पोखराः मंसिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेद्वारहरु र दलका शिर्ष नेताहरु चुनावी क्षेत्रहरुमा व्यस्त छन् । प्रचार प्रसारको अन्तिम दिन आज सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्ड हेलिकप्टर चढेर पोखरा, धरान र भक्तपुर पुगेका छन् । काँग्रेस सभमपति देउबा र शीर्ष नेताहरु हिजो मात्रै पोखरामा शक्ति प्रदर्शन गरेर फर्केका छन् । पोखरामा विद्या भट्टराई नेकपा, खेमराज पौडेल काँग्रेसका शिवाय विवेकशील नेपाली दलकी जमुना शर्मा Jamuna Sharma पनि सञ्चार माध्यम र मतदातालागि चर्चित र सम्भावित पात्र बनेकी छिन् ।

विगत केही वर्षदेखी वैकल्पिक र सुँस्कृत राजनीतिको अभ्यास र वकालत गर्दै आएको विवेकशील नेपाली दलका सँस्थापक अध्यक्ष उज्वल थापा, दलकी नेतृ रञ्जु दर्शना, अध्यक्ष मिलन पाण्डे, उपाध्यक्ष अजिता राई लगायतका नेताहरु जमुनालाई सघाउन पोखरामै छन् । पृथक प्रचार शैली र रोचक प्रस्तुतिका कारण चर्चामा रहेकी नेतृ जमुना शर्मालाई हामीले प्रचारप्रसारबाट विश्राम लिँदै गर्दा मतदानको पूर्वसन्ध्यामा कुराकानी गरेकाछौँ । प्रस्तुत छ नेतृ जमुना शर्मासँगको कुराकानीको सम्पादित अंशः

‘गुलाफ’ बोकेर पोखराका मतदाता भेट्नुभयो ? कस्तो अनुभव भइरहेको छ ?

यसअघी कुनै पनि प्रत्यक्ष चुनाव लडेकी छैन तथापी यसअघीको निर्वाचनमा विवेकशील पार्टीकै उम्मेद्वारहरुलाई नजिकबाट सघाएर चुनावी अनुभव लिएकि छु । यसपाली आफै मतदाताका लागि आकर्षण भएर उभिँदा मैले जसरी हामी विवेकशील नेपालीले गर्न खोजेको फूल रोप्ने राजनीतिबारे पोखरेली नागरिकलाई बताएर उहाँहरुबाट पनि फूल जस्तै सुगन्धित प्रतिकृया पाए । रमाइलो र थप जिम्मेवार अनुभव भैरहेको छ । म, मेरो विगत र म संबद्ध दलले बोकेको आदर्श मुल्यमान्यता मेरो परिचय हुन । म राजनीतिमा आएके मुल्य मान्यताको राजनीति गर्न हो । हामी अरुभन्दा बोलेर हैन काम बाटै पृथक र उत्कृष्ट छौँ भन्ने देखाउनेछौँ।

कास्की २ मा तपाईँको उम्मेद्वारी किन हो ? नागरिकलाई के भनिरहनुभएको छ ?

अहिले प्रतिनिधि सभा सदस्यको लागि कास्की-०२ मा हुन लागेको उपनिर्वाचनमा  पुरानै दलका पुराने प्रवृती दोहोरिदैँछन् । एकातिर नयाँपुस्ताको सहभागिता अस्वीकार गरिएको छ, परिवारवादलाई सँस्थागत गर्न खोजिएको छ भने केही नयाँ गर्ने भनिएकाले पनि अवशरवादलाई प्रश्रय दिएर नयाँ र मौलिक राजनीतिको मर्मलाई मार्न खोजेका छन् । म यी सबै कुसँस्कार र गलत प्रवृतिको विरुद्ध सुसँस्कृत र मौलिक विकल्प बनेर उभिएकि छु । हाम्रो राजनीतिलाई नियाल्नुस र  मनन गरेर मत परिवर्तन गर्नुस भन्ने गरेकी छु ।

यो पनिः को हुन जमुना शर्मा ? यस्तो छ उनको विगतको विवरण र भावी योजना…

Image may contain: 3 people, people smiling, people standing
Jamuna Sharma, Rose Campaign

यो देशको मुख्य समस्या के देख्नुभएको छ ? 

भ्रष्टाचार अर्थात अझ विस्तृतमा सुशासनको अभाव हाम्रो देशको समस्या हो । यसलाई नियन्त्रण गर्न निर्णायक पहलकदमी लिन्छु । सांसदको रुपमा म नागरिकहरुसँगको सहकार्यमा आफ्नो निर्वाचन क्षेत्र कोष बिनानै विकाश निर्माण र सरकारी सेवाको अनुगमन गरेर अघि बढ्छु ।

अहिले हाम्रो भान्छामाः महंगो विदेशी तरकारी छ, त्यसमा पनि विषादी । स्वदेशका कृषकलाई मलखाद छैन, दुखगरी अलिअलि फलेको भारतले सिमाकै रोकिदिन्छ । विषादी तरकारीले विरामी पर्ने त हामी नै हो ! नेताज्यूहरु त विदेशका अस्पताल सरर… अब भोट हाल्दा ‘कृषक’को समस्या सुन्ने, भान्छामा आउने विषादी हटाउने सफा नियत भएको उम्मेद्वारलाई भोट हालौँ भनेर मैले मतदातालाई भनेकी छु ।

Image may contain: 2 people, people standing, people sitting and outdoor
Jamuna Sharma With Voters

कास्की-०२ मा शिक्षा/स्वास्थ्यमा के सुधार गर्ने योजना छ तपाईँको ?

कास्की २ मा भएका सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धी र यहाँका क्याम्पसहरुमा समुदायमुखि शिक्षाका लागि प्रेरित गर्ने र  सरकारी अस्पतालहरुमा अनुगमन र सहयोग गर्नेछु ।

पोखरेली नागरिकको समस्या बुझेकी छु । विदेशमा पोखेको पसिनाले जसोतसो बालबच्चालाई स्कुल त पढाइन्छ ।  उच्चशिक्षाका लागि कहाँ पठाउने, कसरी पढाउने मुख्य चिन्ता हुन्छ । गरीबले पनि क्षमता र सपनाअनुसारको शिक्षा पाउने कुरा कानूनी हक पनि हो । यी समस्याको अब त यसको विकल्प खोझ्नैपर्छ । म यसको नेतृत्व लिन्छु ।

पढ्न छुट्योकीः कास्कीमा फेरिदैँछ समिकरणः विवेकशीलको ‘गुलाफ’ले चमत्कार गर्ला त ?

तपाईँले भाषणमा कास्की २ मा क्षेत्रीय स्तरको सहकारी खोल्ने योजना सुनाउनुभएको रहेछ नी ?

नेपालमा बैंकहरु धनि बन्दै जाने र नागरिक गरीब बन्दै जाने भइरहेको छ । बैंकको लगानी अनुत्पादक क्षेत्रमा लाग्छ र बैंकमा सरकारले अनुगमन तथा नियमितता ल्याउन सकेको छैन । त्यसैले स्थानीय स्तरमा एउटा नमुना सहकारी मार्फत स्थानीय लगानी र आर्थिक कृयाकलापका लागि सहकारीको परिकल्पना गरेकी हुँ ।

तपाईँ सांसद भएपछि अन्य भन्दा फरक र नयाँ कुरा चाहिँ के गर्नुहुन्छ की ? 

म सांसादको रुपमा पाइने कानूनबमोजिमको पारिश्रमिक बाहेकका भत्ता लिन्न । संसद विकाश कोषको रुपमा सांसदको खल्तिमा करोडौ भर्ने कामको विरोध गर्दै सांसद नीतिगत भूमिकामा मात्र रहने सँस्कार आफैबाट सुरु गर्नेछु । विवेकशील नेपाली दलका प्रदेश सांसदहरुले अहिले पनि संसद विकाश कोष बहिस्कार गरेका छन् । राजनीतिलाई विशुद्ध सेवाको रुपमा विकाश गर्ने हाम्रो प्रमुख मान्यता छ ।

विवेकशीलको चुनावी अभीयान बारेः पोखरामा विवेकशीलको ‘गुलाफ’ क्रान्तिः उम्मेद्वारमात्र हैन प्रचारक पनि महिला

सांसदको खल्तिबाट योजना हैन रकारका योजनमामा बजेट सक्न र राजनीतिक लाभ लिन मात्र हुने विकाशका योजनालाई नागरिकस्तरबाट रोक्ने र अध्ययन र आवश्यकताका आधारमा योजना अघि सार्ने र समयमै सकाउन नेतृत्व गर्छु ।

कास्की २ नेपालकै प्रमुख पर्यटकीय क्षेत्र नै हो । आन्तरिक तथा बाह्य पर्यटकका लागि सहजताका साथ रमाउन यातायात तथा होटलहरुको नियमन र पर्यटकीय क्षेत्रको प्रचार र संरक्षणगर्न पर्यटन व्यवसायी, स्थानीय र सरकारसँग मिलेर जान्छु । यहाँको कृषि उपजमा वृद्धी र कृषका समस्या समाधान गर्न सरकारसँग सहकार्य गर्नेछु ।

Image may contain: 1 person, text
Jamuna Sharma

तपाईँले कानूनी रुपमा स्वतन्त्र चुनाव लडेकाले ‘गुलाफ’ चिन्ह पाउनुभएको छ । विवेकशीललाई नै रोज्नुको कारण के हो ?

विवेकशील नेपाली दल एउटा दलमात्र हैन । समयसापेक्ष पृथक वैकल्पिक र सुसँस्कृति राजनीति गर्न सुरु भएको नागरिक अभियान पनि हो । सहभागितामुलक लोकतन्त्र र सुसँस्कृत राजनीति गर्न युवा, महिला र नयाँ पुस्ताको प्रतिनिधिको रुपमा पाएकाले म विवेकशीलमा आवद्ध भए । संघीय समितिमा ५० % महिला नेतृत्व भएको, ९०% नेतृत्वमा युवा भएको र ‘वाचा कम, काम बढी’ गर्ने विवेकशील मन्त्रले र विवेकशीलमा आकर्षित भए ।

यो पनि पढ्नुहोस्ः भोट माग्ने ‘विवेकशील’ शैलीः हातमा गुलाफको फूल, घरदैलोमा नाचगान

पोखरा त पर्यटनको लागि नमुना शहर हो । पर्यटन बारे यहाँका एजेण्डा के छन् ?

ओ हो ! त्यो फेवा ताल !! त्यो हाम्रो पोखरा ! पर्यटन त पोखराका लागि व्यापार मात्र हैन परम्परा पनि हो । यहाँ पर्यटन धराशायी भए व्यापारसँगै यहाँको परम्परा र परिवारमा अशर गर्छ । फेरि पर्यटनका लागि पर्यटक मात्र हैन, पर्यटन व्यवसायी र स्थानीय समुदाय र सँस्कारलाई महत्व दिने नेतृत्व कास्की-०२ बाट चुनौँ भन्ने आग्रह गर्दछु ।

अनी अन्त्यमा केही भन्नुहुन्छ मतदातालाई ?

नेता भनेकै चोर र गुण्डा/ठग जस्तो । दल भनेकै गिरोह र ग्यांग जस्तो भन्ने भाष्यको विकल्प बन्न हिम्मत गरेर राजनीतिमा आएका छौँ । फेरी पनि पुरानै नेता र पुरानै दल पुरानै प्रवृत्ति चुन्ने हैन सामान्य मानिसको राजनीतिलाई पनि परीक्षण गर्नुस । मत गुलाफको फूलमै दिनुस । सुसँस्कृत राजनीतिलाई प्रवर्धन गर्नुस भन्न चाहन्छु ।

अन्त्यमाः रञ्जु दर्शनाले भनिन, ‘लोकतन्त्र बचाउने जिम्मा नयाँ पुस्तालाई दिनुहोस्, हजुरहरु आराम गर्नुहोस्’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here