पोखराः पोखरामा चुनावको चाँड चलिरहेको छ । विभिन्न पार्टी र गैरदलीय उम्मेद्वारहरु आफ्नै तरिकाले प्रचारमा व्यस्त छन् । पुराना मुख्य दुई दलको पुरानै शैली छ । कोही मतदातालाई प्रलोभन देखाँउदैछन् भने कोही आमसभा, घरदैलो सँगै आफ्ना आश्वासन बाँड्दैछन् । चुनाव प्रचारमा पोखरामा पहिलोपटक फरक शैली पनि देखिएको छ । विवेकशील नेपाली दलकी उम्मेद्वार Jamuna Sharma जमुना शर्माको प्रचार टोली अन्य उम्मेद्वारभन्दा पृथक र दलको नामजस्तै विवेकशील देखिन्छ ।

विवेकशीलको सम्पर्क कार्यालयबाट उम्मेद्वार जमुना शर्मा लगायत सदस्यहरु हातमा देशको झण्डा र चुनावचिन्ह ‘गुलाफको फूल’ बोकेर निस्किन्छन । केहीको हातमा दलको चुनावी प्रतिबद्धताको पर्चा छ । नयाँ दल त्यसमा पनि लचिलो संगठन र स्रोतसाधनको कमि तर प्रचारकहरुमा असाधारण जोस देखिन्छ । प्रचार कार्यक्रम डोबिला पुग्दा उम्मेद्वारले मतदातासँग अन्तरकृया गर्छिन् । प्रचारकहरु पर्चा बाँड्छन र चोकमा दलको ब्यानर झुण्ड्याउँछन् । एकैछिनमा टोली हिँड्छ । ब्यानर उठाँउछन र चोक सफा पार्छन र अघि सर्छन । न त होहल्ला, न त फोहर । मतदातालाई यही प्रचारशैली मन परेको छ विवेकशीलको ।

विवेकशीलकी उम्मेद्वार शर्मा र प्रचारकहरु ।

स्थानीय महिला तथा युवाहरु यतिसम्म प्रभावित हुन्छन की केही त टोलीमै समावेश हुन्छन र प्रचारमा हिँड्छन । काठमाण्डौँ लगायत विभिन्न स्थानहरुबाट पनि जमुनालाई सघाउन शुभचिन्तकहरु आएका छन् । प्रदेश नं ३ का सांद विराजभक्त श्रेष्ठ प्रचारकहरुको मनोआल बढाउन भन्दै टोलीसँगै रमाइलो गर्दै आफ्नो दल र देशको अवस्थारे बताउँदै गरेको पाइयो । Jamuna Sharma

नेतृ रञ्जु दर्शना लगायत मतदातालाई गुलाफमा मत दिन आग्रह गर्दै ।

विवेकशीलको गुलाफी प्रचार टोली भरत पोखरी पुग्छ । प्रचार टोलीमा अधिकांश महिला सदस्य छन् र नेतृत्व गर्दैछिन विवेकशीलको चर्चित नेतृ रञ्जु दर्शना । मतदाताहरुका विविध प्रश्न दिन हिच्किचाएको देखिदैन कोह्यी पनि प्रचारक । उमेरले सबै युवावयका देखिएपनि पार्टी र चुनावको उम्मेद्वारलाई पोखरामा स्थापित गर्न हरेक सदस्यहरु दृढसंकल्पित देखिन्छन ।

गुलाफमा भोट माग्दै जमुना शर्मा । Jamuna Sharma

विवेकशीलको प्रचार टोलीको कालिकास्थानमा कोणभा हुन्छ । कोणसभामा उम्मेद्वार शर्मा र केही अन्य नेतृले बोलेपछि स्थानीय मतदातालाई मेत धारणा राख्ने अवसर दिइन्छ । कोणसभा पछि मतदाता भेट्ने समय अबेर साँझ एकाघरमा पुग्छन जहाँ विवाह चलिरहेको रहेछ । विवाहघरमा उम्मेद्वार र सिंगो प्रचार टोलीलाई हार्दिकताकासाथ स्वागत मात्र गर्दैनन नाचगानमा सरिक हुन आग्रह पनि गर्छन् । दिउँसोभरी थाकेर साँझ मतदातासँगै कम्मर मर्काएर प्रचार टोली घर फर्किन्छ । ‘पोखरामा साँच्चै फरक र वैकल्पिक प्रचारशैली त विवेकशीलको मात्र छ ।’ कालिकास्थानका एक मतदाता भन्छन, ‘मेरो एक भोटले राम्रामान्छेको मनोबल बढ्छ भने म मेरो भोट म विवेकशीलको गुलाफ चिन्हमै हाल्छु ।’

Jamuna Sharma

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here