छोराको बिहेपछि बुहारीले श्रीमानको बाबु आमा हेर्दियोस भनेर अपेक्षा राख्ने यो समाज किन छोरीलाई चाही सोही न्याय दिलाउन पछि छ । छोरी २० वर्ष पार गर्नै हुन्न , कहिले बिहे गर्ने घरजम नहोला जस्तो छ भनेर प्रश्न सोध्नेको समाजमा ओइरै लाग्छ तर बिहेपछि के छ, कस्तो छ , चाहे दाइजो अथवा घरेलु हिंसा नै किन नहोस , आखाँ अगाडि नै घटेका घटना पनि नदेखेझै मौन बस्छ यो समाज ! अनि हामी त्यही माथि जहिले समाज नै यस्तै छ भनेर समाजलाई मात्र दोस देखाउदै बस्ने एक मुर्ख सामाजिक प्राणी बनीरहेका छौ । समाज यहि समाजमा बस्ने मानिसले बनाएका नियम कानुनका आधारमा चल्दै छ भन्ने सत्य नजर अन्दाज गर्दै छौ र यो दिन प्रति दिन बढीरहेका छोरी प्रतिका प्रहारलाई बेतिथीसँग उब्जन दिइरहेका छौ ।
छोरीलाई लिएर बनाइएका धेरै कमजोर नियम कानुनका विषय वस्तुलाई लिएर मानसपटलमा प्रश्नहरु पनि नखनिएका होइनन् । बाबु बिनाको छोरीले नागरिकता नपाउने, छोरी भएकै कारण छोरीलाई बाबु आमाको अन्तिम काजक्रिया बाट समेत बन्चित गराईन्छ र एउटा महिला भएकै कारण एउटी आमालाई उनकै छोराको बिहेमा उपस्थित हुँदा दुर्भाग्य भनिन्छ “ कस्तो दुर्भाग्य” भन्दै छ यो समाज जबकी यो संसारमा उनलाई ल्याउने नै तिनै महिला हुन्छिन् । किन छोरीको महत्वलाई यति कमजोर बनाईदै छ , के छोरा नहुने बाबुआमले चाहिँ छोरीको बिहेपछि नि –सन्तान भएर बस्नुपर्ने नै हो र रु
छोराको बिहेपछि बुहारीले श्रीमानको बाबु आमा हेर्दियोस भनेर अपेक्षा राख्ने यो समाज किन छोरीलाई चाही सोही न्याय दिलाउन पछि छ ।

दिन प्रति दिन छोरीलाई लिएर विभिन्न घटना बाहिरिदै गर्दा , बलात्कारको पछाडि पनि छोरीको लुगालाई विषयवस्तु बनाईन्छ जबकी हाम्रो समाजमा ४, ५ वर्षका स—साना बच्चा , ६७ वर्षको वृद्धा र गाउँमा घाटी देखि पाउसम्म गुनियो चोली र फरियाले ढाक्ने महिला पनि बलात्कृत भएको घटना पनि बेलाबेलामा बाहिरिएको सुन्न सक्छौ ।
तर त्यो भन्दा पहिले हाम्रो सोच पो पुर्ण रुपमा बदल्न जरुरी छ की भन्ने कोही छैनन् , हामी आफैँ पनि मुल्याड्ढन गर्न सक्छौ , हामी कस्तो संबेदना भएको समाज र देशमा छौ , जहाँ महिला राष्ट्रपति , सभामुख , प्रधानन्यायधिस हुँदा पनि किन यो छोरीको आवाज पुर्ण पल्टेर सामसुम हुन खोज्छ ।

यसरी खुलेआम भइरहेका नकारात्मक मानव प्रवृत्ति बारे अभिभावकले पनि आफ्ना सन्तानलाई उत्तिकै सचेत गराउने पो हो की ! अभिभावकले पनि यस्तो घटनाक्रमलाई पन्छिएर भन्दा गहिरिएर सोच्न जरुरी छ किनकी धेरै जस्ता घटना अभिभावक आफ्ना सन्तानसँग भावनात्मक रुपमा टाढीनाले पनि बढीरहेका छन् । बलात्कृत भएका छोरीहरु आफ्नो कतिपय अभिभावकले भन्न सक्ने वातावरण नदिदा र खुलेआम विरोध नगर्दा बालबालिका मानसिक र शारिरीक पिडा दुवै खप्न वाध्य छन् ।

तर बेलाबेलामा महिलाद्वारा महिलालानै बेचबिखन , हिंसामा परिरहेका घटनाक्रम बाहिर आइरहदा भने महिला पिछडीनुमा महिलानै अथवा पुरुषको हात बढी छ त भन्ने कुरा नि बेलाबेलामा हामी सुन्ने गर्छौ तर त्यति नै खेर भने मलेशिया र अन्य अरवियन देशमा किन महिला हिंसा खासै सुनिदैन त ! बुर्खा लगाएर भन्दा पनि उनीहरुले छोरीलाई लिएर बनाइएका मजबु नियम कानुनले हो भन्ने यहाँ पुष्टी नै छ ।

नेपालमा पनि घरेलु हिंसा र अन्य महिला हिंसा विरुद्ध ९० दिन भित्रमा राष्ट्रिय मानव अधिकार आयोग महिला तथा बालबालिका मन्त्रालय वा जिल्ला अदालतमा समेत उजुरी हाल्न सकिन्छ ति भित्र पनि शारिरीक र मानसिक हिंसा , विवाह दर्ता , सामान्य घरायसी झै झगडा ,बाबु बिहिनहरुले नागरिकता नपाएका कुराहरु लिएर बेलाबेलामा उजुरीहरु ब्ोसी दर्ता भएको देखिएको छ ।बेलाबेलामा घरेलु हिंसा र महिला हिंसा विरुद्ध थुप्रै अभियान , नाटक, जनचेतना कार्यक्रम पनि हुँदै आइरहेको छ । बलिया कानुन र कार्यन्वयन प्रक्रिया सँगसँगै आफुले दिने— पाउने गरेको समाजिकरणलाई पनि पुर्ण न्युनिकरण गर्न उत्तिकै महत्वपुर्ण छ ।

यी कुराका परिणाम स्वरुप आज महिला र पुरुषलाई हेर्ने दृष्टिकोण र दिने भूमिकामा असमानता धेरै नै छ । यी सबै हामीले भोगेका कुराहरु गलत समाजिकरणबाट सर्दै आएको फल स्वरुप हो । रुनु स्वभाविक हो भनेर सिकाउनु पर्नेमा , हामी छोरा मान्छे भएर रुनु हँुदैन , झुक्नु हँुदैन र छोरीलाई रुने जात भन्छौ । केटी पाइलट भएरै घटना भएको हो भन्न पछि नपर्ने हाम्रो समाज ( सन्र्दभ तत्कालको घटना ) । एउटा बच्चा देखिनै सिकाइने गलत आचरण हो अहिले घटेको घटना , बढेका बलात्कारी , अन्य अपराधिक क्रियाकलाप आदि ।

अबका महिलाले पढ्न पाएका छन्, सक्षम भएका छन् । उनिहरुलाई पनि पुरुषलाई जस्तो अवसर दिएर फरक हुँदै गएको हाम्रो समाज नियाल्न सक्नु हुन्छ । हामी सकारात्मक समाजिकरणमा धेरै नै पछि रहेछौ । अब त युग पनि धेरै परिवर्तन भएको छ । अब आउने पिढीमा छोरा रुनु हँुदैन होइन , मानिस भएर रुनु स्वभाविक हो भनेको सुन्न पाइयोस । छोरा भएर झुक्नु हँुदैन होइन छोराछोरी दुवै गलत कुरामा झुक्नु हँुदैन भनेको सुन्न पाइयोस । बुहारीेले यसो गरि त्यसो गरि भन्दा नि यति पढेकी छे , पढाउँदै छौँ भनेर गर्व गरेको सुन्न पाइयोस । छोराभन्दा नि हाम्रो ख्याल ज्वाँइले धेरै गर्नुहुन्छ भनेको सुन्न पाइयोस । एक्ली केटी हिडेको देखे अवसरभन्दा नि जिम्मेवारी हो भनेर सोच्न वाध्य बनाउनु छ यो समाजलाई , किनकी आजको छोरी कसैको बहिनी , बुहारी हुँदै कसैकी आमा ! र यी कुराहरु बदल्न बलिया कानुनमात्र नभएर सकारात्मक समाजिकरणबाट पनि सम्भव छ , अब आउने पिढी हाम्रो जिम्मेवारी !

—लेखिकाले जनचेतनाका लागि कलम चलाउदै आएकाी छिन् , उनी एक सामाजिक/बाल अभियन्ता हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here