अहिले चर्चाको केन्द्रमा छ कास्कीको निर्वाचन क्षेत्र नंबर दुई । उपनिर्वाचनमा एकमात्र प्रतिनिधि सभा क्षेत्र भएकाले पनि सबैको नजर कास्की तर्फ छ । त्यसमा पनि मुख्य दलहरुबाट चर्चायोग्य अनुहारहरु प्रतिस्प्रधामा छन् । काँग्रेसबाट वयोवृद्ध उम्मेद्वार खेमराज पौड्याल तुलनात्मक रुपमा इमान्दार र लामो योगदान भएका सम्भावित उम्मेद्वारको रुपमा हेरिएका छन् तर काँग्रेस इतरका मतदाता खासै पौडेलप्रति आकर्षित छैनन् । युवाहरुको आकर्षण पाएका साझाकी रजनी केसी, नेकपाकी विद्या भट्टराई र विवेकशीलकी Jamuna Sharma प्रतिष्प्रधामा नजिक छिन् ।

यस्तै सत्तारुढ नेकपाबाट स्वर्गीय मन्त्री एवं तत्कालिन सांसद रवीन्द्र अधिकारीकै पत्नि विद्याभट्टराईलाई टिकेट दिएपछि बाहिर राम्रै चर्चा भएको छ तर पुराना वामपन्थी मतदाता कम्युनिष्ट पार्टीले कार्यकर्ताको योगदान भन्दा जित्ने उम्मेद्वारलाई प्रार्थमिकतामा राखेकोमा रुष्ट छन् । 

मुख्य दुई दलपछि चर्चाको केन्द्रमा छन् वैकल्पिक राजनीति गर्ने भन्दै छुट्टाछट्टै मतपरीक्षण गरिरहेका विवेकशील नेपाली दल र साझा पार्टी । तत्कालिन रुपमा विवेकशील साझा पार्टी कास्की २ मा तेस्रो स्थानमा थियो । एमालेका रवीन्द्र अधिकारी विजेता, काँग्रेसका उम्मेद्वार द्वीतीय तथा विवेकशील पार्टी तेस्रो ठूलो दल भएपनि अहिले विवेकशील साझाको एक हिस्सा छुट्टिएर छुट्टै उम्मेद्वार खडा गरेका छन् ।

काँग्रेसकी नेतृलाई साझा पार्टीले भित्र्याएसँगै काँग्रेसकै केही अशन्तुष्ट कार्यकर्ता साझासँग भएपनि काँग्रेसले समेत तुलनातामक रुपमा इमान्दार उम्मेद्वार उठाएपछि अलमलमा परेका छन् । त्यसैले त एक जना मतदाताले फेशबुकमा लेखेका छन्, ‘योगदानको कदर गर्ने भए खेमराज पोड्याल र योगदान बाहेकका सबै गुणले सम्पन्न उम्मेद्वार विवेकशीलकै जमुना शर्मा हुन् ।’

पोखरेली नागरिकहरु विकाश प्रेमी छवि भएका रवीन्द्र अधिकारीप्रति सकारात्मक भएपनि उनको दुःखद स्वर्गारहणपछि कम्युनिष्ट पार्टीले श्रीमतीलाई ‘स्वतः टिकेट दिने’ परिवारवाद को सँस्कारलाई वामपन्थी मतदाता रुष्ट छन् ।

Image may contain: 9 people, people smiling, people standing

विवेकशीलकी जमुना भने अली फरक धारणा राख्छिन, ‘विद्या भट्टराई रवीन्द्रजी या कसैभन्दा कम सक्षम हैन तर के उहाँको दलले श्रीमान्को देहान्त नभइ उहाँको योगदानलाई हेरेर टिकेट दिन्थ्यो त ? हो महिलालाई यसरी संसदमा सिट बढाउन मात्र साधन सम्झिनु महिलाको स्वतन्त्र अस्तित्वलाई अविश्वास गरेको हो । यो महिलालाई मात्र हैन पोखरेली मतदाता र कम्युनिष्टकै कार्यकर्तालाई पनि धोका हो ।’

‘चुनावको मुखैमा काँग्रेसकी नेतृलाई टिकेट दिएर वैकल्पिक राजनीतिका पक्षपोषक नयाँ पुस्तालाई धोका दिएको’ भन्दै पुराना मतदाता सबैले विवेकशीलकी उम्मेद्वारलाई नै सघाउने बताएपछि साझाले पुराना दलप्रति सहयोगको याचना गर्दै आएको छ । काँग्रेसकै नेतृलाई टिकेट दिने र काँग्रेससँगै साँठगाँठको प्रस्ताव गरेर ‘अवशरवाद’ प्रदर्शन गरेकाले रवीन्द्र मिश्रको छविप्रति आकर्शित मतदाताले पनि पहिलो गासमै ढुंगा परेको तितो अनुभुति गरेका छन् ।

यसर्थमा नयाँ पुस्ताका वैकल्पिक राजनीति समर्थक जमात र रुष्ट वामपन्थी मत विवेकशील नेपालीको ‘गुलाफको फूलमा’ जाने देखिएको छ । विवेकशीलका समर्थकहरुले स्वस्फूर्त नारा नै बनाएका छन्, ‘नक्कलीदेखि सावधान, गुलाफको फूलमा मतदान’ ।

उसो त कास्की-२ का तत्कालिन विवेकशील साझाका उम्मेद्वार श्रीकृष्ण श्रेष्ठ स्वयं जमुना शर्माकै मुख्य प्रचारक भएर खटिएका छन् । कास्की- ३ का तत्कालिन उम्मेद्वार मिलन अधिकारी पनि जमुनासँगै गुलाफमा भोट मागिरहेका छन् । तत्कालिन विवेकशील साझाका सबै मतदाता विवेकशीलसँगै उभीएका छन् । ‘हामी तेस्रो पार्टी त पहिले नै थियौँ । हामी नागरिकहरुसँग इमान्दारीपूर्वक मत माग्छौ र जित्छौँ’, विवेकशीलकी उम्मेद्वार जमुना शर्माको विश्वास छ ।

तत्कालिन नयाँशक्ति पार्टी मधेशवादी दलसँग मिसिएपछि रुष्ट भएका वैकल्पिक राजनीतिका समर्थक कार्यकर्ता पनि चुनावको मुखमा विवेकशीलकै उम्मेद्वारलाई समर्थन गर्ने मुडमा छन् । यसरी वैकल्पिक राजनीतिको आशा राखेका युवा र ठूला दलप्रति अशन्तुष्ट मतदातासम्म इमान्दार भएर पुग्न सके विवेकशीलकी जमुना शर्माले समातेको ‘गुलाफको फूल’ले चमत्कार गर्ने सम्भावना नकार्न सकिँदैन । Jamuna Sharma

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here