काठमाण्डौँः ‘सुबोध सर रजिष्ट्रार हुने कुरा छ ।’ – काठमाण्डौँ विश्वविद्यालय छेउ एक हुल विद्यार्थीहरु समाचारको प्रतिक्षामा थिए । प्रत्यक्ष चिनजान नभएपनि प्रा. डा. सुबोध शर्मा Subodh Sharma व्यक्तित्व र प्राज्ञिकताबाट आकर्षित विद्यार्थीहरु खुशी भए डा शर्माको रजिष्ट्रार नियुक्तिबाट ।

अहिले पनि प्रमुख विश्वविद्यालय नेतृत्वविहिन छन् । नेतृत्व छान्ने नीकट विगतको अनुभव राम्रो पनि छैन । राजनीतिक दल आवद्ध अयोग्य र विवादितहरु मात्र विश्वविद्यालयमा पदाधिकारी भर्ना भइरहँदा तुलनात्मक स्वच्छता र विज्ञता भएका डा शर्मा जस्तै पदाधीकारी नियुक्त होउन भन्ने विद्यार्थीको कामना हुने नै भयो ।

विश्वविद्यालयको रजिष्ट्रारमात्र हैन डा शर्माको फरक परिचय पनि छ । उनले पानी र जलश्रोतसम्बन्धी अध्ययन र प्राप्त विज्ञताले उनलाई फल शिराबाट परिचित छन् विद्यार्थी वृत्त बाहिर पनि । पानीका श्रोत संरक्षण र पानी सम्बन्धी धेरै उनका अनुसन्धानपत्र हरु संग्रहणीय छन् । भर्खरै मदन भण्डारी फाउण्डेनबाट समेत सम्मानित शर्माका सोधपत्रहरु विभिन्न मञ्चमा सम्मानित भएका छन् ।

गुल्मीको अमरअर्वाथोक गाँउदेखि देशकै प्रतिष्ठित काठमाण्डौँ विश्वविद्यालयको नेतृत्वसम्म पुगेका शर्माको सरल व्यक्तित्व र प्राज्ञिक विज्ञताबाट विश्वविद्यालयका हरेक विद्यार्थी प्रभावित छन् ।

काठमाण्डौँ विश्वविद्यालयमा जलीय पर्यावरण केन्द्रको सँस्थापक शर्मा पानीको गुणस्तर, जलीय जैविक विविधतासम्बन्धी अध्ययन अनुसन्धानमा व्यस्त हुन्छन् । नेपाल जस्तो जलश्रोतमा धनि तर जल उपयोगको गुरुयोजना नभएको ठाँउमा कसरी उत्कृष्ट जलयउपयोग हुन सक्छ भनेर चिन्तनशील मात्र हैन सकृय कृयाशील पनि छन् ।

नेपालमा उत्पन्न हुने जलसमस्या नेपालको मात्र हैन छिमेकीको पनि समस्या हो भन्ने धारणा राख्ने डा शर्मा विश्वका विभिन्न मुलुकमा अध्ययन भ्रमण गरिसकेका छन् ।

‘डा शर्मा जत्तिकै क्षमता र सरलताको नेतृत्व विश्वविद्यालयहरुले पाए त गजबनै हुने थियो’ काठमाण्डौँ विश्वविद्यालयमा अध्ययनरथ एक विद्यार्थी भन्छन । कसरी सही नेतृत्व छनौट गर्ने र कसरी सही नेतृत्वले सही काम गर्छ भनेर विद्यार्थीहरुले पनि अनुकरणीय उदाहरण बनेका छन् शर्मा ।

Image may contain: 2 people, including Subodh Sharma, people sitting, table and indoor

Subodh Sharma

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here