विवेकशीलमा चुनावी प्रकृया सुरुः अध्यक्षमा पाण्डे र थापाको दावी

Read Time1Second

काठमाण्डौँः कार्तिक १ र २ गते जनपुरमा हुने राष्ट्रिय सम्मेलनका लागि चुनावी प्रकृया सुरु भएको छ । मुख्य पदहरुमा उम्मेद्वारी समेत टुंगिएको पार्टीको निर्वाचन आयोगले जानकारी दिएको छ ।

अध्यक्षमा मिलन पाण्डे र शिव थापा

पार्टी पुनर्गठन पछि पहिलो सम्मेलनका लागि छ जना संघीय पदाधीकारी र २८ संघीय पदाधीकारीका लागि प्रत्यक्ष मतदान हुँदैछ । वर्तमान अध्यक्ष उज्वल थापाले नयाँ पुस्ताका लागि आफूले पद हस्तान्तरण गर्ने घोषणा गरेपछि कार्यकारी अध्यक्ष पदका लागि पार्टी प्रवक्ता मिलन पाण्डे र प्रदेश ५ का संयोजक शिव थापा प्रतिस्प्रधा गर्ने पक्का भएको छ।

उम्मेद्वार पाण्डे विवेकशील भित्र सबै भन्दा सक्रिय नेताको छवि बनाउन सफल देखिन्छन । काठमाण्डौँमा संगठन विस्तार, रञ्जु दर्शनाको चुनावका बेला सञ्चार सल्लाहकार, साझा पार्टीसँग एकिकरण हुँदा पनि विवेकशीलका तर्फबाट सबै भन्दा सकृय, तथा राष्ट्रिय दैनिकहरुमा नियमित स्तम्भ लेखनमा सकृय पाण्डेको पार्टीभित्र प्रदेश नं ३, प्रवास समिति, प्रदेश नं १, प्रदेश नं २ र प्रदेश नं ४ मा मुख्य पकड छ ।

अर्का उम्मेद्वार शिव थापा भर्खरै मात्र पार्टीमा सकृय भएका हुन तर प्रदेश नं ५ का संयोजक उनको प्रदेश ५, ६ र ७ मा राम्रो पकड छ । साँस्कृतिक व्यक्तित्वका मृदुभाषि थापाले अध्यक्षमा वर्तमान प्रवक्ता पाण्डेसँग प्रतिस्प्रधा गर्नेछन् ।

उपाध्यक्षमा निर्विरोध, ‘महासचिवमा तिव्र प्रतिस्प्रधा’

अध्यक्षमा मिलन पाण्डेको धेरै सम्भावना रहेको आँकलन भैरहेका बेला उपाध्यक्षमा अजीता राई निर्विरोध भइसकेकी छिन । वर्तमान उपाध्यक्ष राईको मात्रै उम्मेद्वारी परेपछि उनी निर्विरोध हुने पक्का छ ।

महासचीवका लागि निर्देश शिलवाल र कर्मा लामा तामांग बीच कडा प्रतिस्प्रधा हुने ठानीएको छ । त्रिभुवन विश्वविद्यालयबाट राजनीतिमा स्नातकोत्तर ‘गोल्ड मेडलिस्ट’ निर्देश पछिल्लो लमजुङबाट प्रतिनीधिभा उम्मेद्वार थिए । अर्की प्रतिस्प्रधि कर्मा भर्खरै मात्र जर्मनीबाट नेपाल फर्केकी हुन् । तामांगलाई पार्टीका पुराना केही नेताको साथ छ भने अर्का उम्मेद्वार शिलवाललाई नयाँ पिँढीको साथ छ ।

दुइ जना सचिव र एक कोषाध्यक्षका लागि दुई-दुई जनाले उम्मेद्वारी दिएका छन् ।

3 0
67 %
Happy
0 %
Sad
33 %
Excited
0 %
Angry
0 %
Surprise

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close