काठमाण्डौँः डा गोबीन्द केसीले त्रिवि शिक्षण अस्पतालबाट अवकाश पाए पछि पनि अन्यत्रबाट सेवा दिने इक्षा व्यक्त गरेका छन् ।

त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा बाट उमेर हदका कारण उनी अवकाश पाएका थिए ।अवकाश पाउनुभयो, अब के गर्नुहुन्छ भनेर सोद्धा उनले , ‘संघर्ष नगरे सरकारले सम्झौता पनि पालना गर्दैन।त्यो जारी राख्छु’ भनेको पत्रकार नारायण वाग्लेले आफ्नो ट्विटमा बताएका छन् ।

‘चिकित्सा शिक्षामा सुधारको संघर्षसँगै साथमा कुनै अंचल/क्षेत्र स्तरीय अस्पताल खोज्दैछु जहाँ गएर काम पनि गर्न सकियोस्।’ डा. केसीले भने । केसी लामो समयदेखि नेपालमा चिकित्सा शिक्षामा सुधार र राज्यसंयन्त्रमा शुद्धीकरणका लागि संघर्षरथ छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here