काठमाण्डौँः विवेकशील नेपाली दलले आफ्नो चुनावी खर्च सार्वजनिक गरेको छ । चुनाव प्रचारको अन्तिम दिन अन्य दलहरु अझै भड्कीलो चुनावी प्रचारमा व्यस्त रहँदा विवेकशीलले आफ्नो आय-व्यय सार्वजनिक गरेको हो ।

विवेकशीलको वेवसाईटमा प्रकासित विवरण पढ्न यहाँ क्लिक गर्नुहोस् ।

विवेकशील नेपाली दलका सँस्थापक अध्यक्ष उज्वल थापाले आयव्य विवरण आफ्नो ट्विटरमा सार्वजनिकरुपमा श्यर गर्दै लेखेका छन्, ‘तपाईँले रूचाएको उम्मेदवार / दललाई पनि सोधौँ – है ! खर्च कति भयो? कताबाट ? कहाँ भयो? ‘ चुनाव महंगो हुनु पनि सुशासनको कमी हुनुको प्रमुख कारण भएको बताउँछन थापा ।

आफ्नो दलको चरित्र भनेर हैन बनेर देखाउने भएको भन्दै आफूहरु पारदर्शीता र इमान्दारीतालाई व्यवहार र अभ्यासमै लगिरहेको बताउनुभएको छ । उनको भनाई छ, ‘हेर्नुहोस् उपनिर्वाचनमा हाम्रो अहिले सम्मको खर्च विवरण यहाँ छ। पारदर्शिता हाम्रो मुल मन्त्र हो। भ्रष्टाचारको ओखती पनि यही हो !’

Bibeksheel Transparency
Bibeksheel Transparency

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here