छिमेकी राष्ट्र भारतले सार्वजनिक गरेको नक्सामा लिम्पिया धुरा, लिपुलेक, कालापानी लगायतका नेपालका विभिन्न भुभाग आफ्नोमा पारेको अवस्थामा प्रगतिशील लेखक सङ्घ नेपाल शाखा कञ्चनपुरद्वारा खबरदारीका लागि भीमदत्त नगरपालिका स्थित मदनचोकमा आज २९ गते शुक्रबार तिन बजेदेखि सीमा अतिक्रमण बिरुद्ध साहित्यिक कार्यक्रम सञ्चालन गरिएको छ । कञ्चनपुर तथा कैलालीका विभिन्न स्रष्टाहरु एवम् स्थानीयहरुको सहभागितामा सञ्चालित कार्यक्रम प्रलेस कञ्चनपुरका अध्यक्ष रमेश पन्त ‘मीतबन्धु’को अध्यक्षतामा सम्पन्न भएको छ । उक्त कार्यक्रममा सुदूरपश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष एवम् मदन पुरस्कार विजेता साहित्यकार रामलालजोशी, महासचिव हरिकृष्ण कडायत, पूर्वप्राज्ञ यज्ञराज उपाध्याय, महाकाली साहित्य संगमका अध्यक्ष हरिशप्रसादजोशी, वरिष्ठ साहित्यकार पञ्चमराज भट्ट, प्रलेस सुदूरपश्चिम प्रदेश सचिवालय सदस्य जगदीश ओझा, सदस्य कविराज भट्ट, सिद्धनारायण आचार्य, प्रतिभा भट्ट, इन्दु धामी, चिना नेपाली, देउडा गायक जनकराज भट्ट, प्रेमप्रसाद कलौनी लगायतका दुई दर्जन स्रष्टाहरुले रचना वाचन गरेका थिए । प्रलेस कञ्चपुरका सचिव धर्मानन्द भट्टले सञ्चालन गरेको कार्यक्रममा सबैजसो स्रष्टाहरुले भारतले विस्तारवादी चरित्र देखाएको तथा आफ्नो सीमा फिर्ता ल्याउनका लागि नेपाल सरकारले मुटु दरो बनाएर खुट्टान कमाई कुटनैतिक, राजनैतिक जे–जे पहल गर्नुपर्ने हो सो गरेर नेपालको इतिहास स्वर्ण अक्षरले लेख्न आग्रह गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here