सिफलको चौतारामा बसिरहेको थिएँ , नजिकै सामुदायिक विद्यालय रहेछ । स्कुले केटाकेटी आउने जाने क्रम बढ्दो थियो , केही स—साना स्कुले केटाकेटी एक आपसमा भनाभन गर्दै थिए, यदि धन भयो भने कैयौ विद्वानलाई विलगेटले जस्तै आफ्नो अन्डरमा राख्न सकिन्छ , कोही भन्दै थिए , धन त सकिन्छ , बाड्नु पर्छ तर विद्यालाई त अंशवंडा लाउनु पर्दैन तर्क विर्तक सुन्दा लाग्थ्यो सायद उनीहरु केही स्कुलका कार्यक्रममा सहभागी थिए , तर ति मध्य एक जनालाई विद्या भन्दा ठूलो चाही के भन्ने लागेछ सायद उनले सोधिहाले , विद्याभन्दा ठूलो चाही के त , नजिकैको साथीले उनकको काधमा हेरे अनि भनिहाले , विद्याभन्दा ठूलो ब्याग , सबै गलल्ल हासेँ तर ति पजथबपिजथबmिबभ भनिएका शब्दमा साचै नै एउटा तितो यर्थात लुकेको थियो ।

स—साना स्कुले केटाकेटी जो आफ्नो ख्याल , आफ्नो जुत्ताको तुना समेत आफै बाध्न सक्षम भएका छैनन् , उनीहरुले बोकेको ब्याग देख्दा लाग्छ की ति कलिला शरिरलाई ब्यागको धक्काले हिड्न सारै मुस्कील बनाइरहेको छ ।
अभिभावकको मानसिकताले पनि यसलाई थप सहयोग मिलेको छ , धेरै पैसा तिरेर , ब्याग भरि ति दिमागले नभ्याउने किताब कापी बोकेको देखे मात्र हामी अभिभावक प्रफुल्लीत हुन्छौ सायद यहि कारणले नै होला धेरै विद्यालयको बैमानसिकता पनि बढ्दै गएको । उनीहरुमा स्वच्छ विद्या , व्यवहारिकता भन्दा पनि रटन्ते विद्या धेरै भेटिन्छ । विद्यालयले लिने भन्दा नि अभिभावक आफै मोटो रकम दिन हतारिदै छन ।

अहिले स्कुल स्कुलमा विद्यार्थीलाई एउटा प्राकृतिक स्वछन्तताबाट सिक्न ज्ञान र समय कमैदिइन्छ । अहिले बढ्दै गएको उनीहरुलाई सिकाईने लवाई खवाई पश्चिमा शैली सत प्रतिशत उनीहरुमा उतारन खोज्नु र यसरी हप्तै पिछे यस्ता कुराका लागि अभिभावकसँँँँँग पैसा असुल गर्ने प्रवृत्ति बढ्दै गएकाले अभिभावकको हैसियतलाई ठूलै ठक्कर दिएको छ । यस्ता बढ्दै गएका खराब प्रवृत्तिले उनीहरुमा विद्यालय प्रतिको नकारात्मक सोच बढ्दै गएको देखिन्छ । विद्यालयलाई एउटा खुला पुस्तक भन्दा नि बन्दी बनाउने कारागार भएको स्कुले केटाकेटीको भनाइ छ । र यसरी धनीका छोराछोरी मात्र विभिन्न अतिरिक्त क्रियाकलाप गराउने स्कुलमा पढ्न पाउने कुराले , धनीका छोराछोरी मात्र यस्ता विद्यालयमा पढ्ने हो की भन्ने मानसिकता स्कुले केटाकेटीमा देखिन्छ ।

हामीलाई बच्चा बेला देखीनै सिकान्छ कि गल्ति स्वकार्य छैन । हामीलाई प्रर्कष्ट हुन मात्र हौसला दिइन्छ । त्यसैले असफलताको डरले हामी कति कुरा त प्रयास नै नगरी छोड्छौं जसले गर्दा नयाँ सृजनाले जन्म लिन पाउँदैन ।
बच्चाहरु आफ्नो प्रर्याप्त समय घर अथवा स्कुलमा बिताउने हुनाले शिक्षकले स्कुलमा दिने ज्ञान र अभिभावकले अभिभावकक्तो निभाउने तरिकाले बच्चाको व्यावहारमा र मष्तित्कमा असर परने गर्छ ।

९०% मष्तित्कको विकास बच्चाबेलामानै हुने हँुदा उनीहरुले देखाउने इच्छुकता क्रियाकलाप छुकछुके पन लाई अभिभावकले पनि सहजै स्वीकार्न सक्नुपर्छ । बच्चाहरुलाई अत्याधिक असफलता डर, पारिवारिक समस्या घरमा केही गल्ति गर्ने बित्तिकै स्कुलमा भन्दिन्छु भन्ने इत्यादीक कारणले पनि उनीहरुको क्षमताको विकासमा निकैनै असर पर्ने गर्छ ।
त्यसैले हामी धेरै जसो अभिभावक र शिक्षकको गुनासो सुनिरहेका पनि हुन्छौ कलासमा बोल्ने, पढ्ने, खेल्ने, एकदम स्मारै बच्चा जब उसको मम्मी बाबा रिजल्ट डे, प्यारेन्स डेमा आफ्नो टिचर र सँग भेट हुन्छ तब एक्कासी बोल्न बन्द गर्छ सोधेको कुराको पनि जवाफ दिदैन् ।

हामी आफ्नो बच्चालाई कयारेकटर भन्दानी घोकन्ते बिदाबाट दाझछौ । अझ भनुपर्दा पढाई बाहेक बच्चाको अको क्षमतालाई खासै महत्व दिइदैनौ । सानै उमेर देखी पढनको लागी मात्र प्रेसर दिइन्छौ । उनीहरुका क्रियटीभिटी गाउन, नाच्न, चित्रकोन, खेल्न लाई वेवास्ता गर्छै । प्रत्येक बालबालिकामा फरक गुण क्षमता हुन्छ भन्ने कुरा हामी बेवास्ता गछौं ।
जसको कारण बच्चाहरु अभिभावलाई उनीहरुको विरुद्ध ठान्नसक्छन् र भावनात्मक रुपमा टाढिन सक्छन् । अभिभावकबाट धेरै कुरा लुकाएर गर्न थाल्छन् । घर बच्चाको ब्यावहार सिक्ने पहिलो पाठशाला हो भने स्कुल दोस्रो हो । त्यसैले प्रत्येक अभिभावकले सोच्न जरुरी छ कि आफुले छोराछोरीलाई हर्काएको शैली कतीको स्वस्थ छ ।

एक चोटी मनन् गर्ने पर्ने अब्राहमले प्रध्यापकलाई लेखेको चिठी ( साभार)

मेरो छोराले के सिकोस ?

श्रीमान प्रधानाध्यापक ज्यू ।
मेरो छोराले सबै मानिस एकै किसिमका हुदैनन् भने कुरा सिकोस् । समाजमा दुष्ट मानिस छन् र सज्जन पनि छन् त्यस्तै शत्रु पनि छन अनि मित्र पनि छन् । यो कुरा बुझाउन त समय लाग्ला नै तै पनि उसलाई परिश्रम गरी कमाइएको एक डलर सितैमा पाएको पाँच डलरभन्दा बढी मूल्यवान हुन्छ भने कुरा बताइदिनुस् । उसले विजय र पराजय भनेको के हो राम्ररी बुझोस । त्यस्तै इष्याल युक्त भएको हासोको भित्रीमर्म बुझोस् ।उसलाई आकाशमा उडिरहेका चराहरु रमाइलो दिनमा भुन्भुनाइरहेका माहुरीहरु र पहाडी काखमा फुलेका फुलहरुको शाश्वत र रहस्य बुझ्न केहि समय दिनुहोस् । मेरो छोरो जतातिर हुल छ त्यतै तिर लाग्ने प्रवृत्तिको नहोस । सुनेको कुरालाई राम्ररी छुट्याउन सक्ने होओस उसलाई कहिले काहीँ आखाबाट आसु झार्न लाजमर्दो कुरा होइन भनिदिनुहोस् । ऊ आफ्नो बल बुद्धिमा विश्वास गरोस उ भित्र सत्य र न्यायका लागी संघर्ष गर्न साहास र दृढ शक्तिको विकास गरिदिनुहोस् । सम्झनुहोस आगाको लाप्काबाटै फलाम खारिन्छ । उ भित्र साहास र सधै केही गरौ भन्ने भावना भइरहोस मेरो छोरो स्वयंम निर्भिक, साहसी र उत्साही बन्न प्रेरीत भइरहोस् अनि मात्र ऊ मानवताप्रति नरम हुन सक्छ । धन्यवाद ।

अब्राहम लिंकन, हाइट हाउस वासिंन्टन डिसी

अभिभावकले बच्चाहरुलाई बढ्दो उमेर संगै आउँने परिर्वतन बुझाउने , सुरक्षित र असुरक्षित छुवाई इत्यादी बढ्दो उमेर सँग बुझाउनु बुद्धिमानी अभिभावक्तो हो । हामीलाई हाम्रा अभिभावकले जसरी हुर्काए , हामी आफ्नो छोराछोरीलाई त्यही तरिकाले हुर्काउन खोज्छौं ,जुन कतिपय कुराहरु बदलियो समय सँग बदल्न जरुरी छ । छोराछोरीले सोधेका पत्येक जिज्ञासामा हो र होईन मात्र नभएर आफ्नो स्पष्ट तरिकाले सहभागिता जनाउनु पर्छ र केटाकेटीलाई जे कुरामा पनि हुँदैन भनेर आफु प्रति नकारात्मक बनाउनुभन्दा के गर्दा हुदैन र के गर्दा हुन्छ भनेर स्पष्ट तरिकाले भन्नु पर्छ
सबै अभिभावक आफ्नो छोराछोरीलाई योग्य र सक्षम देख्न चाहान्छन । अभिभावकले पनि आफ्नो बच्चाहरुलाई लाइफइसकिल्स, व्यवहार, धैर्यता, प्रोब्लम सल्भिङ्ग टेकनिक इत्यादीको विकासमा मद्दत गरेर स्वस्थ मष्तिष्क विकासमा मद्दत पुर्याउन सकिन्छ ।

—लेखिकाले जनचेतनाका लागि कलम चलाउदै आएकी छिन्, उनी एक सामाजिक/बाल अभियन्ता हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here