बालबालिका हाम्रा शान्ती क्षेत्र हुन् । उनीहरुलाई सुन्दर, शान्त र निर्भय वातावरणमा हुर्कन दिनु हाम्रो प्रमुख दायित्व हो । नेपालमा विद्यालयको शिक्षालाई गुणस्तरीय बनाउन नीतिगत रुपमा थुपै्र प्रयासहरु भइरहेको हामी देख्न सक्छोै । दक्ष शिक्षक र भरपर्दो शिक्षक चयनले पनि विद्यार्थीको क्षमता विकासमा उत्तिकै असर पर्ने गर्छ । आफना छोराछोरी बौद्धिक, सामाजिक, संवेगात्मक हरेक दृिष्टकोणले उत्कृष्ट बनुन भन्ने सबै अभिभावकको चाहाना हुन्छ । यसका लागी अभिभावक, शिक्षक हरकोही बच्चाको लागी उपयुक्त रोलमोडलको भुमिकामा रहन जरुरी छ । स्कुले केटाकेटीको सर्वाङ्गीण विकासमा सबै भन्दा महत्वपूर्ण आधार भनेको नै “बालमैत्री ’ शिक्षा हो । Anusha On Education

विद्यार्थीमा ज्ञान र सिप भएर मात्र हुँदैन, राज्यप्रती उत्तरदायी पनि हुनुपर्ने हुनाले उनीहरुलाई सामाजिक गतिविधिमा सरिक गराई व्यवहारिकता र व्यक्तित्व विकासमा निखार ल्याउन सकिन्छ । जिम्मेवारी लिनलाई बच्चा बेलादेखि नै सिकाइनु अति आवश्यक छ । जब बच्चा स्कुल जाने उमेरका हुन्छन् , उनिहरु शारीरिक र मानसिक दुवै रुपले केही मात्रामा जिम्मेवारी लिन संक्षम हुन्छन् । जिम्मेवार बनाउने भन्दैमा बच्चालाई उसको परिपक्वताले नभ्याउने खालको जिम्मेवारी दिनु हुदैन । विद्यालय गएर आफनो बच्चाको प्रगति बारे बुझन पनि उत्तिकै आवश्यक छ । बच्चालाई स्वतन्त्र रूपले अघि बढ््न दिनुपर्छ, आफनो विचार उनिहरुमा लाद्न तिर लाग्नु हँुदैन् ।

अहिले विद्यालय एउटा खुला पुस्तक भन्दा पनि व्यवसायको रुपमा चलाईएको हामि देख्न सक्छौ । रङ्गीन खानेकुरा, महङ्गो श्रोत साधनको प्रयोग, चर्को पैसामा दिएका विज्ञापनले गर्दा स्कुल छनोटलाई लिएर अभिभावकमा अन्योल उत्पन्न भएको पाईन्छ । कतिपय अभिभावकहरु चर्को पैसा लिने विद्यालय राम्रा हुन्छन् भन्ने भ्रममा पर्ने गर्छन् । चर्को पैसा विद्यालयलाई बुझाउँदैमा र घण्टौ विद्यालयमा बस्दैमा छोराछोरी बौद्धिक हिसाबले अब्बल हुन्छन् भन्नु गलत मानसिकता हो ।

बालबालिकाको मनोविज्ञान बुझी अध्यन गराईन्छ भनेर विज्ञापन दिए पनि विज्ञापनमा भनिए जस्तो वातावरण नदेख्दा बर्षेनी विद्यालय फेर्नु परेको अभिभावको भनाई छ । स्कुले विद्यार्थी सँग भावनात्मक रुपमा जोडिनु आवश्यक छ । पारिवारिक वातावरणमा सुविधायुक्त ढंगले पठनपाठन गर्न पाउनु पर्ने भएता पनि धेरै बालबालिका अभिभावक एवं शिक्षकबाट शारीरिक, मानसिक, साथै मौखिक दण्ड झेल्नुपरेको हामी बेलाबेला विभिन्न सञ्चारका माध्यमबाट पनि सुन्ने गर्छाै ।
अहिले प्रायः स्कुलहरुमा विद्यार्थीलाई प्राकृतिक स्वछन्दताबाट सिक्नलाई ज्ञान, समय र अवसर कमै दिईन्छ ।

हामी अभिभावक बच्चा टेनिस बल खेल्न राम्रो छ तर गणितमा कमजोर छ भने गणितको टियुसन पढाउने शिक्षक खोज्छौ तर बच्चाको ट्यालेन्टलाई प्रभावकारी बनाउन खौज्दैनौ । अझैपनि अभिभावकले सर्टिफिकेटको अंकलाइनै बढी महत्व दिएको देखिन्छ । ३ घण्टाको लिखित परिक्षाको नतिजासंग १ बर्षभरी मेरो छोराले के के जान्यो भनेर तुलना गर्ने गरेको पाईन्छ । बानीव्यहोरामा के कति परिवर्तन आयो, समस्या समाधान गर्न कत्तिको सक्षम भयो भनेर पनि अभिभावकले मुल्याङ्कन गर्न जरुरी हुन्छ । अंकले मात्र सबै कुरा बताउन सक्दैन ।

धनीका छोराछोरीले मात्र विभिन्न अतिरिक्त क्रियाकलाप गराउने महङ्गो स्कुलमा पढ्ने अवसर पाउने स्थितिले, धनीका छोराछोरी मात्र यस्ता विद्यालयमा पढ्ने हो कि भन्ने मानसिकता स्कुले केटाकेटीमा देखिन्छ । बौद्धिक क्षमतामा कमी भएका विद्यार्थीलाई व्यवस्थापन गर्नुको सट्टा विद्यालयद्वारा नै अभिभावकलाई विद्यालय फेर्न दबाब दिईन्छ, थप यस्ता सवालले “विद्यालय कि व्यवसाय” भन्ने प्रश्न खडा गरेको छ ।

हामी आफ्नो बच्चालाई कयारेक्टर भन्दा पनि घोकन्ते विद्याबाट दाज्छौँ । अझ भनुपर्दा पढाई बाहेक बच्चाको अर्को क्षमतालाई खासै महत्व नै दिदैनौ । सानै उमेर देखी पढ्नको लागी मात्र दबाब दिन्छौ । उनीहरुका क्रियटीभिटी गाउन, नाच्न, चित्र कोर्न, खेल्न लगायतलाई वेवास्ता गर्छौ । प्रत्येक बालबालिकामा फरक गुण तथा क्षमता हुन्छन् भन्ने कुरालाई हामी बेवास्ता गछौं ।

बच्चाहरुलाई अनावश्यक मनोबैज्ञानिक त्रास देखाउने, घरमा केहि गल्ती गर्न बित्तिकै स्कुलमा भन्दिन्छु भन्ने तथा अन्य पारिवारिक समस्या लगायतका कारणले पनि उनीहरुको क्षमताको विकासमा निकै नै असर पर्ने गर्छ ।
छोराछोरीले सोधेका प्रत्येक जिज्ञासामा हो र होईन मात्र नभनेर आफ्नो स्पष्ट तरिकाले सहभागिता जनाउनु पर्छ र केटाकेटीलाई जे कुरामा पनि हुँदैन भनेर आफु प्रति नकारात्मक बनाउनुभन्दा के गर्दा हुदैन र के गर्दा हुन्छ भनेर स्पष्ट तरिकाले भन्नु पर्छ ।

यो पनि पढ्नुहोस्ः टाई लगाउँदै हुनुहुन्छ ? जिन्दगीको लय बुझाँउछ टाईले !

अभिभावकले पनि आफ्नो बच्चाहरुलाई सिक्ने प्ल्याटर्फम, लाइफ स्किल्स, व्यवहार, धैर्यता, प्रोब्लम सल्भिङ्ग टेकनिक लगायतको विकासमा सहयोग गरेर स्वस्थ मष्तिष्कको निर्माण र विकासमा सहयोग गर्नुपर्दछ ।  स—साना बालबालिकालाई अरुबाट हेरेर वा सिकेर सिक्ने वातावरण प्रदान गर्नु पर्दछ । सर्टिफिकेटको अंक मात्र शिक्षा होइन र यसले मात्र जिवन निर्धारण गर्दैन भन्ने कुरा अभिभावक, शिक्षक हर कोहीले बुझ्न जरुरी छ ।

बच्चाको गल्तीलाई गल्ती भन्दा पनि प्रयासको नजरले हेरिनु पर्छ । शैक्षिक मात्र नभएर व्यबहारिक जिवन पनि उत्तिकै सफल होस भन्ने हिसाबले आधारभूत सिप पनि सिकाईनु पर्दछ । त्यसैले जो कोही अभिभावक, शिक्षक, बाबु, आमा, दाई, दिदी, हरकोही रोलमोडलले बालबालिकाको अगाडी सकारात्मक शब्द प्रयोग गर्ने गरौं जस्तैः तिमी राम्रो काम गरिरहेका छौं, स्याबास, म तिमिलाई के सहयोग गर्न सक्छु ?, मलाई तिमीप्रति गर्ब छ लगायत जसको सकारात्मक व्यवहार र शब्दले बालबालिकाको मस्तिष्क र अन्य सकारात्मक विकासमा राम्रो प्रभाव परोस ।

—लेखिका अनुशा अर्यालले ले जनचेतनाका लागि कलम चलाउदै आएकी , सामाजिक/बाल अभियन्ता हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here