सम्पत्ति पाएन भनेर उजुरी गर्ने छोराछोरी धेरै देखियो तर हामीले पालेन भनेर उजुरी गर्ने बाबुआमा आजसम्म भेटिएन । शिक्षाले र रोजगारले निम्त्याएको समस्या भन्ने कि के भन्ने यो आश्रममा दिन प्रति दिन थपिदैँ गएको नयाँ अनुहारले । अहिले जसरी समाजमा अन्य विकृती फैलदै छन त्यसरी नै बुढ्यौलीले छोए लगत्तै आश्रम धाउनेको शंख्या झन झन उकासीदै गएको छ ।
आफ्नो उमेर छउन्जेल समय त्यागेर , सम्पत्ति खर्चिएर पहरेदार सरी छोराछोरीलाई सुरक्षा दियौँ तर यसरी समय भएपछि चाहीँ पाल्ने नपाल्ने हाम्रो मर्जी भने जस्तो छोराछोरीले गर्ने हो भने हाम्रो बुढेसकालको सुरक्षाको जिम्मेवारी चै कसले लिने त भन्ने गुनासो बुढापाकाको छ ।

घरमै राखिएपनि कैदिलाई जस्तो कोठा भित्र मात्रै नभए आश्रममा लगेर छाडिदिने गरेको हामीले देख्दै र सुन्दै पनि आएका छौ । कतिपए मतभेद भने बुढापाकालाई कसरी सहयोग गर्ने भन्ने ज्ञान नभएकाले पनि हुन सक्छ । त्यसैले हर कोही , समाजसेवी , अभियनताकर्ताले पनि यसलाई मध्यनजर गर्दै गाउँठाउँमा विभिन्न बुढ्यौलीका समस्याहरु , प्रभावहरु , अन्तरक्रिया कार्यक्रम र बुढापाकासँग कस्तो व्यवाहार गर्ने भन्ने जनचेतना कार्यक्रमहरुलाई पनि उत्तिकै महत्व दिन जरुरी ठानिन्छ ।

बुढापाकाले एउटा बच्चाको समाजिकरणलाई सकारात्मक रुपमा अघि लगिरहेको हुन्छ तर दिन प्रतिदिन यसरी बुढापाकालाई वस्तुभाउ जसरी व्यवाहार गर्ने हो भने छोराछोरीले पनि अवश्य यहिनै सिक्ने छन् , बुढ्यौलीले छोए लगत्तै छिटै भुल्ने , झर्को मान्ने , अधैर्य हुने , एक्लो महसुस हुने , खानपिन र शारीरीक समस्या सँगसँगै धर्म कर्ममा रुची राख्ने हुन्छन् ।

त्यतिखेर उनीहरुसँग भावनात्मक तरीकाले हेलमेल हुन जरुरी छ , थोरै भएपनि समय निकालेर उनीहरुको स्वास्थ्य र समस्याको विचार गरिदिने र उनीहरुको विचारको दखल नगरेर उनीहरुलाई पनि आफु महत्वहिन व्यक्ति हुन नपुगेको महसुस गराउन जरुरी छ ।

तर कतिपयका छोराछोरी आफ्नो व्यक्तिगत जीवनमा धेरै व्यस्त भइदिने र नातिनातिना पनि मोबाइल पढाई र अन्य कुरामा व्यस्तताका कारण उनीहरुले आफुलाई एक्लो महसुस गरिरहेका हुन्छन् , कतिपय परिवारका सदस्यले भने उनीहरुको दैनिकी आफ्नो बशमा चलाउन खोज्ने गरेको कारणले धेरै जसो बुढापाकामा पनि मनोवैज्ञानिक समस्या उत्पन्न भएको छ । त्यस्ता हिंसामा परेका बुढापाकाको आवाज उठाइदिने चाहीँ को त ?

कतिपय सन्तान भने विदेशिय पछि एक पल्ट नि फर्केर नआएको , कतिपयको छोराछोरीले भने बेलैमा आफ्नो भागको अंश लिएर आफ्ना जिम्मेवारीबाट पंछीयकाले आश्रममा बस्न वाध्य भएको देखिएको छ ।

यी मध्य कतिपय भने आफ्नै मन मर्जीले पनि आएका छन् तर अधिकांश भने बुढेसकालले छोए लगत्तै छोराछोरी भावनात्मक रुपमा टाढा भइदिनाले , खर्च दिन छोडिदिने , के खान्छ , कस्तो लाउन मन छ भनेर नसोधिदिने , परिवारमा मन मुटाव , छोराछोरीको समयको व्यस्तता , छोरी मात्र हुने दम्पत्ति र छोरा बुहारी बिचमा भएका झैँझगडाले गर्दा बसेका भेटीएका छन् ।कतिपयमा भने छोरा बुहारी राम्रै भएपनि बुढ्यौलीको प्रभावले गर्दा घर नबसेका वृद्धाहरु पनि छन् । सबै छोरा बुहारीका कारणले मात्र आश्रम पसेका छन भन्ने पनि देखिएको छैन तर यसरी बोली फुट्नै पनि कठिन हुने , शारिरीक र मानसीक रुपमा दुवै कमजोर भएका बुढापाकालाई पनि यसरी बेसाहारा छोडीनु कतिको जायज हो त रु यो त मानवताको हदनै पार भएन र रु यसरी नपालीएकै खण्डमा पनि छोराछोरीले बाबुआमाको बुढेसकालको सुरक्षा दिनपुर्ने कानुनी व्यवस्था ल्याउन जरुरी पो छ कि ?

सरकारी तहबाट वृद्धाभत्ता स्वरुप वृद्धालाई जिवीका पार्जन गर्न सहयोग स्वरुप रु २०००/- दिएको छ , सवारीसाधनमा पनि जेष्ट नागरीकको लागि पनि सिट सुविधा सुरक्षित छ र अब ल्याउने आर्थिक बजेट , सुख सुविधा , नियम कानुन पनि बुढापाकालाई हदसम्म केन्द्रित भएर जेष्ठ नागरीक मैत्री हुनुपर्ने देखिन्छ । यसका लागि परिवारका सदस्य पनि सर्टिफिकेटमा मात्रै सिक्षित नभएर व्यवाहारीक रुपमै शिक्षित हुन जरुरी छ । बुढापाका भनेका भोलिका सन्ततीका सकारात्मक समाजीकरण उन्मुख हुन् ।

– लेखिका अनुशा अर्याल जनचेतनाका लागि कलम चलाउदै आएकी छिन्, उनी एक सामाजिक/बाल अभियन्ता हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here