठले भर्खरै समुदायविरोधी गुठी विधेयकको जनताले प्रतिरोध गरेको भन्दै गुठीबाट सञ्चालित राष्ट्रिय सम्पदाहरुको करमात्र उठाएर सरकारले बेइमानी गरिरहेको पनि बताउनुभयो ।

‘पश्चिमा देशहरु मकै र आलुका लागि लडिरहेका बेला हाम्रा पुर्खाहरुले पशुपतिमा सुनको छानो हाल्थे, पर्यटकका लागि पाठीपौवा बनाउथे तर आजभोली विभिन्न शक्तिहरु नेपालीहरुलाई जातीय र धार्मिक विखण्डनतर्फ धकेलिरेका छन् ।’ सांसद श्रेष्ठले भन्नुभयो, ‘इन्द्रजात्रा नेवारको मात्र हैन, नेपालका कुनै पनि सँस्कृति राष्ट्रिय पहिचानका शुत्र हुन् ।’

हनुमानढोकाबाट वर्षेनी १७ करोडभन्दा बढी आम्दानी सरकारले गरेको तर उक्त सम्पदा र स्थानीयको हितका लागि थोरै अंश पनि खर्च नभएको भन्दै बक्ताहरुले आक्रोस पोखेका थिए ।

देशमा संघीयता आइसकेको, स्थानीय र प्रदेश सरकारहरु कार्ययरत रहेकोमा स्थानीय सम्पदा संरक्षण र सञ्चालनको जीम्मा समुदाय र स्थानीय सरकारलाई दिनुपर्ने माग सांसद श्रेष्ठ लगायतका वक्ताहरुले राखेका थिए ।

2 0
67 %
Happy
0 %
Sad
0 %
Excited
0 %
Angry
33 %
Surprise

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close