के तपाईले कालो लुगा ( Black Dress ) त लगाउनु भएको छैन ? के तपाईले लगाउनु भएको कपडाले तपाईको मानसिकतालाई असर पारेको त छैन ? पहिले पहिले नेपालमा सेतो दाउरा र सुरवाल लगाएको कति फोटोहरुमा देख्न पनि सकिन्छ या गाउँ घरमा हुनुहुन्छ भने हेर्न पनि सक्नु हुन्छ। नेपाल देश मात्र हैन यहाँ हुने स्वागत् सत्कार र सहयोगी भावना पनि धेरैनै राम्रो मानिन्छ। पहिले देखिनै नेपालमा मानिसहरु मेहेनती थिए, अहिले नी ? किन मानिसको मानसिकता र कर्ममा यति धेरै फरक देखिन्छ आहिले ?

बास्तविकता तपाई हामीमा नै छ । आहिले हामी धेरै जसो उद्यमी हुन सक्ने र क्षमता भएका युवाहरु बाहिर छौँ। तर हामी देशभित्र हुने उद्दमी युवाहरु धेरै मोबाईलमा मस्त हुन्छौ कि त कोइ कामको खोजीमा हुन्छौँ । नत्र चिन्ता लिएर गलत सङ्गतमा फस्छौ र नकारात्मक कुराहरु धेरै दिमागमा लिन थाल्छौँ । सबै कुराहरु मात्र चिन्ताका विषय हुन् र कसैले पनि मलाई नराम्रो होस् भनेर सोच्दैन। काममा रुचि र समस्याको समाधान गर्न सबैको ईक्षा हुन्छ। अचम्म के छ भने हाम्रो धार्मिक ग्रन्थमा र पूराणहरु देखि अहिले को गुगलको अनुसार कालो रङ्गबाट सबै भन्दा धेरै नकारात्मक उर्जा आउने गर्दछ। १८ वर्ष या बढ्दो उमेरमा कालो वस्त्र लगाउनु हुदैन। किनकी बच्चाबच्चीमा कालो बस्त्र या अध्यारोँ कोठामा बस्दा छिटो मानसिक समस्या देखिन्छ। सक्दो कालो रङबाट टाडा राख्नुनै सानो उमेरका बालबालिकालाई राम्रो हुन्छ। १९ देखी ३० वर्षको उमेरमा पनि धेरै कालो वस्त्र लगाउने मानिसमा मानसिक असर पर्छ तेसैले हप्तामा २ देखि ३ दिन लगाउदा १९ देखि ३० वर्ष सम्मका उमेरको मान्छेमा भने सामान्य नै मानिन्छ ।

यस्तै गरि कालो वस्त्र लगाउने बालबालिका कुलतमा छिटो फस्ने तथा जिद्दी पन धेरै बढ्ने गर्दछ भने कालो वस्त्रको फाइदा भने यसले तपाइलाई सभा गोष्टिमा भने निर्धक्क बनाउने गर्दछ या भ्रममा राख्दैन। तर अध्यात्मिक तहबाट यो रङ्गको वस्त्र सबै भन्दा नकारात्मक मानिन्छ जुन अहिले विज्ञानले पनि पुस्टि गर्दछ। यदि नेपालको पुरानो इतिहास हेर्नु हुन्छ भने कालो वस्त्र दुई थरिको मान्छेले मात्र लगाउने गर्दथे । पहिलो सिपाही र अर्को अघोरी बाकी कालो लगाईने वस्त्र भने कालो कोट या त ईस्ट कोट विहे कि त समारोहमा कहिले काहिँ लगाएको पनि ईतिहासमा देखिन्छ । अहिले हेर्नु हुन्छ भने यो बस्त्र जुनै पनि उमेर समूहको मान्छेले लगाउने गर्दछन्।

अघोरीको वास्तविकता हेर्नु हुन्छ भने अघोरी आफ्नो सम्पूर्ण घर परिवार त्यागेर हिन्छ। मान्छेको मासु खाने र अरु कुनै नकारात्मक ग्रह काट्नु पर्यो भने अघोरीकोमा गईन्छ। सिपाहीको पनि हेर्ने हो भने आफ्नो ज्यानलाई थाती राखेर आफ्नो घर परिवार नभनी हिन्ने स्वभावको हुन्छ। अध्यात्म विज्ञान अनुसार हेर्नु हुन्छ भने सेतो ,पहेलो , सादा निलो तथा निलो रङ्ग काम उमेरका बालबालिकालाई अत्यन्तै राम्रो मानिन्छ। त्यसै गरि कलेजी , प्याजी, काठ रङ्ग, खैरो भने काम उमेरका बालबालिकामा राम्रो मानिदैन र कालो सबै भन्दा नराम्रो मानिन्छ।


किन त कालो कपडा काठमाडौँमा धेरै प्रयोग हुन्छ ?

अहिले हाम्रो देशको अर्थ तन्त्र भनेको धेरैनै नाजुक छ र हामी पनि सस्तो राम्रो खोज्ने गर्दछौ। तेसैले चिनबाट कालो कपडा सस्तोमा निर्यात हुन्छ। अरु रङ्गका वस्त्रहरु भने धेरै बिग्रेको देखिने गर्दछ औधोगिक क्षेत्रमा। अनि कालो कपडा बनाउदा गल्ति कम देखिने गर्दछ र यो रङ्गको वस्त्र देख्दा मन लोभ्याउने हुन्छ। हुन त सबै एउटै ठाउमा वस्त्र बनाउदा पनि यस्तो समस्या कालो रङ्गमा भन्दा अरु रङ्गमा देखिने गर्दछ। त्यसैले सस्तोमा राम्रो रङ्ग कालो देखिने गर्दछ।

भारतको राजस्थान राज्यमा संसारको सबै भन्दा धेरै रङ्ग भएको वस्त्र लगाईन्छ। यदी राजस्थानको कला र सँस्कृति हेर्नु हुन्छ भने राजस्थानीहरुले प्रयोग गर्ने वस्त्रको इतिहास हेर्नु हुन्छ भने अध्यात्मले भरिएको छ। राजस्थान एक मरुभूमिमा भएको राज्य हो जहाँ प्राकृतिक रंग धेरै हेर्न पाईन्न जसकारण मानिस एकोहोरी र चिन्तित छिटो हुने गर्दथए। तेसैकरण आफ्नो अस्तित्वो बचाउनलाई रङ्गको प्रयोग गरियो भनिन्छ।

यी सबै यथार्थ नेटमा पनि खोजेर पढ्न सकिन्छ। तपाइको मनमा पनि कुनै जिज्ञासाहरु छन् भने कमेन्ट गर्न सक्नु हुन्छ हाम्रो फेसबुक पेजमा । धन्यवाद ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here