कालापानी लगायतका सीमा सम्या समाधान गर्न नेपालका वर्तमान र विगतका सरकारले केही नगरेको हैन ! तर अब अर्थपूर्ण प्रयाश गर्नुपर्नुपर्छ । कुटनीतिक पहल थप तिब्र र सचेत गतिमा लगेर सरकारले सीमा सम्या समाधान गर्नुपर्छ । हामीले सरकारलाई सचेत र सहयोग गर्नुपर्छ ।
१. कालापानीबारे थप:
नौ वामदलले कालापानी सम्बन्धमा गरेको आन्दोलनमाथि तत्कालीन क्याबिनेटमा छलफल हुँदा २०५६/५७ सालमा मन्त्रीपरिषद कार्यालयका सहसचिव अर्जुनमणि दीक्षितले नेपाल सरकारले भारत समक्ष राख्ने अडान भनी संसद्को प्रत्यायोजन समितिलाई यस्तो लिखित जानकारी गराउनु भएको रहेछ:
२. सुगौली सन्धीपछि कायम गरिएको पश्चिमी सिमाना महाकाली नदी भएकाले, सन् १८५६ मा छापिएको ब्रिटिश भारतको (पहिलो) पूर्ण नक्शामा कालापानी नेपालमै पर्ने भनी प्रष्ट भएकाले, नेपाल र तत्कालीन ब्रिटिश-भारतबीच भएका लिखित आदानप्रदान समेतका आधारमा कालापानी नेपालकै भएकाले सोही अनुसार गरिने !
३. माधव नेपाल प्रधानमन्त्री भएका बेला सुस्ता र कालापानी छोडेर बाँकी सीमा नक्शामा हस्ताक्षर गर्न भारतले दिएको दवावलाई अस्वीकार गर्दै कालापानी नेपालको भएको थप प्रमाण जुटाउन समिति गठन गरिएको थियो !
४. लिपुलेकमा भारत र चीनबीच अनपेक्षित समझदारी भएपछि त्यसको विरोध गर्न र कालापानी नेपालकै भएको दावी दोहोर्याउन तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले अर्थमन्त्री रामशरण महत लाई भारत पठाउनुभएको थियो ! त्यहाँ महतले मोदी समक्ष प्रष्ट अडान राख्नुभएको हो !
५. देशको सिमानाको रक्षा गर्ने विषयमा राजनीति नगरौँ ! २०५६ साल यताका प्रधानमन्त्रीहरु किसुनजी, माधव नेपाल, सुशील कोइराला र केपी ओली नेतृत्वका सरकारले नेपालको पक्षमा अडान राखेको देखिन्छ ! अघिल्लो ओली सरकारले सूर्यनाथ उपाध्याय समितिको सिफारिश अनुसार नेपालको पोजिशन प्रष्ट पारेको छ !
६. अनेक राष्ट्रिय अडान र सफलताका बाबजुद राजा महेन्द्र एउटा कालापानीमा चुकेका थिए ! भारतको राजनीतिक साथ चाहिएकाले यो दुर्गम र थोरै बसोवास भएको रणनीतिक भूगोलउपर महेन्द्रले आँखा चिम्लिदिए ! इतिहासको विरासतमा प्राप्त यो समस्या तत्काल समाधान हुँदैन ! निरन्तर कूटनीतिक प्रयास जरुरी !
७. राजनीतिक दाउपेचमा देशको सिमानालाई राखिदिने कुरा बिल्कुलै गलत हो ! यति संवेदनशील विषय नबुझ्ने देश र जनताले दुख पाउने निश्चित छ !
आज नेपाल सरकारले कालापानी नेपालको हो भन्ने आफ्नो पोजिशन फेरि प्रष्ट पारेको छ ! नेपाली भावना यहि हो !
ट्विटरमा टिका दहालबाट… !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here