घोराहीः युवावयमा राजनीति गर्ने हरेक युवालाई सोध्यौँ, ‘राजनीतिमा के बन्ने सपना छ?’ भन्ने पक्कै जवाफ आउला मन्त्री या प्रधानमन्त्री । थोरै हुन्छन जो चेतनाले युवावस्थामै राजनीतिमा जान्छन र सम्हालिएर अघि बढ्छन । अहिले घोराही उपमानगरपालिका वडा नं १६ मा उपचुनावको चटारो छ। वडाध्यक्ष पदका लागि ठूला दलका ठूलै नेता आफ्ना उम्मेद्वारलाई जिताउन लागिपरेका छन् । परम्परागत राजनीतिको स्थापित जस्तै कथन छ, ‘साम, दाम, दण्ड, भेद’ सबै प्रयोग भइरहेका छन् । तर यी सबै भन्दा पर एक युवा उम्मेद्वार छन जो परम्परागत राजनीतिको विदाई र वैकल्पिक सुसँस्कृत राजनीति आफ्नै वडाबाट सुरु गर्न खोज्दैछन । स्वतन्त्र उम्मेद्वार समीर वली Sameer Oli चर्चा र आशाको केन्द्र भएका छन् ।

Image may contain: 18 people, including Sameer Oli, people smiling, people standing, crowd and outdoor
स्थानीय महिलाहरुसँग मत माग्दै रमाइरहेका वडाध्यक्ष उम्मेद्वार समीर ।

नामः समीर वली । चुनाव चिन्हः चिल । उम्मेद्वारः वडाध्यक्ष(स्वतन्त्र) । उमेरः २४ वर्ष । पेशाः उद्यमी । यही हो समीरको सामान्य परिचय । तर उनको वडाध्यक्ष उम्मेद्वारीले असामान्य तरंग ल्याइदिएको छ घोराहीको उपनिर्वाचनमा । समीर ओली भन्छन, ‘यथास्थितीको निराशा चिर्न सामान्य मानिसले मात्र सक्छन । तर हरेक सामान्य मानिसमा असामान्य साहस र इमान्दारी चाहिन्छ ।’ उनले ‘चिल’मा भोट माग्दै वडावासीलाई भन्ने पनि गरेका छन् । ‘मेरो उम्मेद्वारी जितका लागि, मेरो जित वडाको हितका लागि ।’

Image may contain: 4 people, people standing and outdoor
वडाका मतदातासँग आफ्ना कुरा राख्दै Sameer Oli ।

समीरले कुरामा मात्रै हैन मतदाता सामुन्ने आफ्नो एजेण्डा र योजना स्पस्ट पारेका छन् । ‘पद र पैँसाको लागि हैन नागरिकको सेवाका लागि र आफ्नो जन्मथलोको विकाशका लागि म उम्मेद्वार बने । मतदाताबाट पुराना पार्टीका पुराना उम्मेद्वारभन्दा धेरै गुना राम्रो आशिर्वाद र शुभेक्षा पाएको छु । अब मतमा पनि यो शुभेक्षा प्रकट भएसँगै यो वटाबाट घोराही र दाङमा सकारात्मक उर्जा र सन्देश जानेछ ।’ – उम्मेद्वार वलीको विश्वास छ ।

Image may contain: Sameer Oli, smiling
समीर ओलीले घोराही १६ का लागि तयार पारेको घोषणापत्र ।

यो पनि पढ्नुहोस्ः बुबा नेकपाबाट वडाध्यक्ष, छोरा विवेकशीलबाट प्रदेश सभा उम्मेद्वार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here