काठमाण्डौँः स्मार्ट ल इन्क्यूबेटरले चौथो संविधान दिवसको अवसर तथा स्वर्गीय पूर्वप्रधान न्यायधीश केदारप्राद गिरीको स्मरणमा अनलाईन कानूनी सेवा ‘मेरो अड्डा‘ लोकार्पण गरिएको छ । सूचना प्रबिधि युक्त न्यायपालिकाको अवधारणालाइ गतिशीलता दिनुहुने स्वर्गीय प्रधान न्यायधिश गिरीको सम्झनामा “MeroAdda.com” सार्वजनिक भएको हो ।

न्यायपालिकाको पञ्च बर्षिय रणनीतिक योजना मध्यावधि मुल्यान्कन गर्दै तत्कालिन प्रधानन्याधीश गिरीले ई-अदालत प्रणाली, अटोमेसन, इलेक्ट्रोनिक कज लिस्ट, अनलाइन मुद्दा स्थिति, फैसला/ आदेश सफ्टवेयर सुचिकरण, अदालत-राष्ट्रिय न्यायिक प्रतिष्ठान-नेपाल बार फाइबर-ऑप्टिक कनेक्टिविटी, डिजिटल अदालत, कानुनी सूचना केन्द्र, इलेक्ट्रोनिक निवेदन आदेश प्रक्रिया, पारदर्शी अनलाइन कज लिस्ट, व्यक्तिगत सूचना प्रणाली, ई-दर्ता चालनी, अदालत शुल्क सफ्टवेयर, ई-टिप्पणि, सर्वोच्च अदालत ई-पुस्तकालय र मिसिल सफ्टवेयर मार्फत डिजिटल न्यायपालिका अघि बढाएका थिए ।

‘संविधानको धारा २० न्यायको मौलिक अधिकार अन्तर्गत उप धारा (२) ले अभियुक्तलाई रोजाइको कानून व्यवसायीसँग परामर्श लिन पाउने अधिकारको ग्यारेन्टी गर्छ’ मेरो अड्डाका एक जना सञ्चालक तथा स्वर्गीय गिरीका पुत्र सन्तोष गिरीले भने, ‘ मानव अधिकार, मौलिक अधिकारको संरक्षण र कानूनको शासनलाई संघीय, प्रदेश र स्थानीय प्रशासनको कर्तव्य बनाएको छ। संविधान प्रद्दत कानुनी प्रतिनिधित्वको अधिकार नागरिकलाई सुनिश्चित गर्नका लागि नि:शुल्क मेरो meroadda.com सार्वजनिक गरिएको हो ।’

के के सेवा छन ‘ meroadda.com‘ मा ?

meroAdda.com मा कानून व्यवसायी र पक्षबीच सुरक्षित र गोप्य प्रश्नोत्तर, कानूनी व्यवसायीको विशेषज्ञता, उत्कृष्टता र सुसुचित पक्षको आधारमा सहज कानुनी प्रतिनिधित्व अनुबन्धन निर्णय; कानूनी व्यवसायीको विशेषज्ञता समीक्षा र कानून सम्बन्धि महत्वपुर्ण जानकारी लिन सकिन्छ ।

स्मार्ट ल कानुन इन्क्यूबेटर (सिलिकनहायर प्रा.लि.को कानूनी प्रबिधि विभाग) द्वारा विकसित, मेरो अड्डा कानून व्यवसायीको प्रत्यक्ष पहुँच प्रदान गरी नागरिकलाई सशक्त बनाँउछ, कानूनी जागरूकता बढाउछ, न्यायको पहुँचलाई सुदृढ पार्न कानुनी स्रोतहरु प्रदान गर्छ, कानूनी परामर्शको अधिकार सुनिश्चित गर्दछ र छिटो छरितो न्याय र कानूनको शासनलाई प्रोत्साहित गर्दछ।

बिश्वब्यापि कानून व्यवसायलाइ क्रमश समेट्न सकिने अवधारणा सहित नेपाल मै यो प्रबिधि बिकसित गरिएको मेरो अड्डाका सञ्चालक मध्ये एक आलोक सुवेदीले जानकारी दिए ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here